Featured Post Today
print this page
Latest Post

हर्षिकाको अंगप्रदर्शनले कस्तो नजिता निस्किएला ?(फोटो फिचर)


नायिका हर्षिका श्रेष्ठ पनि अंगप्रदर्शन गरेर चलचित्रमा टिक्ने सोचमा पुगेको देखिएको छ । नेपाली सिनेमामा खासै जम्न नसकेपछि नायिका श्रेष्ठले एक चलचित्रमा खुलेरै यस्ता दृश्य दिएको थाहा भएको छ ।
प्रमोद भण्डारीको कथा एवं निर्देशनमा तयार भएको चलचित्र ‘नजिता’ मा हषिर्काले खुलेरै वेड सिन दिएकी छिन् । नायिका श्रेष्ठले नव नायक स्वेत मानन्धरसँग खुलेरै रोमान्स गरेको निर्देशक भण्डारीले बताएका छन् । भण्डारीले भने, ‘के गर्नु जे चल्छ त्यही बाटोनै अपनाउनु पर्ने रहेछ ।’ उनले चलचित्रमा जर्बजस्ति यस्ता दृश्य समावेश नगरिएको दाबीगरे । उनले वेड सिन र चुम्बनको दृश्य दिदा नायिका श्रेष्ठले कुनै आपत्ति नजनाएको बताए।

सपना श्रेष्ठको प्रस्तुतीमा शक्ति पण्डितले निर्माण गरेको यो चलचित्रमा विशालपोखरेल, श्रृजना सुब्बा को अभिनय पनि हेर्न सकिन्छ । धु्रव लम्सालको पटकथा संवाद रहेको चलचित्रलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् ।
चलचित्रले अहिलेका युवापुस्ताको विलासिताको चाहनालाई उठान गरेको छ । चलचित्रले बिदेशमा पुग्ने चेलीले भोग्नु पर्ने यौन तथा अन्य शोषणलाई सुष्म रुपमा उठान गरेको निर्देशक भण्डारीले अनलाइनखबरलाई बताएका छन् ।
चलचित्र ’नजिता’ पौषको २७ गते रिलिजमा आउने तयारीमा छ ।

सात अर्व मानिस सँग ६ अर्व मोवाइल


४ साउन, काठमाण्डौं । विश्वमा सात अर्व जनसंख्या रहेको छ भने अहिले ६ अर्व मोवाइल फोन प्रयोगमा आएका छन् । विश्व जनसंख्याको ७५ प्रतिशतले मोवाइलको प्रयोग गर्ने गरेको विश्व बैंकको एक अध्ययनले जनाएको छ ।
विश्व बैंकले सार्वजनिक गरेको ‘विकासका लागिसूचना र सञ्चार २०१२’ अध्ययन प्रतिवेदनमा मोवाइल फोन प्रयोगको पहुँच नपुगेको जनसंख्या २५ प्रतिशत मात्र रहेको उल्लेख गरेको छ । विगत ११ बर्षको अवधिमा मोवाइल फोनको प्रयोग पाँच अर्व बढेको छ । सन २००० मा विश्वभर जम्मा एक अर्व मोवाइल फोनमात्र प्रयोगमा आएका थिए । प्रतिवेदनमा अहिले विकासोन्मुख देशहरमामात्र पाँच अर्व मोवाइलप्रयोगमा आएको छ ।
तुलनात्मक रुपमा दक्षिणएसियाली मुलुक कम मोवाइलको प्रयोग गर्नेमा परेका छन् । मोवाइलफोन उत्पादन गर्ने कम्पनी र टेलिकम सेवा प्रदायक ठूलो उद्योगका रुपमा विकसित भइरहेका छन् । विश्वकै सवैभन्दा धनी व्यक्तिकार्लोस स्लिम हेलु टेलिकमका लगानीकर्ता हुन् ।

सपनामा बिहे गरेको देख्छु


Onlinekhabar
-सुमिना घिमिरे, नायिका
चलचित्र दुलहीबाट नेपाली सिने क्षेत्रमा भित्रिएकी नायिका सुमिना घिमिरे अहिले व्यस्त छिन् । उनका आधा दर्जन सिनेमा प्रर्दशनको लाइनमा छन भने आधा दर्जन वढि सिनेमामा अभिनय गरिरहेकी छिन् । यिनै ब्यस्त नायिका सुमिनासँग अनलाइनखबरका लागि विजय आवाजले गरेको सपना-सम्बाद ।
सपना कत्तिको देख्नुहुन्छ ?
देख्छु तर सधै हैन् ।
सपनामा विश्वास लाग्छ ?
देखेको कुरा मिल्यो भने मात्र लाग्छ नत्र भने लाग्दैन ।
सपना के हो जस्तो लाग्छ ?
सपना एउटा सुझाव हो, जसले मानिसलाई धेरै कुरा भनिरहेको हुन्छ ।
सपना ब्लायक एण्ड ह्वाइट देख्नुहुन्छ कि रंगीन ?
म त रंगीन नै देख्छु ।
विहानपख देखेको सपना पुरा हुन्छ भन्छन् नि, त्यस्तो लाग्छ ?
त्यस्तो त लाग्दैन । हामीले आस्था राखेको मात्र हो ।

नराम्रो सपना देखेपछि उठ्दा कत्तिको डर लाग्छ ?
एकदमै। नराम्रो सपना देखें भने मन्दिर जान्छु र पुजा गर्छु ।
प्रायः तपाई सपनामा के देख्नुहुन्छ ?
म धेरैजसो मन्दिरमा गएको देख्छु । आकाशमा उडिरहेको देख्छु । पुल तरेको देख्छु ।
सपनामा कत्तिको भुत देख्नुभएको छ ?
भुत त देखेको छैन । सर्प र मानिसले लखेटेको मात्र देख्छु ।
डरलाग्दो सपना देखेर चिच्याउनु भएको छ ?
त्यस्तो खासै छैन् ।
सपना राम्रो देखेपछि नी ?
एकदम आनन्द लाग्छ ।
सपना देखेपछि कसैलाई सुनाउनुहुन्छ ?
राम्रो कुरा छ भने सुनाउनुहुँदैन भन्छन् यसैले सुनाउँदिन । तर नराम्रो सपना देख्यो भने सुनाउनु पर्छ रे यसैले म त सुनाउँछु ।
सपनामा युवकहरु कत्तिको आउछन् ?
आउँदैनन् । तर विहे भएको देखेकी छु । नचिनेको केटासँग विहे भएको, श्रीमती भएर उसको घरमा गएको देखेकी छु । चिनेको भए पो मजाआउँथ्यो।
कोही न कोही सपनाको राजकुमार होलान, सपनामा कत्तिको आउँछन् ?
मेरो कोही ड्रिम व्वाई छैनन् र सपनामा पनि आएका आउँदैनन् ।
सपनामा कुनै युवकसँग सम्भोग गरेको देख्नुभएको छ ?
सेक्स नै गरेको त देखेकी छैन । तर, मजाले चुम्वन गरेका देखेकी छु ।
नढाँटी भन्नुस न कोसँग देखिंदो रहेछ प्रायः सेक्स सम्बन्ध राखेको ?
प्रायः नचिनेको मान्छेसँग मात्र देखिन्छ । चिनेको मान्छेसँग भएपो मजा आउथ्यो !
यस्ता सपना देखेपछि अधिकांशलाई स्वप्नदोष (नाईटफल ) हुन्छ नि, तपाईलाई भएको छ ?
आनन्द त लाग्छ । तर, स्वप्नदोष भएको छैन ।
सपना मिठो देख्दा विहान कत्तिको सिरानी च्याप्नुहुन्छ ?
छैन त्यस्तो त
देखेको सपना सम्झनुहुन्छ ?
प्रायः राम्रो सपना मात्र सम्झन्छु ।
सपना कहिल्यै विपना भएको छ ?
एकदुई दिन ढिलो भएपनि विपना भएको छ । एकपटक मअविर नै अविरले ढाकीएकीे थिएँ सपनामा । भोलिपल्टै अवार्ड पाएँ ।
सपनामा कहिलेकाहीं आफैं मरेको देख्नुभएको छ?
धेरैपटक । कहिले गोली लागेर, कहिले छुरी लागेर मरेको देखेकी छु ।
मरेको सपना देखेर उठेपछि बाल बाल बचियो जस्तै लाग्दैन ?
विहान उठ्दा डर लाग्छ, के भइरहेका छ जस्तो लाग्छ ।
कस्तो खालको सपना देख्दा राम्रो र नराम्रो हुन्छ भन्ने वुझ्नुभएको छ ?
उकालो चढेको, घोडा चढेको लगायतका सपना राम्रो हो भन्छन् । कालो कपडा, सेतो कपडा, पानी चलाएको सपना नराम्रो हो भन्ने लाग्छ ।
फिल्म लाईनसँग सम्वन्धीत सपना देख्नुभएको छैन ?
एकपटक मैले अवार्ड पाएर पनि लिन नगएको सपना देखेकी थिएँ ।

लडाकु झन्झन् निराश


काठमाडौ, असार ९ - दुई महिनाअघि माओवादी लडाकुका शिविरहरू नेपाली सेनाको नियन्त्रणमा जाँदा धेरैलाई लागेको थियो, अब सेना समायोजनको प्रक्रिया छिट्टै टुंगिन्छ । तर आशा तुषारापात भयो ।
उता स्वैच्छिक अवकाश रोज्नेहरू घरजममा व्यस्त भइसके । नेपाली सेनामासमायोजन आशामा बसेका लडाकुमा भने दिनप्रतिदिन निराशा बढ्दो छ । संविधानसभा विघटनपछि चुलिएको राजनीतिक संवैधानिक संकटले मात्र होइन, लडाकुको माउ पार्टी माओवादीको विभाजनले समेत उनीहरू थप अन्योलमा परेका छन् ।
सेनाले दुई महिनाअघि शिविर नियन्त्रण लिइसकेपछि त्यसअघि नियमितरूपमा हुँदै आएको फौजी अभ्यास र राजनीतिक प्रशिक्षण बन्द भएको छ । अझ त्यही एउटै शिविरमा रहेका सेनाको भन्दा कम रासनभत्ताले उनीहरूलाई पिरोलेको छ । भन्छन्, 'हामी त कैदीजस्तो पो भयौं ।’
अन्तिम छनोटका बेला सेनामा समायोजन रोजेका ३ हजार १ सय २३ लडाकुमध्ये अधिकांश घर बिदामा गएका छन् । 'समायोजन त रोजियो, अस्तव्यस्त छौं,’ उनीहरू भन्छन् ।
'ब्यारेकभित्र बन्धकजस्तो’

'विगतका जस्तो दैनिक परेड र राजनीतिक प्रशिक्षण हुन छाडेको छ,' कैलालीको तालबन्दस्थित सातौं डिभिजन शिविरका लडाकु भन्छन्, 'दिन कटाउनै गाह्रो हुनथाल्यो, सेनाको नियन्त्रणमा आउनुअघि लडाकुबीच रोलकाल, फौजी प्रशिक्षण, साँझतिर खेल तथा गस्तीलगायत काम हुनेगर्दथ्यो तर आजकल केही पनि हुँदैन ।'
बिहान साढे ४ बजे नै उठेर रोलकालमा जाने लडाकुलाई आजभोलि बिहान चाँडै उठ्नपर्ने अनिवार्य छैन । उनीहरू मनपरी ढंगले आफूलाई सजिलो गरी दैनिकीचलाइरहेका छन् । डिभिजनको तालबन्दमा सेनासँगै ब्यारेकमा बस्दै आएका माओवादीको तत्कालीन बि्रगेड भाइसकमान्डर इन्द्रभक्त महर्जनले भने, 'उस्तै कामका लागि एउटै ठाउँमा बसेका छौं तर हामी दोस्रो दर्जाको नागरिकका रूपमा छौं ।'
महर्जनका अनुसार लडाकुलाई दैनिक ७२ रुपैयाँ र सेनालाई दैनिक १ सय २६ रुपैयाँ रासनका लागि दिइएको छ । भन्छन्, 'हामी त ब्यारेकभित्र बन्धक बनेका छौं ।'
विभेदकारी व्यवस्थापनमा आफूहरू सेनासँगै बस्दै आए पनि ब्यारेकमा रहेका सेनासित भने राम्रो सम्बन्ध रहेको उनको अनुुभव छ । उनले भने, 'हामीबीच सहकार्य राम्रो छ ।' सेनासँगै खेलकुद तथा ब्यारेकमा हुने बत्ती, खानेपानीलगायत समस्यामा छलफल हुने गरेको उनले बताए ।
'दुवैतिरको सेनाबीच भावना साटिन्छ भनेर आपसी सल्लाहअनुसार खेलकुद सँगै खेल्ने गरेका छौं,' उनले भने, 'एउटै शिविरमा बसिसकेपछि त घुलमिल हुनैपर्‍यो नि ।' ब्यारेकभित्रै लडाकु र सेनाको खानाको आ-आफ्नै मेस भएपनि कहिलेकाहीं सँगै पनि खाना खाने गरेको उनले बताए । सेनाले दैनिक पाउने रकम बढी भएकाले उनीहरूकहाँ बढीजसो आफूहरू पाहुना लाग्ने गरेको महर्जनको भनाइ छ । उनले समायोजन अघि नबढ्दा लडाकुमा नैराश्यता बढेको र अधिकांश घरतिर लागेको पनि बताए ।
ँअन्यायमा पर्‍यौं’ समायोजन पर्खेर बसेका चितवन शक्तिखोर शिविरका लडाकु आफूहरू अन्यायमा परेको गुनासो गर्छन् । उनीहरूले सेना नियन्त्रणमा बिनासुविधा कडा अनुशासन राखिँदा कारबाही गरेजस्तो अनुभूति भएको दुखेसो उनीहरूको छ ।
'चेन अफ कमान्ड सेना मातहत आएको दुई महिना भइसक्दा पनि समायोजनबारे अन्योल देखिनु हाम्रा लागि दुर्भाग्य बनेको छ,' लडाकुका तत्कालीन बि्रगेड कमान्डर सविन बुढामगरले कान्तिपुरसँग भने, 'हाम्रोआफ्नै विधिअनुसार शिविर चल्दा र सेनाको नियमानुसार हामी बाँधिँदाको सुविधा उही हुन हुँदैनथ्यो ।'
शिविरमा रहेका लडाकुलाई मासिक पाँच हजार रुपैयाँ भत्ता र दैनिक ७५ रुपैयाँ खान्की दिइएको छ । उनले सेनाले शिविर नियन्त्रणमा लिइसकेपछिसँगैको बसाइ त्यति सहज नभएको उल्लेख गरे । 'सुविधा जनसेनाको हुने, कमान्ड नेपाली सेनाको छ,' उनले भने । हाल शिविरमा ६ सय २६ जना लडाकु रहेका छन् । शक्तिखोर शिविरको धेरै भाग सेना र सैनिक गतिविधिमा प्रयोग भएको छ भने कार्यालय रहेको वरिपरिका घरहरूमा मात्र लडाकुलाई राखिएको छ । अर्का तत्कालीन बि्रगेड कमान्डर टुकबहादुरथापाले पनि समायोजन प्रक्रिया तुरुन्तै सक्नुपर्नेमा जोड दिए । शिविरभित्रै समायोजन पर्खाएर राख्दासजाय दिएजस्तो भएको उनले बताए । 'समायोजन त रोजियो, हामी अस्तव्यस्त छौं,' घर दाङ पुगेका तत्कालीन सहबि्रगेड कमान्डर अशोक डीसीले भने, 'शान्ति र संविधानका लागि शिविरमा बसेर त्याग गर्‍यौं, संविधान त बनेन बनेन, शान्तिका लागि समयोजन त सक्नुपथ्र्याे ।'
समायोजन काम रोक्दा दिक्क लागेको उनले सुनाए । 'यतिबेला धेरै साथीमा उत्साह मरिसकेको छ,' उनले भने, 'हाम्रो पर्खाइ भनेको न गर्नु न मर्नु जस्तो भा'छ ।'
ँवैकल्पिक सीप’ सिक्दै
इलामको चुलाचुलीस्थित पहिलो डिभिजनका बटालियन कमान्डर विष्णुकुमार लिम्बुका हात यतिबेला कम्प्युटरका किबोर्ड र माउसमा अल्मलिरहेछन् । लडाकु पुनर्वर्गीकरणपछि पनि लिम्बुले समायोजन रोजे । तर यो प्रक्रिया जहाँको तहीं रोकिएपछि उनले वैकल्पिक सीप र क्षमताका लागि आफूलाई तयार गर्दैछन् । 'बेलामा कम्प्युटर सीप सिकिएन, अहिले आएर पछुतो भइरहेको छ,' दमकको एक कम्प्युटर इन्स्िटच्युटमा नयाँ सीप सिकिरहेका लिम्बुले भने, 'समायोजन प्रक्रियामा भइरहेको ढिलाइले जिन्दगीलाई नयाँ बाटो समाउन बाध्य पार्लाजस्त्ाो छ ।' उनी यहाँ २०दिनदेखि कम्प्युटर अपरेटरको सीप सिकिरहेका छन् ।
म्ाोरङको टाँडीस्थित रत्न-सकुन्तल स्मृति बि्रगेडका सहायक बि्रगेड कमान्डर भरत सुब्बाको पनि दैनिकी यतिबेला फेरिएको छ । 'सामान्य साथीभाइसँग गफगाफ, दुःखसुखका कुरा गर्दैमा दिन बित्छ,' उनी भन्छन्, 'अहिले फौजी सूचीअनुसार कुनै पनि काम गर्नु परेको छैन ।'
प्ाहिलो डिभिजन मुख्यालयका सचिव रामबाबु थापाले २८ चैतपछिको दैनिकीलाई 'सिभिलियन स्टायल' को संज्ञा दिए । 'तालिम, शारीरिक अभ्यास वा फौजी तालिम अहिले केही छैन,' उनले भने । समायोजन प्रक्रिया अडकिएपछि धेरै लडाकुमा छाएको निराशा, आक्रोश र नेतृत्वप्रति प्रशस्त शंका शिविरभरिव्याप्त छन् । माओवादी पार्टी फुटेपछि लडाकुमा निराशा झन् चुलिएको छ । 'बिनाएजेन्डा पार्टी फुट्यो, यसबाट दुवै नेतृत्वले लडाकुलाई सौदाबाजीको माध्यम मात्र बनाएका रहेछन् भन्ने थाहा भयो,' एक लडाकु भन्छन्, 'अब शिविरमा बाँकी रहेका अधिकांश लडाकु समायोजनमा हैन कि स्वैच्छिक अवकाशमा जान झन् आतुर भएकाछन् ।'
ताप्लेजुङको हाङपाङ-९ बिस्मुरेका लिम्बुलाई समायोजनमा जाने रहर दिन प्रतिदिन घटिरहेको छ । नेपाली सेनाकोजागिरेको सपना देखेका उनलाई समायोजनको ढिलाइले सेनाको जागिरप्रतिको मोह घटाएको हो । 'समायोजनमा जाने पूर्ण आत्मविश्वास भए यहाँ किन कम्प्युटर सिक्न आइन्थ्यो र ?,' लिम्बुले भने, 'अब पेसाका रूपमा कम्प्युटरलाई र समाजसेवाका रूपमा राजनीतिलाई उपयोग गर्ने योजना बताएको छु ।'
'जनमुक्ति सेना' मा रहेको आफ्नो तहभन्दा धेरै तल झरेर समायोजनमा जानुपर्ने नेतृत्वको सम्झौत्ााले मर्माहत भएका लडाकुहरू पार्टी फुटेपछि नेपाली सेनाभित्र आफूहरू कमजोर हुने मानसिकताबाट ग्रसित बनेका छन् । 'पार्टी कमजोर भएपछि सरकारमा सहभागिता पनि घट्छ, जसले गर्दा सेनाले हामीलाई पूर्वाग्रही ढंगले पेलान दिन्छ भन्ने मानसिकताबाट धेरै साथी पिरोलिएका छन्,' एक लडाकुले भने ।
टाँडी शिविरमा सेना बसेको केही दिनदेखि नै बाघचाल, चेस हुँदै लडाकु रसेनाबीच भलिबल र फुटबल जस्ता खेलहरू मैत्रीपूर्ण ढंगले सञ्चालन भइरहेका छन् । सहायक कमान्डर सुब्बा भन्छन्, 'एउटै कम्पाउन्डमा बसिएको छ, आत्मीयताका लागि विभिन्न खेल खेल्छौं । यसले आपसी समझदारी बढाउन मद्दत गरेको छ ।' मुख्यालय चुलाचुलीमा पनि कमान्डहरू आपसमा चियानास्त्ाासँगसँगै रमाउँछन् । 'काम विशेषले सेनाका कमान्डर हाम्रामा आउनुहुन्छ, चियाखाजा सँगै खाइन्छ,' एक कमान्डर भन्छन्, 'हामी उता जानुपर्‍यो भने पनि चिया खाएरै आउने गरेका छौं ।'
ँयता न उता भयौं’
सिन्धुलीको दुधौलीस्थित दुई नम्बर डिभिजनमा बाँकी रहेका लडाकुहरू 'यता न उताका' भएका छन् । डिभिजनका लडाकुकाअनुसार समायोजन रोजेका लडाकु लामो समयसम्म केही प्रगति नहुँदा चिन्तित बनेका हुन् । यो डिभिजनमा समायोजन रोज्ने लडाकु ३ सय ५९ जना छन् । 'समायोजन रोजेका हामीलाई सेनाले तालिम गराउने भनिएको थियो, तर अत्तोपत्तो छैन,' डिभिजनअन्तर्गत उदयपुरको बेलस्रोत शिविरमा रहेका तत्कालीन बटालियन सहायक कमान्डर हेमलाल सुवेदीले भने ।
'लडाकुमा निराशा छाएको छ,' उनले भने, 'अन्तिम पटक स्वैच्छिक अवकाश रोजेर समायोजनमा जान बाँकी रहेकाका लागि आकाशमा कालो बादल मडारिएझैं भएको छ ।'
'नेपाली सेनाले तालिममा लैजाने र सेना हुन पाइने आसमा समायोजन रोजियो, अहिले त स्वैच्छिक अवकाशमा जन पाएको भए पनि हुने रहेछ भन्ने पछुतो लाग्दै गएको छ,' अर्का लडाकु विवेकले भने, 'अहिले स्वैच्छिक अवकाशको प्याकेज ल्याउने हो भने राज्ने मनस्थिति धेरैले बनाएका छन् ।'
सहायक कमान्डर सुवेदीका अनुसार सेना समायोजन विशेष समितिले तत्कालै समायोजन रोजेकालाई तालिममा नपठाए 'गम्भीर परिस्थिति' उत्पन्न हुनसक्छ । 'हतियारविहीन भएका छौं, निराशा छाउँदै गएको छ, तर पनि अहिले तालिम दिने हल्ला सुनेको छु,' उनले भने, 'त्यसले केही आशा पलाएको छ ।'
लडाकुहरूका अनुसार गत चैत २८ मा हतियार बुझाएसँगै औषधि उपचारबाट समेत उनीहरू वञ्चित भएका छन् । पहिला शिविरमै डाक्टर र औषधिको व्यवस्था भएपनि अचेल उपचार गरेर लगेको खर्चको बिल पेस गर्दासमेत भुक्तानी नपाएको सहायक कमान्डर सुवेदीले गुनासो गरे ।
दुई नम्बर डिभिजन कार्यालयका अनुसार यसअघि भएको पुनर्वर्गीकरणमा समायोजनरोजेका ८ सय ५ जनामध्ये ४ सय ४६ ले स्वैच्छिक अवकाश रोजेपछि अब ३ सय ५९ जना समायोजनतर्फ छन् । डिभिजन कमान्डर शरदले 'जनभावनाअनुसार जनमुक्ति सेनाले १० वर्षे जनयुद्धको समयमा गरेको त्याग र बलिदानको कदर होस् भन्ने मान्यता' लडाकुले राखेको बताए ।
धेरै जना घरबिदामा सुर्खेत दशरथपुरस्थित
पूर्वलडाकुले छिटो समायोजन पूरा गर्न माग गरेका छन् । विशेष समिति मातहात आउनुअघि लडाकुको पोसाक लगाई पिटी, परेड खेल्ने र राजनीतिक रूपमा छलफल र गफगाफमा व्यस्त हुने उनीहरू आजभोलि सादा पोसाकमा सामान्य रोलकालमै बिहानको समय बिताउने गर्छन् ।
दशरथपुरस्थित तत्कालीन बटालियन कमान्डर दीपेन्द्रबहादुर बुढा समायोजनमा भएको ढिलाइले शिविरभित्र कष्टर दिन बिताउनु परेको बताउँछन् । 'छिट्टै निकास निक्ले राम्रो हुने थियो,' उनले भने ।
स्वैच्छिक अवकाशमा गएकाले आफ्नो व्यापार व्यवसाय गर्न थालेको तर समायोजनमा जाने भनेका लडाकुको अहिलेसम्म टुंगो नलाग्दा अन्योल बढेको लडाकुका तत्कालीन बटालियन कमान्डर बुढाले बताए । 'छिटो गरे तालिम गर्ने वा बाहिर जाने टुंगो लाग्थ्यो,' उनले भने ।
बिहानको नियमित पिटी, परेडमा छुट्टाछुट्टै व्यस्त रहने उनीहरू खेलकुद र समस्या परेका बेला आपसमा मिलेर समन्वय गर्ने गरेका छन् । नेपाली सेनाको सुरक्षामा रहेको शिविरमा पूर्वलडाकु र सेनाले एकआपसमा घुलमिल गर्न खेलकुदलाई प्राथमिकता दिएका छन् । शिविरभित्रको काममा समन्वय गर्दै आएका उनीहरूले फुर्सदको समयलाई खेलकुदमा प्रयोग गरेका छन् ।
शिविरको सुरक्षा लिएका नेपाली सेनाका सेनानी -मेजर) दिलीपकुमार बस्नेत पूर्वलडाकु र नेपाली सेनाबीच आत्मीयता बढाउन दुवैलाई मिलाएर टिम बनाई भलिबल र फुटबल खेल्ने गरिएको बताए । उनले भने, 'खेलकुदले एकआपसमा घुमिल गर्न सजिलो भएको छ ।'
छिटो समायोजन भएको भए तालिम वा घर जाने टुंगो लाग्न सक्थ्यो र तालिमको अवधिसमेत छोट्टन्िथ्यो भन्ने मनस्थितिमा पूर्वलडाकु रहेको सेनानीबस्नेत बताउँछन् । भन्छन्, 'उनीहरू कहिलेसम्म शिविर बस्ने भन्ने अत्यासलाग्दो अवस्थामा रहेका देखिन्छन् ।' शिविरको सुरक्षामा लेखफर्सास्थित क्याम्पमा रहेका नेपाली सेनाका क्याप्टेन चन्द्रप्रकाश उप्रेती पूर्वलडाकुसँग समन्वय गरेर शिविर बसाइलाई सहज बनाएको बताउँछन् । उनी भन्छन्, 'उनीहरू बिदामा जाने काम आफ्नै प्रक्रियामा गरेका छन् तर अन्यकुरा समन्वयमा हुने गरेको छ ।'
छैटांै डिभिजनअन्तर्गत शिविरमा रहेका ५ सय ७२ जना पूर्वलडाकुमध्ये आधाभन्दा बढी घरबिदामा गएका छन् । शिविरमा ती सबै फर्केमा बस्नका लागि भने समस्या हुने अवस्था छ । हावाहुरीले शिविरको १७ वटा घरको छानाउडाएपछि सबैलाई बस्न समस्या हुने सेनानी बस्नेतले बताए । शिविर तथा हतियार सुरक्षाका लागि नेपाली सेनाका मेजरको कमान्डमा रहेको दशरथपुरमा १ सय १७ जना रहेका छन् ।
'सपना पुरा भएन’
रोल्पाको दहवन र उघामा रहेका लडाकुमाअसजिलो पन बढ्दै गएको छ । 'कहिले समायोजन सुरु हुने हो भन्ने जानकारी नै छैन । पार्टी र सेनाको सम्बन्ध अलगभएपछि केही जानकारी छैन' डिभिजनबाट सेनामा जान तयार भएका तत्कालिन बटालियन सहकमान्डर हिमाल पुनले भने ।
पटक पटक गरी वर्गीकरण गर्दा सेनामा जान चाहेका उनीहरूले पार्टीबाट अलग हुदा सोचेको सपना पूरा नभएको बताए । 'देशको लागि योगदान गर्ने विचारले सेनामा जान चाहेपनि सरकार र दलले प्रक्रिया लामो बनाएकाले निराशता छाएको हो' अर्का एक लडाकु कमान्डरले भने । यि शिविरहरूमा समायोजनमा जानकालागि ५ सय २३ तयार भएर बसेका छन् ।

बिछोड...


मलाई आसुको उपहार होइन हासो देउ तिमीले नै भन्थ्यौ
तर आज तिमीले तेही बचन किन फिर्ता लियौ।

झुटा रहेछन तिम्रा त्यी बाचाकशम गयौ डाँडै काटी
आखिर के नै गल्ती थियो र हान्यौ बार्ण मेरो प्रेम माथि।

मैले त जूनी-जुनी माया गर्छु भनी मेरो दिलमा सजाउने गर्थे
एदी धोका दिनु नै थियो भने किन तिम्रो भर पर्थे|

बीछोडका पलहरुले कती चोट दिन्छन तिमी धोकेबाजलाई के नै थाहा हुन्छ र
म त डुब्न लागेको सुर्यको साथी बनिसकेको छु अब तिमीले मेरो नपर्नु भर।

तिमीले साथ छोडेपछी सबै खुशी उडी गयो छैन मनमा बाच्ने रहर
माया गर्छु भनी आखिर किन दियौ बिश्वाश्घातको उपहार।

सकिन मैले बुझ्न तिम्रो मायालाई स्वार्थी रहेछ पैसामा किन्न खोज्यौ
तर म चाहन्न सम्पत्ती तिमीले भने मलाई त्यागी सम्पत्ती नै रोज्यौ।

दिन्छु भन्थ्यौ अन्तिम घडीसम्मा साथ मेरो हात समाएर
तर आज आधा घडीमै छाडि गयौ पराइको डोलिमा हासी-हासी रमाएर।

आसुको धाराले बलेनी भिजेको छ छैनन कोही पुछिदिने कसरी थामु
साथीसङिनिसँग भन्छेउ अरे घिर्णा लाग्छ रे गए भने म तिम्रो सामु।

फूल सोचेको थिए तिमीलाई तर काडा बनी मुटुभित्र घोच्यौ किन
सहेद एही थियो होल मेरो मायाको पारीक्ष्या सकिन पास हुन।

आमाको पाठेघर छोरीमा प्रत्यारोपण


onlinekhabar
स्विडेनमा दुइजना महिलाको पाठेघर उनीहरुका छोरीमा प्रत्यारोपण गर्न चिकित्सकहरु सफल भएका छन् । झण्डै एक साता लामो शल्यक्रियाकोप्रक्रियापछि विश्वमै पहिलोपटक यस्तो प्रत्यारोपण सफल भएको हो । विश्वमा आमाबाट छोरीमा पाठेघर प्रत्यारोपण भएको यो नै पहिलोपटक भएको बताइएको छ । स्विडेनको गोथेनबर्ग युनिभर्सिटकिा १० जना शल्यचिकित्सकले अथक प्रयास गरी उक्त प्रत्यारोपण सफल पारेका हुन् ।

यसरी आमाको पेटमा छँदा आफै बसेको पाठेघर आफ्नै पेटमा प्रत्यारोपण गर्ने ती महिलाहरुतथा उनका आमाहरुको नाम समेत खुलाइएको छैन । तथापि आमाको पाठेघर ग्रहण गर्ने ती दुबै महिलाको उमेर ३० वर्षको रहेको जानकारी भने गराइएको छ ।
चिकित्सकहरुले प्रत्यारोपणले प्रारम्भिक सफलता प्राप्त गरेको भएपनि उक्त प्रत्यारोपित पाठेघरमा गर्भाधारण भएपछि मात्र सफलता पुष्टि हुने बताएका छन् । एक वर्षसम्म दुबै महिलालाई परीक्षणकालमा राखेपछि उनीहरुमा कृत्रिम गर्भाधान गराइने चिकित्सकहरुले बताएका छन् ।
आमाको पाठेघर ग्रहण गर्ने ती महिलाहरु मध्ये एउटीको जन्मजात रुपमै पाठेघर नभएको र अर्की महिलाको क्यान्सरका कारण पाठेघर काटेर फालिएको थियो । अस्पतालले छोरीहरुलाईपाठेघर दिने दुबै आमाको स्वास्थ्य सामान्य रहेको र केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।
स्मरण रहोस् विश्वमा यसअघि पनि पाठेघर प्रत्यारोपण भएको थियो तर सफल भने हुन सकेकोथिएन । सन् २००० मा साउदी अरेबियामा एक महिलामा पाठेघर प्रत्यारोपण गरिएको भएपनि त्यसमा रक्तप्रवाह रोकिएपछि ३ महिनापछि फ्याँक्नुपरेको थियो ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger