Featured Post Today
print this page
Latest Post

पशुपतिमंदिरमा दश महिनामै झन्डै सात करोड रुपैयाँ भेटी संकलन

सरकारले ‘पशुपति मन्दिर तथा पुजा व्यवस्था नियमावली’ लागू गरेपछि दश महिनामै झन्डै सात करोड रुपैयाँ भेटी संकलन भएको छ । गत बर्ष सरकारले पशुपति मन्दिरमा दैनिक भक्तजनहरुबाट जम्मा हुने भेटी पारदर्शी बनाउन ‘मन्दिर तथा पुजा व्यवस्थापन नियमावली २०६८’ लागू गरेको थियो । थप जानकारीको लागि भिडियो समाचार हेर्नुस

 

नरिवलको पानी पिउनुका फाइदै फाइदा

नरिवलको पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि यसले के के फाइदा पूराउँछ भन्ने इतिवृत्त सबैलाई थाहा नहुन सक्छ । अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ भन्ने कुरा थाहै नहुन पनि सक्छ । तर अनुसन्धानले के देखाएको छ भने नरिवलको पानी महिलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । पिसाब पोल्ने, सरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन हुने समस्याबाट मुक्ति पाउन मात्र होइन छालाको सुन्दरता र स्वास्थ्यका साथै मोटोपन घटाउन समेत नरिवलको पानी कामयाबी हुन्छ । अझ गर्भवती महिलाका लागि नरिवलको पानी पिउनै झनै फाइदाजनक हुने बताइएको छ । नरिवलको पानीले महिलामा पूराउने अन्य लाभ यसप्रकार छन्: -
  1. नरिवलको पानी पिउनाले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सघाउ पूराउँछ । नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवणहरु, भिटामिन सी लगायतका तत्व गर्भवती महिला र गर्भको बच्चालाई निकै फाइदा पूराउँछन् ।
  2.  नरिवलको पानी नियमित पिउने महिलामा मुत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ । यसले ढुसी पैदा गर्ने व्याक्टेरियालाई मारिदिन्छ । त्यसैले पिसाब सम्बन्धी समस्या भएका महिलाले पनि दैनिक नरिवलको पानी पिउनु निकै उत्तम मानिन्छ ।
  3.  सरीरमा पानीको आपूर्तिलाई सन्तुलित गर्न र विषाक्त तत्वलाई बाहिर ल्याउन नरिवलको पानीले सहयोग पूराउँछ ।
  4.  नरिवलको पानीले वजन नियन्त्रण अर्थात् मोटोपन घटाउन सहयोग गर्छ । नरिवलको पानी पिउनाले सरीरमा जमेको अनावश्यक बोँसो घटाउनुका साथै रगतमा कोलेस्टेरोलको मात्रा पनि कम गर्छ । 
  5. नरिवलको पानीको नियमित सेवन गर्नाले छाला स्वस्थ तथा सुन्दर बन्छ ।
  6.  नरिवलको पानी पिउनुको अर्को फाइदा के हो भने यसले योनीको संक्रमण लगायतका कारणबाट योनीमा हुने जलनलाई कम गर्छ । यदि पिसाब पोल्ने समस्या छ भने त्यसबाट मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।

काठमाण्डौका हलमा कत्ति प्यारी सुष्मा

नायिका सुष्मा कार्की काठमाण्डौका हलमा बारम्बार छाउने गरेकी छिन् । यो बर्ष प्रदर्शनमा आएका अधिकांश सिनमा असफल भएको अवस्थामा सुष्माले अभिनय गरेको ‘विन्दास’ ले भने लगानी उठाउन सफल भएको छ । यसैले पनि काठमाण्डौमा यो सिनेमा बारम्बार प्रदर्शनमा आउने गरेको छ ।शुक्रबारदेखि काठमाण्डौको गंगा र कलंकी हलमा ‘बिन्दास’ प्रदर्शनमा आएको निर्माता मधुकुमार श्रेष्ठले जानकारी दिएका छन् । बिन्दास काठमाण्डौका हलमा तेश्रो पटक लागेको हो । हलमा लागेका अन्य सिनेमाले व्यापार नगरेको खण्डमा ‘विन्दास’ लगाउने गरिएको छ ।
 राजु गिरीको निर्देशनमा तयार भएको सिनेमा भित्र सुष्माका अलवा सुशान्त कार्की, अशोक फुयाँलको मुख्य भुमिका छ । चलचित्रमा नायिका कार्कीले खुलेरै उत्तेजक दृश्य दिएकी छिन् । यसैले पनि काठमाण्डौका हलसंचालकका लागि कार्की रुचाइएकी हुन् ।

पुरुषहरु सारी लगाएर आन्दोलनमा

२० माघ, काठमाण्डौं । महिला हिंसा विरुद्धको आन्दोलन ‘अकुपाई बालुवाटार’ जारी छ । तै पनि सरकार कानमा तेल हालेर बसेजस्तो छ । सरकारलाई व्युँझाउन उनीहरुले के मात्रै गरेनन् ? कहिले सुरुवाल खोलेर बालवाटारमा देखाए त कहिले थाल ठटाए । गुलाव फूल वितरण गरे । तर त्यही सडक दिनहुँ ओहोरदेाहोर गर्ने प्रधानमन्त्रीले यी दृश्य देखे नदेखेझैँ गरे । सुतेकालाई व्यझाँउन सकिन्छ, तर सुतेको अभिनय गरेकालाई व्युझाउन गाह्रो हुने रहेछ । हैरान परेका अकुपाई बालुवाटारका अभियन्ताहरुले तैपनि सरकारलाई व्यझाउन सकिन्छकी भनेर शुक्रबार पुरुषहरुले सारी लगाएर आन्दोलन गरे । यसको अर्थ थियो, ‘महिलाको भूमिकामा आफूलाई प्रस्तुत गर्नु । म्हिलाको भूमिकामा पुरुषलाई प्रस्तुत गर्दा हिंसा कम हुन सक्ने सन्देश दिन खोजेका थिए । आन्दोलनकालाई अगुवाई गरिरहेका जगन्नाथ लामिछानेले भने, ‘महिलाले घरमा गर्ने काममा पुरुषहरुले पनि समान भूमिका निर्वाह गर्ने हो भने महिलामाथि हुने हिंसा कम हुन्छ भन्ने ठानेर यो शैली अपनाएको हो ।’ उनका अनुसार ‘उनी बनेर हेर्दा’ भन्ने सारलाई महसुस गर्दै महिलाको पहिरनमा महिला बनेर आफूलाई भएका पीडा र अन्यायलाई महसुस गरेका हौ । 

होटलमै सेक्सको मज्जा लिने तालिम: होटल मालिक्नी सेक्स प्रशिक्षक

हामीकहाँ केही होटल रेष्टुरेन्टहरुमा यौन धन्दा हुने गरेको थाहा पाएकै कुरा हो । मसाज केन्द्र भनेर अवैध यौनधन्दा संचालन गर्नेहरु पनि छन् । केही देशमा भने वेश्यावृत्ति वैध छ र वैधानिक रुपमै यौन धन्दा संचालन गर्ने वेश्यालय खुलेका हुन्छन् । ती वेश्यालयमा यौनका भोका ग्राहकहरु गएर सम्भोगको आनन्द लुट्छन् । तर स्विडेनमा भने एउटा यस्तो होटल छ जसमा वेश्यावृत्ति होइन सम्भोगका बेला कसरी चरम आनन्द प्राप्त गर्ने भन्ने तालिम दिइन्छ । दक्षिणी स्विडेनको स्कुरुप क्षेत्रमा रहेको उक्त भेनसगार्डेन गेष्ट हाउसले सेक्समा चरम आनन्द प्राप्त गर्ने तरिका सिकाउन एक जना प्रशिक्षक नै नियुक्त गरेको छ । प्रेमको स्वर्ग नामले आफुलाई चिनाउने उक्त होटलमा ग्राहकलाई सेक्समा चरम आनन्द उठाउने तालिम दिने महिला हुन् यिभा फ्रान्जेन । यिभा व्यवसायिक यौन प्रशिक्षक हुन् । यो होटल ६७ वर्षका पूर्व शिक्षक आकेले खोलेका हुन् जो यिनै यौन प्रशिक्षकका श्रीमान समेत हुन् । 
 एक रातको तालिमका लागि ग्राहकले २२७ पाउण्ड तिर्नुपर्छ । रातभरमा यिभाले ग्राहकलाई सेक्समा कसरी चरम आनन्द प्राप्त गर्ने भन्ने कुरा प्रयोग गरेरै सिकाउँछिन् । कामसुत्रका विधि लगायत पाकक्रिडा तथा अन्य यौनिक खेललाई उनले सविस्तार सिकाउँछिन् ग्राहकलाई । उनले महिला र पुरुष दुबैलाई सेक्सको तालिम दिन्छिन् । तर महिलालाई बढि प्राथमिकता दिइने होटलको भनाइ छ । होटल संचालकले आफ्नो होटल वेश्यालय नभएको दाबी गर्दै आफ्नो होटल प्रेममा मज्जा लुट्न चाहनेहरुको लागि उपयुक्त स्थान भएको बताउँछन् । आफ्नो होटलबाट तालिम लिएर जानेहरुले सेक्स जिवनमा कहिल्यैपनि हरेस खानु नपर्ने दाबी आकेको छ ।

घरमा पैसा पठाउदै हुनुहुन्छ,एक नजर यता पनि लगाउनु है?

Exchange Rate for 02 February, 2013

 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs. 
Indian Rupee 100 160.00
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. dollar 1 84.98
 85.58 
European euro 1 115.87
 116.68 
UK pound sterling 1 134.91 
 135.86
 Swiss franc 1 93.53 
 94.19 
Australian dollar 1 88.40 
 89.02 
Canadian dollar 1 85.19
 85.79 
Singapore dollar 1 68.46
 68.94 
Japanese yen 10 9.21 
 9.27 
Chinese renminbi (Yuan) 1 13.65 
13.75 
Only Buying rates Currency Unit Rates/Rs.
 Swedish Krone 1 13.40 
Danish Krone 1 15.53
 Hong Kong dollar 1 10.96 
Saudi Arabian riyal 1 22.66 
Qatari riyal 1 23.34 
Thai baht 1 2.85 
UAE Dirham 1 23.14 
Malaysian ringgit 1 27.35
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger