चलचित्रकर्मीको आन्दोलनका कारण सेन्सर हुन नपाएर प्रदर्शन हुन नसकेको हिन्दी चलचित्र रेश २ मंगलबारदेखि हलमा लाग्ने भएको छ ।चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ ले सेन्सरका लागि अनुमती दिएका हुन् । पत्र वुझेर संचारमन्त्रालयबाट नै काम सुरु गरेका ‘पप्पु’ ले रेश २ को सेन्सरका लागि अनुमती दिएका हुन् । कुनै पनि भाषाको सिनेमा सेन्सर गर्नका लागि चलचित्र बिकास बोर्डले पत्र काट्नुपर्दछ । चलचित्रकर्मीहरुले आन्दोलन चलिरहेको समयमा कुनै पनि सिनेमाको सेन्सर गर्न नदिएपछि रेश २ सागै कुनै पनि नेपाली सिनेमाको सेन्सर हुन सकेको थिएन । तर चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा आउने बित्तिकै ‘पप्पु’ ले यस्तो कदम चालेका हुन् ।
|