Featured Post Today
print this page
Latest Post

झ्याई कुटी झ्याई,Jhaikuti Jhai, 1 March 2013

झ्याई कुटी झ्याई,Jhaikuti Jhai, 1 March 2013

जापानमा बन्यो अत्याधुनिक लट्ठी

जापानी कम्पनी फुजित्सुले अत्याधुनिक लठ्ठीको निर्माण गरेको छ । यो लट्ठीले वृद्धवृद्धालाई बाटो देखाउने मात्र होइन उनीहरुको स्वास्थ्यको अवस्थाका बारेमा पनि जानकारी दिनेछ । नेक्स्ट जेनेरेसन केन नाम दिइएको उक्त आधुनिक लट्ठीमा जिपिएस प्रविधि जडान गरिएको छ । यसले बुढाबुढीलाई बाटो पहिल्याउन सहयोग गर्ने मात्र होइन उनीहरुले सरीरको तापक्रम र मुटुको गतिका बारेमा पनि जानकारी दिनेछ । घरको कोही सदस्य यो लट्ठी टेकेर बाहिर गएको छ भने उसको अवस्थाका बारेमा घरमै बसेर अनलाइन मार्फत जानकारी पाउन सकिन्छ । यदि लट्ठी टेक्ने लड्यो भने तुरुन्त इमेल अलर्ट आउँछ र घरमै त्यसको तत्काल जानकारी पाउन सकिन्छ । जापानमा बुढाबुढीको संख्या बढिरहेको हुँदा सोही कुरालाई दृष्टिगत गरी आविष्कार गरिएको आधुनिक लट्ठी निकै उपयोगी हुने विश्वास गरिएको छ । बार्सिलोनामा आयोजित मोबाइल कंग्रेसमा सार्वजनिक गरिएको यो आधुनिक लट्ठीमा जिपिएसका साथै थ्री जी र वाइफाइ सेवा उपलब्ध छ । हातले समाउने ठाउँमा एलइडी मोनिटर छ । जसमा विभिन्न गतिविधिहरुको जानकारी देखिन्छ । यदि घुमाउरो बाटो आयो वा हिड्नेले दिशा परिवर्तन गर्नुपर्यो भने लट्ठीमा कम्पन हुन्छ र कता जानुपर्ने हो उतै जानुपर्ने एरो मोनिटरमा देखापर्छ ।

सडक त खन्यौं ऋण तिर्ने कसरी ?(दुर्गम गाउँको सडक कथा) भिडियो खबर

पूर्वि पहाडको भोजपुर जिल्लामा सडक बन्नु अनि त्यो सडकमा गाडी गुड्नु कुनै बेला सपना थियो । तर विस्तारै त्यो सपना साकार हुन थालेको छ । यतिबेला भोजपुर जिल्लाका अधिकांश ठाउँहरुमा धुले सडक बनेका छन् । र, बन्दै पनि छन् । भोजपुर सदरमुकाम सम्म सडक यातायात शुरु भएपछि अहिले गाउँ—गाउँमा सडक खन्ने लहर नै चलेको छ । मोटरबाटो र मोटर गाडी हेर्नका लागि कुनै बेला धरान—धनकुटा झर्नु पर्ने भोजपुर जिल्लाको ग्रामीण बस्तीका नागरिकहरु आफ्नै घर आगनबाट गाडी गुडेको हेर्न पाउँदा दंग पनि छन् । यसरी ग्रामीण बस्तीहरुमा खुसी भर्ने काम सडक निर्माणमा संलग्न स्थानीय उपभोक्ता समितिले गरेका छन् । सडक बाटो बने सँगै मोटर चल्न थालेपछि दूरदराजका स्थानीयवासीमा खुसीको सिमा नाघेको छ । भने उनीहरुको कष्टकर दैनिकीमा पनि परिवर्तन हुन थालेको छ । तर खुुसी सँगै एउटा विडम्बना के छ भने ऋण काढेर खनिएको सडकको पैसा तिर्न नसकेपछि स्थानीय उपभोक्ता समिति भने विचल्लीमा परेका छन् । भोजपुर सदरमुकाम सँगै रहेको मानेभन्ज्याङ्ग गाविसका स्थानीय उपभोक्ता समिति यस्तै विचल्नीमा परेका छन् ।
भिडियो समाचार हेर्न तल क्लिक गर्नुस ....

 

कपाल पाल्ने र मुन्द्रा लगाउनेलाई अपराधी भन्दै पक्राउ भिडियो खबर

काठमाडौ, फाल्गुन १८ – कपाल पाल्नु भएको वा कानमा मुन्द्रा लगाउनु भएको छ ? सावधान !प्रहरीले लामो कपाल पाल्ने र मुन्द्रा लगाउनेलाई आधुनिक युवा होइन, चो, गुण्डागर्दी, लुटपाटमा संलग्न भएको शंका गर्छ । र, ठेगाना, हुलिया, तस्वीर र औठा छाप लिएर कपाल काटिदिन्छ, मुन्द्रा फुकाल्छ । राजधानीमा सोमबार र मंगलबार ग एक हजार भन्दा बढी युवा लामो कपाल र मुन्द्रा लगाएको ‘अपराध’ मा समातिए । कपाल काटन र मुन्द्रा फुकाल्न लगाएर अभिभावकको जिम्मा लगाइयो । 
प्रहरीको बुझाईमा यसो गर्नु भनेको एउटा ‘चुल्ठे-मुन्द्रे’ एउटा भद्र व्यक्तिमा परिवर्तन भई महानगरमा चो, लुटपाट, डकैती र गुण्डागर्दीका घटनामा कमी आउनु हो । यसले तत्कालीन प्रह अधिकृत (पछि महानिक्षकसम्म भएका) अच्युतकृष्ण खरेलको कपाल पाल्ने, मुन्द्रा लगाउनेलाई तह लगाउने शैली पुनरावृत्ति भएको महसुस गराएको छ । भिडियो हेर्न तल क्लिक गर्नुस ..... 

कमेडी गित ,New Nepali Comedy Song 2013 Ha Ha Ha By Prakash Paudel ...

प्रकाश पौड्यालको कमेडी गित, हा हा हा >>>

 

कम निद्रा रोगको जरो

पर्याप्त समयसम्म नसुत्ने मानिसमा विभिन्न रोगव्याधी तथा स्वास्थ्य समस्याको जोखिम बढ्ने बेलायती शोधकर्ताहरुको पछिल्लो अध्ययनले देखाएको छ । निद्रा बिथोलिनु वा खराब सुताइले सरीरको आन्तरिक प्रणालीमा असर पूराउने शोधकर्ताहरुको भनाइ छ । निद्राको समय घटाउँदा वा पर्याप्त समयसम्म नसुत्दा त्यसको असर सरीरका जिन वा वंशाणुसम्म पर्ने र त्यसको प्रभाव दूरगामी हुने बताइएको छ । एक हप्तासम्म दिनमा ६ घण्टा भन्दा कम समयसम्म सुतेमा त्यसले सयौँ जिनमा असर पार्ने विज्ञहरु बताउँछन् । पिएनएस जर्नलमा छापिएको खबर अनुसार अपर्याप्त निद्राले स्वास्थ्यमा हानिकारक असर पार्छ । अपर्याप्त निद्राका कारण मुटुरोग, मधुमेह, मोटोपन तथा मस्तिष्कको काममा समेत असर पर्ने शोधकर्ताहरु बताउँछन् । सुरे विश्वविद्यालयका शोधकर्ताहरुले यो कुरा प्रमाणित गर्न दिनमा १० घण्टा सुत्ने ७० जना मानिसहरुलाई एक हप्तासम्म दैनिक केवल ६ घण्टासम्म सुत्न लगाएर उनीहरुको रगत परीक्षण गरेका थिए । 
त्यसक्रममा दैनिक सुत्ने अवधि ४ घण्टाले घटाउँदा एक हप्ताभित्रमा त्यसको असर सरीरका विभिन्न ७ सय प्रकारका जिनमा असर परेको देखियो । सरीरको आन्तरिक प्रणाली सन्तुलित हुन पर्याप्त निद्रा तथा आराम आवश्यक पर्ने भन्दै शोधकर्ताहरुले पर्याप्त निद्रा नपर्दा वा आराम नपुग्दा त्यसमा असर पर्ने बताए । कम निद्राले विभिन्न खालका शारीरिक स्वास्थ्य समस्याका साथै मानसिक र सामाजिक समस्या पनि उत्पन्न गराउने विज्ञहरु बताउँछन् । पर्याप्त निद्राको कमी हुँदा स्मरण शक्ति घट्ने तथा अन्य रोग निको हुने दरमा पनि कमी आउने बताइएको छ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger