काठमाडौं,माघ १५ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई सोमबार सर्वोच्च अदालत गई पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न अभियुक्तहरुको बयान र अनुसन्धान रोक्न आफूले दिएको निर्देशनको बचाऊ गर्नुभएको छ । अदालत समक्ष पेश गरिएको ५ पेज लामो लिखित जवाफमा प्रधानमन्त्री भट्टराईले द्वन्द्वकालीन घटनाको छानवीन र कारबाही बिद्यमान फौजदारी कानुन अनुसार हुन नसक्ने भन्दै यसले ‘एउटै ब्यक्तिलाई एकै कसुरमा एकपटक भन्दा बढी कारबाही गरिने छैन’ भन्ने दोहोरो खतराको सिद्धान्त उल्लंघन हुने दाबी गर्नुभएको छ । प्रधानमन्त्री भट्टराईले सरकारले दण्डहीनतालाई प्रश्रय दिइरहेको छ भन्ने आरोपको खण्डन गर्दै यस्ता घटनामा संक्रमणकालीन न्याय संयन्त्र स्थापना भएपछि त्यसै अनुसार अघि बढ्न सरकार तयार स्पस्ट पर्नु भएको छ ! हेर्नुस प्र म . ले दिएको बयान
Latest Post
सिनेमा संसार
बधशाला’ रोक्ने पप्पु आफैं सैनिक पोशाकधारी
सूचना तथा सञ्चार मन्त्रालयले पनि कहिलेकाँही उदेकै गर्छ । नेपाली सेनाको पोशाकमा फिल्म बनाएको भन्दै मनोज पण्डितको ‘बधशाला’ माथि मन्त्रालयले प्रतिबन्ध लगायो । तर, त्यस्तै सैनिक पोशाक प्रयोग गरेका पप्पुलाई भने चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरिएको छ । अब ‘बधशाला’ को सैनिक पोशाक फुकाल्ने जिम्मेवारी सैनिक पोशाकधारी पप्पुको काँधमा सरेको छ ।सञ्चार मन्त्रालयको माघ ७ गतेको पत्रअनुसार बधशालालाई इजाजत दिने/नदिने अधिकार विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मर्वैत्ता -पप्पु) का हातमा पुगेको छ । तर, पप्पुले यसअघि नै नेपाली सेनाको पोशाक प्रयोग गरेर भोजपुरी चलचित्रमा बन्दुक बोकिसकेका छन् । आफ्नो सैन्य पोशाकको चलचित्र सदर हुने तर, पण्डितलाई यही कारण देखाएर इजाजत नदिन पप्पुलाई नैतिकरुपमा गाह्रो छ । सैनिक पोशाक प्रयोग गर्न पप्पुले पाउने तर पण्डितले नपाउने आदेश सञ्चार मन्त्रालयले किन गर्यो होला ? यो प्रश्नमा बधशालाका निर्देशक पण्डित भन्छन्- ‘पोशाकका कारणले बधशालामाथि प्रतिबन्ध लगाइएको हैन, कारण अर्कै छ । चलचित्रले विगतमा तत्कालीन शाही सेनाले दिएको यातनाको पोल खोलेकोमा प्रतिबन्ध लगाइएको हो, पोशाक त बाहनामात्रै हो ।’ ‘भ्रष्टाचारसम्बन्धी चलचित्र बनाउँदा सर्जकले भ्रष्टाचारीसँग अनुमति माग्दैन । हालै एयरपोर्टमा अध्यागमन विभागका कर्मचारीबाट लुटिएकी युवतीको विषयमा चलचित्र बनाउँदा अध्यागमनका कर्मचारीसँग अनुमति बनाएर चलचित्र बनाइँदैन ।’- पण्डितले भने । आफूले नेपाली सेना लोकतान्त्रिक भैसकेको भन्ने ठानेको र विगतका कमजोरीप्रति आत्मालोचना गर्छ भन्ने ठानेको तर, नेपाली सेना नबदलिएको आफूले अनूभूति गरेको पण्डितको तर्क छ । रक्षा मन्त्रालयले पठाएको पत्रअनुसार माघ ७ गते सूचना तथा सञ्चार मन्त्रालयले ‘बधशाला’ लाई इजाजतपत्र नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ । तर, बधशालालाई सैन्य पोशाकका कारण इजाजत नदिने ठाउँमा भने आफैंले सैनिक पोशाक लागाइसकेका धर्मेन्द्र मर्वैत्ता पप्पु बिराजमान भएका छन् । हेरौं, सैन्य पोशाकधारी पप्पुले अब के गर्छन् ।
के छ त यहाँ भित्र
सिनेमा संसार
समाचार
डेकेन्द्रको हत्यारा बचाउन पछी परेका प्र.म.भट्टराईले निर्दोस अमरलाइ बचाउन भ्याएनन
डेकेन्द्रको हत्यारा बचाउन पछी परेका प्र.म.भट्टराईले निर्दोस अमरलाइ बचाउन भ्याएनन प्र.म.लाइ अमरको बिन्ति सुन्नुस
के छ त यहाँ भित्र
समाचार
समाचार
‘वधशाला’ रोक्न रक्षाको पत्र
चलचित्र ‘वधशाला’ को प्रमोशन र प्रदर्शन रोक्न भन्दै रक्षा मन्त्रालयले सुचना तथा संचार मन्त्रालयको नाममा पत्र काटेको छ । वधशालामा नेपाली सेनाको पोशाकको दुरुपयोग भएको लगायतका बिषयमा आपत्ति जनाउदै तत्कालका लागि सिनेमाको सम्पुर्ण गतिविधी रोक्न रक्षा मन्त्रालयले सुचना तथा संचारमन्त्रालयका नाममा पत्र काटेको हो ।पत्रमा भनिएको छ, ‘नेपाली सेनाको पोशाक लगाई छायांकन गरिएको लगायतका बिषयमा सम्वन्धित पक्षसँग अनुमती नलिई छायांकन गरिएको हुदा चलचित्र ऐन २०२६ र चलचित्र नियमावली २०५७ अनुसार सिनेमाको प्रदर्शनका लागि इजाजत प्रदान नगर्नु हुन र गरिसकेको भए चलचित्र हलमा प्रदर्शनका लागि रोक लगाइदिनुहुन नेपाल सरकार (सचिवस्तर) को निर्णय भएको व्यहोरा अनुरोध गरिन्छ । चलचित्रको प्रदर्शन रोकिएपछि निर्माता मोहन डोटेलले भने, यसले अभिव्यक्ति स्वतन्त्रताको अधिकारमाथी हनन गरेको छ ।
उनले भने, ‘नेपाली सेनाले सिनेमा नै नहेरी रोक लगाउनु दुखद हो ।’ मोहनले भने, ‘सधै नाँचगानाका सिनेमा मात्र बनाउने कि कुनै बिषयलाई खोजेर पनि सिनेमा बनाउने भन्ने कुरा उठिरहेको समयमा नेपाली सेनाको यस्तो कदमले चलचित्र क्षेत्रलाई अघि बढाउन मद्दत गर्दैन ।’ चलचित्र सेन्सरमा पुगेपछि सबै कुरा छर्लङ्ग हुने भनाई निर्देशक मनोज पण्डितको छ । सेन्सर गर्नु अघि नै सिनेमा रोक लगाइनु दुखद भएको वधशालाको निर्माणपक्ष बताउँछ । यो चलचित्र फागुन २५ गतेबाट विश्वव्यापी प्रदर्शनको तयारीमा छ । चलचित्रको प्रोमो समेत नेपाली सेनाले रोक लगाउन भनेको छ । चलचित्र युनिटले प्रचारप्रसारका लागि तयार पारेको प्रोमो यस्तो छ :
के छ त यहाँ भित्र
समाचार
समाचार
घरमा पैसा पठाउदै हुनुहन्छ,एक नजर यता पनि लगाउनु है??
Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160.00
160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar 1 85.58
86.18
European euro 1 115.20
116.01
UK pound sterling 1 135.24
136.19
Swiss franc 1 92.38
93.03
ustralian dollar 1 89.20
89.83
Canadian dollar 1 85.06
85.65
Singapore dollar 1 69.31
69.80
Japanese yen 10 9.41
9.48
Chinese renminbi (Yuan) 1 13.76
13.85
Only Buying rates Currency Unit Rates/Rs.
Swedish Krone 1 13.24
Danish Krone 1 15.44
Hong Kong dollar 1 11.04
Saudi Arabian riyal 1 22.82
Qatari riyal 1 23.50
Thai baht 1 2.86
UAE Dirham 1 23.30
Malaysian ringgit 1 28.11
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
के छ त यहाँ भित्र
समाचार




