Latest Post
स्वास्थ्य
महिला कति वर्षको उमेरमा छँदा उनको कपाल सबैभन्दा सुन्दर बन्छ होला ? यसको उत्तर यसै भन्न गाह्रो छ । तर पछिल्लो एक अध्ययनले भने २९ वर्षको उमेरमा महिलाको कपाल सबैभन्दा सुन्दर र सेक्सी हुने दाबी गरेको छ ।
बेलायतमा गरिएको एक सर्भेक्षणले यस्तो तथ्य पत्ता लगाएको हो । अध्ययन अनुसार २ दशक उमेरको उत्तरार्धतिर महिलाले आफ्नो कपालमाथि प्रयोग गर्न छाड्छन् जसका कारण कपाल सुन्दर बन्छ । बिस वर्षदेखि २८ वर्षसम्म भने महिलाले कपाललाई राम्रो देखाउने नाममा विभिन्न खाले रसायन तथा अन्य उपाय अपनाएर झनै खराब पार्ने गर्छन् ।
३० वर्ष पुगेका महिलाहरु मध्ये १० प्रतिशतले आफुले यसअघि स्टाइलको नाममा आफ्नो कपाल बिगारेकोमा पश्चाताप गर्ने गरेका छन् । अध्ययन अनुसार महिला २९।३० वर्षको भएपछि कपाललाई स्टाइलिस बनाउन त्यसमा विभिन्न प्रयोग गर्नुको साटो कपाललाई जतन गर्छन्, कपाल सुन्दर तथा स्वस्थ बनाउन लगानी गर्छन् । ै सोही कारण महिलाको कपाल सुन्दर बन्ने अध्ययनकर्ताहरुको जिकिर छ ।
२९ वर्षे उमेरमा महिलाको कपाल सबैभन्दा ‘सेक्सी

के छ त यहाँ भित्र
स्वास्थ्य
समाचार
टेलिकमले घटायो इन्टरनेट महशुल (महशुल सूचीसहित)
३० काठमाडौं । के तपाई इन्टरनेट सेवा महंगो भएका कारण प्रयोग गर्न सक्नुभएको छैन । महंगो भएकै कारण प्रयोग गर्न सक्नुभएको छैन भने तपाइलाई खुसीको खवर छ । नेपाल टेलिकमले सर्वसाधरणको पहुँचसम्म इन्टरेनट सेवा पुर्याउन नेपाल टेलिकमले डाटा -इन्टरनेट) महशुलमा कटौती गरेको छ । टेलिकमले जेठ ३ गते विश्व दूरसञ्चार तथा सूचना समाज दिवसदेखि लागु महशुलमा कटौती गरेको हो ।
टेलिकमले डायलअप, आईएसडिएन डायल अप, नाइट सफिर्ङ, एडिएसएल र वाइम्याक्स, इन्टरनेट लिज कनेक्टिभिटी, थ्रिजी, इभिडियो, लगाएतका प्याकेजहरुमा शुल्क घटाएको हो । टेलिकमले एडिएसएल र वाइम्याक्स सेवामा उपलब्ध भोल्युम बेस्ड प्याकेजमध्ये कुनै पनि प्याकेज एकमुष्ट ३ महिना वा सो भन्दा बढी समयका लागि खरिद गरेमा ३ महिनाको भोल्युमका लागि थप ४० प्रतिशत डाटा भोल्युम बोनसको रुपमा उपलब्ध गराउने जनाएको छ ।
वाइम्याक्सको अनलिमिटेड प्याकेजतर्फ २५६ केबीपिएस डाटामा पहिलो ३ महिनाको लागि ३० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ ।
अहिले २५६ केबीपिएस डाटाको मासिक १५ सय रुपैयाँ तिनुर्छ । त्यस्तै, दुई एमबीपिएस स्पिडको डाटा प्याकेज टेलिकमले ९ हजार ३ सय रुपैयाँमा उपलब्ध गराउने भएको छ । तत्काललाई यो सेवा शैक्षिक संस्था, अस्पताल, सरकारी वा अर्धसरकारी संस्था, वित्तीय संस्था र कुटनीतिक नियोगलाई मात्र उपलब्ध गराउने टेलिकमले जनाएको छ । इभिडियो/पिडिएसएन सेवाको विद्यमन महशुल दर सय केबीको १० पैसालाई परिमार्जन गरेर प्रति एमबीको ५० पैसा कायम गरेको छ । त्यस्तै, थि्रजी/जिपिआएर सेवाको माथिकै महशुल दर कायम गर्न थप आन्तरिक तयारी आवश्यक भएकोले लागु हुने मिती पछि सार्वजनिक गर्ने जनाएको छ । टेलिकमले थि्रजी/इभिडिओ सेवाको भोल्युम बेस्ड प्याकेजमा ३ महिनाका लागि खरिद गर्दा १० प्रतिशत, ६ महिनाका लागि १५ प्रतिशत र एक वर्षका लागि २५ प्रतिशत छुट दिने भएको छ । टेलिकमले २५ एमबी डाटा एक दिनमा खर्च गरे ११ रुपैयाँ र १० जिबी डाटा एक महिनामा खर्च गरे २४ सय रुपैयाँ लाग्ने जनाएको छ ।
नयाँ इन्टरनेटको शुल्क तालिका
.jpg)

स्रोत : ओनलाइनखबर

गरिबीको कारण झुण्डिएर आत्महत्या
.jpg)
३० वैशाख, जाजरकोट । जाजरकोटको खगेनकोट गाउँ विकास समिति वडा नम्बर-६ की २८ वर्षीया रत्नकुमारी विकले झुण्डिएर मृत्युवरण गरेकी छिन् ।
आइतबार बिहान ८ बजे घर नजिकै रुखमा झुण्डिएको अवस्थामा विकलाई फेला पारिएको इलाका प्रहरी कार्यालय खगेनकोट दल्लीले बताएको छ । उनी विगत लामो समयदेखि खगेनकोट गाविस वडा नम्बर- ७ गराईला भन्ने ठाउँमा गोठमा बस्दै आएकी थिइन् । पशुचौपायालाई पाल्न उनी गाविसको वडा-७ मा बस्दै आएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
उनका दुई छोरा र एक छोरी रहेका छन् । विकको माइती घर रग्दा गाविसको वासकोटमा रहेको छ । उनका श्रीमान् हरिबहादुर नेपाली कृषि पेसा गर्छन् । यसअघि पनि विक दम्पतीले गरिबीका कारण पटकपटक आत्महत्या गर्ने प्रयास गरेका इलाका प्रहरी कार्यालय दल्लीले बताएको छ । विक दम्पती गरिबी कारण डोल्पामा पाइने यार्सागुम्बा सङ्कलनका लागि डोल्पा जाने तयारी रहेको बताइन्छ । रासस
के छ त यहाँ भित्र
समाचार
समाचार
‘भ्रष्टाचारी भेटिए हामीलाई सम्पर्क गर्नोस्’ : अख्तियार
२९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कहीँ कतै भ्रष्टाचार भएको पाइए सीधै कार्यालयमा उजुरी दिन सर्वसाधारणमा अपील गरेको छ । आयोगले आइतबार अपील जारी गर्दै भनेको छ- ‘कहीँ कतै अनुचित काम तथा भ्रष्टाचारजन्य क्रियाकलाप भएको ठोस जानकारी भए आयोगलाई जानकारी गराई भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको विकास गरिदिनहुन अनुरोध गर्दछौं ।’
भ्रष्टाचारका सम्वन्धमा कसैको उजुरी वा कुनै स्रोतबाट जानकारी प्राप्त भए अनुसन्धान थालिने आयोगले बताएको छ ।
आयोगले अख्तियारको केन्द्रीइ कार्यालय, क्षेत्रीय प्रशासनको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिन सकिने बताएको छ । प्रमुख आयुक्त र आयुक्तको नियुक्तिसँगै आम जनतालाई छिटो छरितो र सुलभ सेवा दिन आवश्यक छलफल थालिएको अख्तियारले बताएको छ ।
कतै भ्रष्टाचारीहरु भेटिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टंगालमा पो.ब.नं. ९९९६ मा हुलाकबाट उजुरी पठाउन सकिने आयोगको अपीलमा उल्लेख छ ।
त्यसैगरी शुल्क नलाग्ने टोल फ्री नम्बर १६६०-०१-२२२३३ मा पनि फोन गरेर भ्रष्टाचारीविरुद्ध उजुरी गर्न सकिने छ भने ४४४०१५१ मा फोन गरेर वा ४४४०१२८ मा फ्याक्स गरेर भ्रष्टाचारको उजुरी टिपाउने सकिने अख्तियारका प्रवक्ता कृष्णप्रसाद ढुंगानाद्वारा जारी वक्तव्यमा उल्लेख छ । त्यस्तै akhtiyr@ntc.net.np मा इमेल गरेर पनि भ्रष्टाचारीबारे उजुरी दिन सकिने जनाइएको छ ।
के छ त यहाँ भित्र
समाचार

.jpg)