जति नै सम्पन्न भएपनि सुनकै थालमा चाहिं खाँदैनन भन्ने बुढा पुरानाको भनाईलाई गलत सावित गर्दैछन् एक भारतीय ब्यापारीले । उनी सुनको थालमा त खाँदैनन तर सुनको कमिज भने लगाउँछन् । दत्ता फुगे आफूलाई ‘गोल्ड म्यान’ भन्न रुचाउँछन् । नभनुन पनि किन ? उनलाई देख्दा सुनको पसल नै लजाउँछ । भारतको पुणेका व्यापारी दत्ताले आफ्नो लागि सुनको सर्ट बनाएका छन् । शर्टको वजन लगभग ३ किलो छ र यसको मूल्य झण्डै २ करोड रुपैयाँ पर्छ । १५ कालिगढहरुले १५ दिनसम्म लगातार १८ घण्टाका दरले काम गरेर बनाएको सर्टमा २२ क्यारेटको सुन प्रयोग गरिएको छ । शर्टमा प्रयोग गरिएको कपडा विदेशबाट मगाइएको थियो । यी गोल्डम्यानको शिरदेखी पाउसम्ममा झण्डै १० किलो सुन छ । उनको घाँटी र हातमा गरी ५ किलो सुनको गहना छन् । उनीसँग १० वटा सिक्रि छन् । रहेकको तौल ७ सय ग्राम छ । ६ वटा ब्रेसलेट र २५ वटा औँठी पनि छन् । यतिमात्र हैन, उनी सुनको कलम र घडी खुबै मन पराउँछन् । हालै मात्र उनले सुनको खोल भएको मोबाइलको अर्डर गरेका छन् । यती धेरै सुन लगाएर हिड्ने उनी आफ्नो सुरक्षालाई लिएर खासै चिन्तित भने देखिन्नन् ।
|