Featured Post Today
print this page
Latest Post

तनाव भगाउने ५ काइदा

तनाव भगाउने ५ काइदा 
अफिसमा कामको चाप, कसैसँगको विवाद वा झगडा तथा पारिवारिक झण्झटका लगायतका कारण तनाव बढ्नु स्वभाविकै हो । मान्छे बढि महत्वाकांक्षी बन्दै जाँदा तनावको मात्रा पनि बढ्दै जान्छ । तनाव बढ्नु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि हानिकारक चिज हो । यसले हाम्रो व्यक्तिगत तथा व्यवसायिक जिवनमा नराम्रो असर पार्छ । त्यसैले तनावबाट मुक्त हुनु आवश्यक छ । तनावलाई आफैले नियन्त्रण गर्न सकिन्छ । यस्ता केही उपाय छन् जसबाट तनाव भगाउने र जिवनमा खुसी भित्राउन सकिन्छ : 

 जब तपाइँको मूड खराब हुन्छ तब आफुलाई मन पर्ने गीत गुनगुनाउनुहोस् । मनपर्ने गित गुनगुनाउँदा तपाइँलाई जुन मानसिक शान्ति मिल्छ त्यसले योगाले जत्तिकै फाइदा गर्छ । तपाइँलाई तनाव दिने कुराहरुबाट टाढा हुन चाहनुहुन्छ भने आफ्ना पूरानारमाइला तथा हसिमजाकका तस्वीरहरु निकालेर हेर्नुहोस् र रमाइला दिनका यादलाई ताजा बनाउनुहोस् ।

 जब तपाइँ तनाब महसुस गर्नुहुन्छ तब आखा बन्द गरेरविगतका खुसीका पल सम्झिनुहोस् । यसले तपाइँको मस्तिष्कलाई शान्त पार्न मद्दत गर्नेछ । गहिरो सास फेर्नुहोस् । सास लिन र छोड्न उत्तिकै लामो समय लगाउनुहोस्। कम्तिमा दश पटक लामो लामो स्वास फेर्दा तपाइँले केही रिल्याक्स महसुस गर्नुहुनेछ । 

सरीरमा पानीको मात्रा जति कम हुन्छ मस्तिष्कको कार्यप्रणालीमा उत्ति नै असर पर्छ । यस्तो भयो भने काममा केन्द्रित हुन सकिन्न र तनाव बढ्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ । तनावग्रस्त व्यक्ति भलै कुनै काममा व्यस्त किन नहोस् तर ऊ कुनै न कुनै समस्याबाट संवेगात्मक रुपमा जोडिएको हुन्छ । 

त्यसैले पीडालाई भुलेर मज्जाले हाँस्ने कोसिस गर्नुहोस् । तनाव भएको बेला त्यत्तिकै हाँस्ने कुरो भएन । त्यसैले कुनै फन्नी भिडियो वा तस्वीर हेर्नुहोस् वा जोक भनेर मज्जाले हाँस्नुहोस् ।

युवतीले चपाइन् ब्वायफ्रेण्डको गुप्तांग

एक युवतीले आफ्ना ब्वायफ्रेण्डको लिंग तथा अण्डकोष चपाएर खाने प्रयास गरेकी छिन् । अनलाइन मार्फत चिनजान भएर पहिलो डेटिङमा गएका बेला ती युवतीले युवकको गुप्तांगमा धावा बोलेकी हुन् । अमेरिकाको फ्लोरिडामा यो घटना घटेको हो । त्यहाँको एप्पल बि रेस्टुरेन्टमा मज्जाले रक्सी धोकेपछि लठ्ठिएर होस गुमाएकी प्रिस्सिला भगन नामकी ती युवतीले आफ्नै ब्वायफ्रेण्डको लिंग र अण्डकोष चपाएर खान थालिन् । पहिलो डेटिङमै गर्लफ्रेण्डले आफ्नो गुप्तांगमा हमला गरेपछि इन्तु र चिन्तु बनेका ती युवक चिच्याउन थाले । उनी चिच्याएपछि त्यहाँ भएका अरु पाहुनाले पुलिस बोलाएर ती बेहोसी युवतीलाई पक्राउ गरे । ती युवतीमाथि युवकलाई हत्याको प्रयास गरेको आरोप पुलिसले लगाएर मुद्दा चलाउने तयारी गरेको छ । युवतीद्धारा गुप्तांगमा आक्रमण झेलेका ती युवकको लिंग र अण्डकोषमा गहिरो चोट लागेको र सर्जरी गरेरै उपचार गर्नुपरेको बताइएको छ ।

पिठ्युँमा खुट्टा भएको बाच्छीको शल्यक्रिया

अमेरिकाको टेक्सासमा जन्मिँदै पाँच खुट्टा भएको गाइको बाच्छीको पाँचौ खुट्टा काटेर फ्यालिएको छ । ब्रेनह्यामस्थित पशुस्वास्थ्य अस्पतालमा अप्रेशन गरी उसको पाँचौ खुट्टा काटिएको हो । त्यो अतिरिक्त खुट्टा हटाइएपछि अहिले बाच्छीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
 गएको मार्च ९ मा पिठ्यूँमा पाँचौ खुट्टा भएको उक्त बाच्छी जन्मिएको थियो । बाच्छीको पाँचौ खुट्टा काटेर फ्याँकिदिने डाक्टर ली पान्कोले आफुले पाँच खुट्टा भएको जनावर पहिलोपटक देखेको भन्दै त्यो अनुवंशिक विकृतिका कारण भएको हुनसक्ने बताए । अघिल्लो खुट्टाजस्तै आकारको उक्त खुट्टा काँधको ठ्याक्कै तल पिठ्यूँमा पलाएको थियो । गाइपालन गरेका चाल्र्स हार्मेल आफुले ४० वर्षदेखि गाइपालन गरिरहेकोमा पहिलोपटक यस्तो विचित्र घटना देखेको बताउँछन् ।

रोगव्याधी नलागोस् भनेर पूजा गर्दा उल्टै बिरामी

 १९ चैत, काठमाडौं । गाउँमा रोगब्याधीको प्रकोप नफैलियोस् भन्दै पूजा गरेका नुवाकोट सूर्यमति ४ चौखुडाका गाउँले प्रसाद खाने बित्तिकै बिरामी भएका छन् । गएको शनिबार शनिश्चरे पूजा गरेपछि पूजाको प्रसाद र भोज खाएका ८६ जना गाउँले बिरामी परेका हुन् । गाउँले बिरामी भएको खबर पाए लगत्तै जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. दीपेन्द्र पाण्डे नेतृत्वको टोलीले उपचार गरेको छ । ‘२३ जना बिरामी गएराति अस्पताल पुगेपछि हामीले गाउँमा झाडापखाला फैलिएको थाहा पायौं’ डा. पाण्डेले  भन्नुभयो-’बिहान हामी १० जनाको टोली गाउँमा पुगेर उपचार गर्यौं, सबै बिरामी खतरामुक्त छन् ।’ उहाँका अनुसार एकसय ६ जनाले प्रसाद खाएकोमा ८६ जनामा झाडापखाला देखिएको थियो । ‘दाल र अचार खानेहरु बिरामी भएको पाइयो’ डा. पाण्डेले भन्नुभयो-’दाल या अचारमा केही खराबी भएको हुनुपर्छ, फूड पोइजनको आशंका गरेका छौं हामीले ।’ बिरामीहरुमा सुधार आउन थालेको उहाँले बताउनुभयो । बिरामी हुनेमा अधिकांश महिला, बालबालिका र बृद्धबृद्धा छन् रोगब्याधी र भूतप्रेतले नछोओस् भन्ने कामना गर्दै गाउँलेले शनिबार गाउँकै खोला छेउमा शनिश्चरे पूजा गरेका थिए । पूजापछि रमाइलो गरेर सबैले भोज र प्रसादी खाएका थिए । राईवस्ती भएकाले भोजमा मदिरा लगायतका अरु खाद्य पदार्थ थियो ।

घाटी रेटी हत्या गरेपछि खाल्डो खनेर गाडिएको शव फेला भिडियो खबर

घाटी रेटी हत्या गरेपछि खाल्डो खनेर गाडिएको शव फेला भिडियो खबर 
 महोत्तरीको सुन्दरपुरका एक युवाको अपहरणकारीले सात लाख रुपैयाँ फिरौती लिएर पनि हत्या गरेका छन् । चैत ४ गते धनुषाको महेन्द्र नगरबाट अपहरणमा परेका सुन्दरपुर १ का २० बर्षिय पंकज यादवको शव महोत्तरीको अंकार गाविस ४ मा रहेको बेला खोलाको किनारबाट प्रहरीले उत्खनन् गरेको छ । महोत्तरीका प्रहरी उपरिक्षक पवन खरेलले पीडित परिवारले अपहरणकारीलाई सात लाख रुपैयाँ फिरौती दिँदा समेत अपहरणकारीले पंकजको हत्या गरेका बताउनुभयो । शवको प्रकृति हेर्दा अपहरण भएकै दिन हत्या भएको हुन सक्ने खरेलले बताउनुभयो ।

 

News-April 1st, 2013

News-April 1st, 2013

 

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger