अमेरिकामा विद्यालयभित्र बन्दुकधारीले आक्रमण तीब्र पार्न थालेपछि त्यहाँ विभिन्न संघीय राज्यहरुले शिक्षकलाई बन्दूक उपलब्ध गराउने भएका छन् । हालै अमेरिकाको कनेक्टिकट, न्युटाउनमा अवस्थित एक विद्यालयमा बन्दुकका कारण विद्यार्थीहरुको सामुहिक हत्या भएपछि कतिपय विद्यालयमा शिक्षकहरुलाई बन्दूक चलाउने तालिमसमेत दिन थालिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार फ्लोरिडा, मिनेसोटा, ओरेगन, साउथ डकोटा र टेनिसीलगायतका स्थानमा आउादा दिनमा सशस्त्र शिक्षक राख्ने कानुनको प्रस्ताव तयार गर्ने दृढता त्यहााका सांसदहरुले व्यक्त गरेका छन् । अर्धस्वचालित पिस्तोलबाट गोली चलाउन शिक्षकहरूले सिकिरहेको अवस्थामा डेमोक्र्याट पार्टीका सिनेटर डायान फाइन्स्टाइन न्युटाउनमा लान्जाले प्रयोग गरेको जस्तै हतियारमाथि प्रतिबन्ध लगाउन कानुनसमेत तयार भइरहेको बताइएको छ ।
|