Featured Post Today
print this page
Latest Post

आजको नेपाल बन्द फिर्ता, खुलामञ्चमा आमसभा हुने (विज्ञप्तिसहित)

३० वैशाख, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहितका ३३ दलले आज सोमबारका लागि आहृवान गरेको नेपाल बन्द फिर्ता लिएका छन् । आइतबार संखमूलमा बसेको ३३ दलको बैठकले नेपाल बन्दको साटो आगामी जेठ १४ गते खुल्लामञ्चमा आमसभा गर्ने निर्णय गरेको छ । सोमबार नेपाल बन्द गर्ने भनिएकोमा नेवार समुदायको मच्छिन्द्रनाथको रथ जात्रा परेका फिर्ता लिइएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अनलाइनखबरलाई जानकारी दिनुभयो । आइतबार बसेको ३३ दलको बैठकपछि औपचारिकरुपमै विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको हो ।

 सामेबारको बन्द फिर्ता लिएर अर्को दिनलाई सारिएको नभई अन्य संघर्षका कार्यक्रम मात्रै घोषणा गरिएका छन् । लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा ३३ दलले सोमबार नेपाल बन्दको आहृवान गरेका थिए । आइतबार राजधानीमा बसेको ३३ दलको बैठकले सोमबार मच्छिन्द्रनाथको रथ यात्रा परेकाले बन्द फिर्ता लिने निर्णय गरेको हो । तेत्तीस दलको आगामी संघर्षको कार्यक्रमअन्तरगत मंगलबार बिहान ९ देखि ११ बजेसम्म लोकमानसिंह कार्कीको नियक्तिको विरोधमा अख्तियारको कार्यालयमा धर्ना दिने देव गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी जेठ १ गते मेचीकाली अभियान अन्तरगत जिल्ला सदरमुकामहरुमा सभा गर्ने, आप्रवासीलाई नागरिकता नदिलाउन खबरदारी गर्ने तथा जेठ १४ गते खुल्लामञ्चमा सभा गर्ने जनाइएको छ ।
 
स्रोत:ओनलाइनखबर

पीएचडी र एमफिल गरेका प्राध्यापकहरु नै तोडफोडमा


 ३० वैशाख, काठमाण्डौं । पीएचडी र एमफिल गरेका प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा तोडफोड गरेका छन् । नेकपा-माओवादी आवद्ध नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष डा. जगदीश भण्डारीको नेतृत्वमा गएको टोलीले विश्वविद्यालयका उपकुलपति प्रा. हीराबहादुर महर्जन, रेक्टर प्रा. गुणनिधि न्यौपाने र रजिस्टार प्राडा चन्द्रमणि पौडेलको कार्यकक्षमा तोडफोड गरी तीनै जनाको नेमप्लेट झ्यालबाट फ्याँकिदिर्एका छन् । एक महिनाअघिदेखि भेट गर्न आग्रह गर्दा समेत तीन पदाधिकारीले बेवास्ता गरेपछि आक्रोश पोख्न उपकुलपति कार्यालय पुगेका संगठनका पदाधिकारीले त्रिविका पदाधिकारीलाई खोज्दै उहाँहरुकै कार्यकक्षमा तोडफोड गरेको नेपाल समाचारपत्रमा खबर छ ।

रमाइलो उकाली ओराली,Ukali Orali | May 12, 2013

रमाइलो उकाली ओराली,Ukali Orali | May 12, 2013

 

Exchange Rate for 13 May, 2013


Exchange Rate for 13 May, 2013 

Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee 100 160.00 
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. dollar 1 86.37 
 87.97 
European euro 1 113.48 
 114.26 
UK pound sterling 1 134.24
 135.16 
Swiss franc 1 91.26 
 91.89 
Australian dollar 1 87.56 
 88.16 
Canadian dollar 1 86.49 
 87.09 
Singapore dollar 1 70.60 
 71.09
Japanese yen 10 8.60 
 8.66 
Chinese renminbi (Yuan) 1 14.23
 14.32 
Only Buying rates Currency Unit Rates/Rs.
 Swedish Krone 1 13.25 
Danish Krone 1 15.22 
Hong Kong dollar 1 11.26 
Saudi Arabian riyal 1 23.30 
Qatari riyal 1 24.00 
Thai baht 1 2.93 
UAE Dirham 1 23.79 
Malaysian ringgit 1 29.25 
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

हास्य टेलिश्रृंखला हर्के हल्दार,Harkr Haldar | May 12, 2013

हास्य टेलिश्रृंखला हर्के हल्दार,Harkr Haldar | May 12, 2013

 

पाँच रुपैयाँमा जीवन खोज्दै

 २९ बैशाख, धादिङ । उनको दुवै खुट्टा चल्दैन । जन्मदै पोलियो भएर लुलो भएका गोडा अहिले पनि उस्ताको उस्तै । अरुबाट उपचार हुन्छ भन्ने सुनेको दलित परिवारले आफ्नो बच्चाको लुलो गोडा सोझ्याउने त परै जाओस् पेटभरि खान नपाएको पनि महिनौँ भइसक्यो । कुम्पुर गाविसको कुम्पुर भञ्जाङ निवासी मिठुमायाँ नेपालीले छोरीको पोलियो भएको गोडा देखाएर माग्न थालेको धेरै भयो । न उनले मागेर पेटभरि खान पाएकी छिन् न बच्चाको उपचार गराउने रकम नै जम्मा गर्न सकेकी छिन् । उनी त सदरमुकाममा बच्चाका लागि रु पाँचमा भविष्य खोज्दैछिन् अर्थात पाँच रुपैयाँ मागेर बच्चा र आफू बाँच्ने उपाय निकाल्दैछिन् । पेटपाल्नकै लागि आमाछोरी मागेर सदरमुकाममा हिँडिरहेका छन् । मिठुमायाँकी ११ वर्षीया छोरी निरमायाँको दुबै खुट्टा जन्मजात लुलो हो । उनले अहिलेसम्म छोरीको उपचार गराउन सकेकी छैनन् । घरमा खाने अन्न छैन । निरमायाँका बुबा मजदुरी गरेर अन्य बालबालिका पाल्छन् । मिठुमायाँका चार छोरा र चार छोरी छन् । उनका श्रीमान् अहिले घरमा रहेका सात बच्चाका लागि ज्याला मजदुरी गर्ने र उसकै आम्दानीबाट बिहान बेलुकाको छाक टार्ने गरेको मिठुमायाँले बताइन् । बच्चा रोक्ने (परिवार नियोजन गर्ने) जानकारी नभएर उनीहरुका बच्चा पनि धेरै भयो ।

 परिवारमा कसैले पढेका छैनन् । अहिले साना बच्चा विद्यालय जान्छन् तर मजदुरी नगरी खान नपुग्ने भएकाले गाउँमा काम नपाएको दिन मात्र उनीहरु पढ्न जान्छन् । उनीहरुलाई आफ्नो जग्गा जमिनले एक महिना पनि खान पुग्दैन । धेरै बालबालिका भएकाले नेपाली परिवार अहिले विचल्लीमा छ । मिठुमायाँ पेटभरि खान काखमा लुलो खुट्टा भएकी निरमायाँलाई बोकेर सदरमुकाममा आफूहरुलाई बचाउन याचना गर्दै हिँडेकी छिन् तर केही मान्छेले उनलाई हप्काएर पठाउँछ भने केही मान्छेले उनलाई बच्चाका लागि भनेर पैसा दिएर पठाउँछन् । छोरीका लागि उठाएको पैसाले आमाछोरी पाउरोटी किनेर जीवन धान्दै आएका छन् । छोरीको उपचार गराउन सके जीवनमा त्यो नै ठूलो सफलता हुने उनको भनाइ छ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger