
बावु-आमाले अहिलेसम्म छोरी भेटिन्छे कि भन्ने आशा मार्न सकेका छैनन् । उनीहरुले पटक-पटक पत्रकार सम्मेलन गरेर छोरीको खोजी गरेर मर्दो जिउँदै पत्ता लगाईदिन नेपाल सरकारसमक्ष हार-गुहार गरिहेका छन् ।
बावु-आमाले छोरीको अवस्था पत्ता लगाउनेलाई २५ हजार अमेरिकी डलर अर्थात २२ लाख नेपाली रुपैयाँ दिन घोषणा गरिसकेको छ । नेपाल सरकारले छोरी खोजिदिने कार्यमा ढिला-चुस्ती गरेको हो कि भन्ने उनीहरुले शंका गरेका छन् । यहि कुरामा नेपाल सरकारलाई झकझकाउन उनीहरुले गत हप्ता काठमाडौंमा पत्रकार सम्मेलन गरेका थिए । नेपाल सरकारले भने मृतक पर्यटक साक्कोको खोजी कार्य जारि राखेको बताउँदै आएको छ ।
‘मृतक साक्को सन् २०१० अपि्रल २२ तरिखमा लाङटाङको लामा होटेलमा पिज्जा र कोक खाएर निस्केको थाहा हुन आएको छ’ नेपाल ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) का महासचिव मोहन लम्सालले भन्नुभयो- ‘त्यसपछि उनी कहाँ गइन, कहाँ छिन, उनको अवस्था कस्तो छ भनेर पत्ता लाग्न सकेको छैन् भनि अनलाइनखबरले छापेको छ ।’
|