नयाँदिल्ली । लिभ लाइफ लाइक देयर इज नो टुमरो …. केही दिन पहिले फेसबुक बालमा यो सन्देश पोष्ट गर्ने १६ वर्षीय शान्तुन नेगीको दिमागमा के चलिरहेछ भन्ने साथीभाईले कुनै पत्तो पाएनन् । तर, डिसेम्बर ३ को साँझ उनले जीन्दगी जिउनु भन्दा मृत्यु अंगाल्नुलाई सजिलो ठाने ।
फिल्मी शैलीमा आत्महत्या गर्नुअघि उनले फेसबुकमा लेखेका छन्-’एभ्री वा … आई विल मिस यू … आई क्विट ।’ सुरुमा त उनका साथीहरुले यसलाई मजाक सम्झिए । धेरैले जिस्काएर प्रतिक्रिया दिए । तर, देहरादूनको हाइप्रोफाइल स्कुलको ११ मा अध्ययनरत उनले झुण्डिएर अत्महत्या गरेका छन् ।
|