
‘अपरेशन इम्पीटी प्लेट’ ले सुरुमा गति लिन सकेन । हालै उनको भभियानले चिनियाँ कम्युनिष्ट पार्टीका नेता शी जिनपिङको समर्थन पाएको छ र यससँगै समर्थकहरु बढेका छन । चीनको सत्ता सम्हाल्ने तयारीमा रहेका शीले एक लेखमा शूको अभियानको चर्चा गरेका छन् । उनले खेलेका छन्-’यो (खाना) बर्बाद गर्ने बानी तत्काल रोक्नुपर्छ ।’ साथै चिनियाँ सरकारी मिडिया र सत्ताधारी कम्युनिष्ट पार्टीको मुखपत्रको पहिलो पन्नामा ‘अपरेशन इम्पीटी प्लेट’को चर्चा गरिएको छ ।
हाल राजधानी बेइजिङमा बस्ने शुको बाल्यकाल पूर्वी चियाङशु प्रान्तमा आमा बाबुसँग खेलमा काम गर्दा वितेको थियो । त्यसैले एक एक चामलको दानाको मूल्य उनलाई राम्ररी थाहा छ । हाल उनी बेइजिङमा एक कृषि पत्रिकामा काम गर्छन् । चिनियाँ विश्व विद्यालयका छात्रहरुले जति खाना खेर फल्छन्, त्यसले हरेक वर्ष एक करोडको पेट भर्छ भन्ने थाहा पाएपछि उनमा केही गर्ने इच्छा जाग्यो ।
|