रहस्यमय बन्दै मलेसिया घटना(दूतावासको विशेष टोली गठन)भिडियो खबर

रहस्यमय बन्दै मलेसिया घटना(दूतावासको विशेष टोली गठन)भिडियो खबर 
 हालै जोहोर बाहरु मलेसियामा घटेको घटना जे भएपनी निन्दनीय नै छ ! उक्त घटनामा भएको कुटपिट घटनाको स्थलगत अध्ययन गर्न नेपाली दूतावासले विशेष टोली परिचालन गरेको छ । घटनाको तथ्य सार्वजनिक गर्न तीन कर्मचारी खटाइएको कार्यवाहक राजदूत लेखनाथ भट्टराईले बताए । ‘उहाँहरूले त्यहाँ कार्यरत नेपालीको नामावली संकलन गर्दै पहिचान गरिरहनुभएको छ,’ भट्टराईले भने, ‘जतिसक्दो छिटो विस्तृत विवरण सार्वजनिक गर्छौं ।’ आइतबार स्थानीय युवाको समूहले यहाँस्थित एक होस्टलमा पसेर नेपाली र विदेशी कामदारमाथि आक्रमण गरेको थियो । अहिले उक्त होस्टलमा सुरक्षा व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

 सोमबार बिहान घटनास्थल पुगेको दूतावास टोलीले त्यहाँ घाइते नेपाली, प्रत्यक्षदर्शी, कम्पनी एवं प्रहरी प्रशासनलगायत विभिन्न पक्षसित सोधखोज गरिरहेको छ । त्यहाँ बस्ने नेपालीका अनुसार विभिन्न ३ कम्पनीले आफ्ना कामदार त्यहाँबाट सारिसकेका छन् । होस्टल परिसरमा नेपाली अझै त्रसित भएकाले सुरक्षा व्यवस्था मिलाइएको दूतावासले जनायो । आक्रमणमा घाइते भएपछि अस्पताल भर्ना भएका सामरी-४ नुवाकोटका राजु विश्वकर्मा बुधबार डिस्चार्ज भएका छन् । बायाँ खुट्टा भाँचिएको र निधारमा गहिरो चोट लागेका उनको उपचारखर्च कम्पनीले बेहोरेको दूतावासले बतायो । अर्का घाइते मोहमदपुर-४ रौतहटका रामलाल साहको हात र खुट्टा भाँचिएको छ । अस्पतालले आगामी अपि्रल ५ मा उनको शल्यक्रिया गर्ने तयारी गरेको छ । भिडियो समाचार हेर्न तल क्लिक गर्नुस्... 

Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger