अब ब्याक्टेरियाबाट विद्युत
अहिलेसम्म रसायनबाट व्याट्री बनाइने गरिएकोमा अब जैविक वस्तुबाट समेत व्याट्री बनाउन सकिने भएको छ । बेलायती वैज्ञानिकहरुले बायो व्याट्रीको निर्माणमा महत्वपर्ूण्ा सफलता मिलेको दाबी गरेका छन् । बायो व्याट्री मा ब्याक्टेरियाबाट विद्युत उत्पादन हुन्छ ।
अध्ययनबाट पहिलोपटक के पुष्टि भएको छ भने ब्याक्टेरियालाई धातु तथा लवणकोे सतहमा राखिएमा त्यसको कोषझिल्लीबाट विद्युतप्रवाह सम्भव हुन्छ । यसबाट ब्याक्टेरियालाई सिधै इलेक्ट्रोडमा आबद्ध गर्न सकिने सम्भावनाको ढोका खुलेको वैज्ञानिकहरुले बताएका छन् । यो सँगै सुक्ष्मजैविक इन्धन कोष तथा बायो व्याट्रीको निर्माणको निकै नजिक पुगिएको उनीहरुको दाबी छ ।
इस्ट एन्जिला विश्वविद्यालयका शोधकर्ताहरुले सामुद्रिक ब्याक्टेरिया सेवानेल्ला वनेडेनिसमा अनुसन्धान गरिरहेका छन् । उनीहरुले यो ब्याक्टेरियाको कृत्रिम रुप तयार पारी ब्याक्टेरियाको भित्री भागबाट विद्युत प्रवाह गराउन सफल भए ।

|