Featured Post Today
print this page
Latest Post

बमसहित २ विद्यार्थी पक्राउ



बारा, असोज १९ - बारामा प्रहरीले बम सहित दुई जना स्कूले विधार्थीलाइ पक्राउ गरेको छ ।
सिसहनीया ४ का १७ वर्षिय भुवन पटेल र बघवन ३ का रोमियो जयसवाललाई प्रहरीले उनीहरुको घरबाट बम सहित शुक्रवार पक्राउ गरेको हो ।
सुराकीको आधारमा सुराकीको आधारमा पटेललाइ नियन्त्रणमा लिइ सोधपुछ गर्दा घर नजिकैको बारीमा टिनको बट्टामा बम भेटिएको प्रहरी निरिक्षक रामनाथ घिमिरले बताउनुभयो ।
पटेलकै बयानका आधारमा जयसवालाइ पनि उनको घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जना किशोर कलैया स्थित ब्राइटल्याण्ड बोर्डिङ स्कुलका कक्षा १० मा अध्ययनरत विखर्थी हुन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

सडकमा एमालेको शक्ति प्रर्दशन, सिन्धुलीमा एमालेको कुकुर–बोका जुलुस


काठमाडौँ, १९ असोज । एमालेका भ्रातृ संगठनहरुको साझा मोर्चाले आज देशभर सरकारको विरोधमा प्रदर्शन गरेका छन् । राजधानीमा पनि एमालेले विशाल प्रदर्शन गरेको छ । रत्नपार्कबाट शुरु भएको विरोध -याली बागबजार, पुतलीसडक, भद्रकाली, शहीदगेट, बसन्तपुर, नरदेवी, असन हुँदै पुनः रत्नपार्कमै पुगेर आमसभामा परिणत भएको छ । यसअघि रत्नपार्कबाट शुरु हुन लागेको -यालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी र प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्ता कब्जाको बाटोमा अघि वढेको आरोप लगाए । विरोधसभालाई एमाले नेताद्वय केपी ओली र बामदेब गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तत्काल पद त्यागेर राजनीतिक संकटको निकासका लागि प्रधानमन्त्री र सरकालाई दबाब दिन एमालेका भ्रातृ संगठनहरुको मोर्चाले ७५ वटै जिल्लामा विरोध प्रर्दशन आयोजना गरेको हो । मोर्चाले बढ्दो महङ्गी नियन्त्रण र राष्ट्रियताको पक्षमा सशक्त आवाज उठाउने जनाएको छ ।
उता सिन्धुलीमा पनि नेकपा एमालेका कार्यकर्ताले कुकुर र बोकाको जुलुस निकालेर विरोध कार्यक्रम गरेका छन् । प्रतिकात्मक रुपमा सरकारको विरोधमा कुकुर र बोकालाई नगर परिक्रमा गराइएको एमाले सिन्धुलीले जनाएको छ । सरकारको विरुद्ध देशभर विरोध प्रर्दशन गर्ने क्रममा सिन्धुलीमा कुकुर र बोकाको जुलुस निकालिएको हो ।
पोखरामा पनि एमालेले विरोध प्रदर्शन गरेको छ । पृथ्वीचोकबाट शुरु भएको विरोध प्रदर्शन नयाँबजार हुँदै चिप्लेढुंगामा पुगेर बिरोधसभामा परिणत भएको थियो ।

प्रधानमन्त्रीलाई भारतीय नम्बर प्लेटको गाडि चढ्न आग्रह

१८ असोज, बुटवल । नेकपा- माओवादीका सचिव नेत्र विक्रम चन्द 'विप्लव'ले एकिकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पार्टी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रघाती भएको आरोप लगाएका छन् । राष्ट्रिय जनस्वयमसेवक प्रथम अबद्य भेलालाई आज बुटवलमा सम्बोधन गर्दै नेता चन्दले दश बर्षसम्म जनयुद्ध गरेर जनतालाई धोका दिएको भन्दै बा बुराम र प्रचण्ड धोकेबाज भएको बताए । विदेशी मालिकहरूको अगाडि लम्पसार परेर कांग्रेस-एमालेले भन्दा बढी राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउँदै उनले प्रचण्ड र बाबुरामले बन्दुक बोकेर युद्ध लडेको जनतामाथी ठूलो घात गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्पीडित महिला दलित र सर्वहारा वर्गमाथि अक्षम्य अपराध गरेको आरोप लगाउँदै सहमतिका नाममा जनमुक्ति सेनालाई विर्सजन गरिएको दावी गरेका छन् । उनले सहमितको नाममा किसान, दलित, सुकुम्बासी, दलित महिला र उत्पीडितको मुद्धा सम्बोधन नभए बन्दुक उठाउन समेत पछि नहट्ने चेतावनी दिएका छन् । चन्दलेतीन दलले मात्र गरेको सहमति मान्य नहुने बताउदै आफुहरूको सहमति बिना देशले निकास नपाउने जिकिर गरे । उनले नयाँ निर्वाचन, संविधानसभा पुर्नस्थापना कुनै पनि औचित्य नरहेको बताउदै सर्वपक्षिय छलफलले मात्रै देशलाई निकास दिने तर्कगरेका छन् । राष्ट्रिय स्वाधिनता र देशलाई बन्धकी राखेर वर्तमान सरकारले इतिहासमै सबैभन्दा ठूलो अपराध गरेको उनको भनाई छ । स्वाधिनता आन्दोलन गर्दा वर्तमान सरकारले कारवाही गर्ने निर्देशन दिनुले प्रधानमन्त्री भट्टराई भारत एजेन्ट भएको पुष्टि हुने उनको टिप्पणी छ । भारतीय गाडी नेपाल चल्न नदिने आफुहरुको आन्दोलनलाई सरकारले दवाउन खोजेको बताउदै प्रधानमन्त्रीलाई आफ्नै गाडीमा भारतीय नम्बर प्लेट राखेर गाडी चलाउन आग्रह गरे ।

तितो सत्य ,04 October 2012


>

जनताको ढाड सेक्दै सरकार र माओवादी




काठमाडौं, असोज १५ । तेह्र हजारभन्दा बढी जनताको रगतलाई सिंहदरबार छिर्ने माध्यम बनाएर सरकारमा पुगेको माओवादीले जनतालाई महँगीको सास्ती त दियो नै अब उपभोग्य सामग्री अभावको सास्ती पनि दिने भएको छ। सँगै जनताको रगतमा होली खेलेकामध्ये एकथरी सरकारमा बसेर महँगीको सास्ती दिइरहेका छन् भने अर्काथरी सडकमा कुर्लिएर उपभोग्य सामग्री अभावको थप पीडा दिँदैछन्। माओवादीको राष्ट्रियताक
ो आन्दोलनले दसैंको मुखमा भारतबाट आयात हुने पेट्रोलियम पदार्थहरूको तत्काल अभाव हुने पक्का देखिएको छ। सामान बोकेर आएका भारतीय नम्बर प्लेटका गाडीले नेपालको सीमा (भन्सार) नाकामा अनलोड गर्नुपर्ने र त्यहाँबाट नेपाली गाडीले बोक्नुपर्ने माग राखेका छन्। तर नेपालमा ग्यास बोक्ने गाडी र ठूला सामान बोक्ने गाडी नभएकाले झन् समस्या भएको छ। नेपालमा दैनिक ३५ देखि४० टन ग्यास आयात हुने गर्छ। केही समयदेखि मुलुककोमागअनुसार ग्यास आउनै सकेको छैन। झन् आउन नदिने निर्णयले व्यापारीलाई फाइदा भएको छ। व्यापारीले अभाव देखाएर कालोबजारी गर्ने निश्चित छ। भारतीय नम्बर प्लेटका गाडी आउन नदिँदा जलविद्युत् आयोजनार ठूला परियोजना प्रत्यक्ष प्रभावित हुने देखिन्छ। भारतलाई आश्रयस्थल बनाएर जनयुद्ध लडेको माओवादी पार्टी भारतमै सहयोगमा सरकारको नेतृत्व गरिरहेको भने रकमको भागबन्डा नमिले पार्टी फुटाएर राष्ट्रवादी शक्तिका रूपमा चिनाउन खोजेकोवैद्य माओवादी समूहले आफूले चलाएका आन्दोलनले भट्टराई सरकारलाई कुनै असर नगरेपछि कांग्रेस एमालेसँग सहकार्य गरेर सरकार विरोधी कार्यक्रम गर्ने निर्णयमा पुगेको छ। तर मोहन वैद्य माओवादीले लिएको भारतीय नम्बर प्लेटका सवारीसाधन तथा विकृतिजन्य हिन्दी सिनेमामा रोक लगाउने निर्णय कांग्रेस, एमालेको विपक्षी दलको मोर्चाको बैठकले सो निर्णयको आपत्तिजनक भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ। सशस्त्र युद्ध सुरु गर्नुअघि संयुक्त जनमोर्चाको हैसियतमा बाबुराम भट्टराईले भारतीय नम्बर प्लेटका सवारी र हिन्दी सिनेमालाई नेपालमा पूर्णत निषेध गर्नुपर्ने माग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेका थिए।देउवाले माग पूरा नगरेको भन्दै युद्धमा गएका भट्टराईले प्रधानमन्त्री भएपछि आफ्नै माग कार्यान्वयनमा नगरे भन्दै वैद्य माओवादी आन्दोलनमा गएको हो।

पहिरोले पुरिएका ६ को शव फेला, २ को सनाखत, ८ अझै बेपत्ता


१५ असोज, इलाम । मेची राजमार्ग अन्र्तगत इलामको कोल्वुङ्ग–एक स्थित चिसापानीमा गएको पहिरोमा बेपत्ता मध्ये ६ जनाको शव फेला परेको छ भने ८ जना अझै बेपत्ता रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार मृतकमध्ये फिक्कलका ४१ वर्षिय सरण प्रधान र दार्जिलिङ सुकियापोखरीका ४० वर्षिय दावा शेर्पाको पहिचान भएको छ । बेपत्ताहरूको खोजीकार्य जारी रहेको प्रहरीले बत

ाएको छ । पहिरोले दुइवटा गाडि पुरेको छभने तीन वटा बगाएको छ । घटनामा एउटा मोटरसाइकल पनि छतविछत भएको अवस्थामा भेटिएकाले वेपत्ता हुनेको सँख्या वढ्न सक्ने प्रहरीले बताएको छ ।
पहिरोमा परि मे १ च २६१९ नम्वरको पिक अपबाट फिक्कल ५ का रवि गुप्ता हराएका छन् । को १ ख १६१३ नम्वरको सवारी साधनवाट १७ वर्षिय सुरज तामाङ्ग वेपत्ता भएका छन् । पहिरोमा परि घाइते भएका मे १ च ११९१ नम्वरको अल्टो सवारीका ३५ वर्षिय सुवास प्रधान, ३५वर्षकै पदम प्रधान र ३० वर्षिय मन्दिरा प्रधान बेपत्ता छन् । त्यस्तै पहिरोकै कारण मे १ ज १२५६ कोसवारी साधनवाट चालक अन्जित यल्मु , छोटेन भुटिया, आरती शेर्पा, छिरिङ्ग केसाङ्ग शेर्पा, विशवराज मुखिया , नाङ्गेल भुटिया र थाङ्गेल भुटिया वेपत्ता छन् । त्यस्तै मे १ च ११९६ नम्वरको सवारी साधन पहिरोमा अड्केको र यात्रुहरुलाई सकुशल उद्धार गरिएको छ ।
अवरुद्ध सडक हटेपछि दिउँसो २ वजेदेखी यातायात सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger