
अरुवेला मेची राजमार्गमा वाक्लै कुद्ने यातायातका साधनहरु नचल्दा यात्रुहरु वीच वाटोमै अलपत्र परेका छन् ।
बन्दलाई सफल वनाउन बन्दकर्ताहरु चोक र राजमार्गमा विहानै देखी जम्मा भएका छन् ।
हिजोदखीको वन्दले जनजीवन भने कष्टकर वन्दै गएको छ । प्रहरीले आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा मोर्चाले आजदेखी मेचीमा अनिश्चितकालीन वन्दको घोषण गरेको हो ।
चन्दा असुली रहेका मोर्चाका ५ जना कार्य्कर्ताहरुलाई विहीवार इलाम प्रहरीले पक्राउ गरेको विरोधमा मार्चाले वन्द आह्वान गरेको हो । पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई विनासर्त रिहाई नगरे सम्म बन्द जारी रहने नेकपा–माओवादी इलामले जनाएको छ ।
यता इलामका प्रहरी नायव उपरीक्षक भीमवहादुर दाहालले भने कार्याकर्तालाइ हतियार सहित पक्राउ गरिएकाले पक्राउ परेकाहरुलाई रिहा गर्न नसकिने बताएका छन् ।
|