Featured Post Today
print this page
Latest Post
Showing posts with label सिनेमा संसार. Show all posts
Showing posts with label सिनेमा संसार. Show all posts

कान फिल्म फेस्टिबलमा कलगर्लको दबदबा

 विश्वकै सबैभन्दा ठूलो र चर्चित कान फिल्म फेस्टिबलमा विश्वका थुप्रै देशका कलाकारहरु सहभागी हुन्छन् । यो महोत्सवमा विश्वका चर्चित फिल्म देखि बृत्तचित्र प्रदर्शन हुने गरेका छन् । तर यही चर्चित महोत्सवमा यौन पेशा फस्टाउने गरेको रहस्य संचारमाध्यहरुले उजाँगर गरेका छन् । एक चर्चित अनलाइन पत्रिकाका अनुसार यो महोत्सवमा विश्वकै चर्चित कल गर्लहरु यौनधन्दामा सक्रिय हुने गरेका छन् । उक्त अनलाइनका अनुसार कलगर्लका साथमा चर्चित मोडल र अभिनेत्रीहरु पनि यौनपेशामा सक्रिय हुन्छन् ।उनीहरु विश्वका चर्चित सेलिब्रेटी र धनाढ्य व्यक्तीको ओच्छ्याउन तताउन व्यस्त हुने गरेका छन् । उनीहरु एक रातको एक हजार डलर लिने गर्छन् । कलगर्लको सप्लाई गर्ने दलालहरुका अनुसार गतबर्ष पनि यो महोत्सवमा ५० भन्दा ज्याँदा महिलाहरुलाई यौनधन्दामा सक्रिय बनाइएको थियो । एक विदेशी न्यूज च्यानलका अनुसार कान फिल्म फेस्टिबलमा यौन धन्दा गर्ने महिलाहरु एक रातको ४० हजार डलरसम्म कमाउँछन् । कलगर्लहरुका लागि अरब देशका पुरुष पहिलो रोजाइमा पर्छन् । उनीहरु महोत्सवमा सहभागी हुन आउँदा प्रशस्त रकम बोकेर आउछन् । आफ्नो यौन चाहना पुरा गरिदिने कलगर्ललाई उनीहरु प्रशस्त रकम दिन्छन् ।

‘टुल्के’ बनाउनेलाई १ लाख पुरस्कारको घोषणा


सिनेमाको निर्माण अघि नै निर्माताहरु प्रचारको नयाँ नयाँ कार्यशैली अपनाउन थालेका छन् । यसैक्रममा स्म्यासिङ एप्पलले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ को उत्कृष्ट पोष्टर बनाउने व्यक्तिलाइ १ लाख दिने घोषणा गरिएको छ । मोहन डोटेलको निर्माणमा निश्चल बस्नेतले निर्देशन गर्न लागेको यो चलचित्र भदौबाट छायांकनमा जाँदै छ । चलचित्रका लागि कलाकारको छनोट केही दिनमै सुरु हुने निर्माणपक्षले बताएको छ । निर्माता डोटेलले चलचित्रका लागि उत्कृष्ट पोष्टर बनाउनेलाई १ लाख दिने घोषणा गरेको जानकारी अनलाइनखबरलाई गराएका हुन् । पूर्णतया कमेडी कथामा तयार हुन लागेको यो चलचित्रलाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ । स्म्यासिङ एप्पलले यसअघि ‘बधशाला’ निर्माण गरेको थियो ।
स्रोत: अनलाइनखबर

सम्पूर्ण सिने कार्यक्रम Rajatpat*May 8th (More Rajatpat)

सम्पूर्ण सिने कार्यक्रम Rajatpat*May 8th (More Rajatpat)

 

'पोई' पाउने पक्का भएपछि रेखा अमेरिका हान्निदैं


विभिन्न स्टण्ट गरेर चर्चामा रहन सफल नायिका रेखा थापा पलायन हुने भएकी छन । एक पछि अर्को असफलताले च्याप्न थालेपछि रेखाले पलायनको बाटो रोजेकी हुन । ‘जस्ता पाता ताते’झै छोटो समयमा चर्चामा पुगेकी रेखाको करिअर लगातार ओरालो लागेपछि रेखाले पलायनको बाटोरोझेकी हुन । खासगरी पछिल्लो चलचित्र 'हमेसा' फल्प खाएपछि रेखाले चलचित्र बजारमा आफ्नो उपादेयता सकिएको निश्कर्षमा पुगेकी हुन । केही बर्ष अमेरिका गएर पैसा जम्मा गर्न सके उनी नेपाल फर्कीने छिन, नितान्त फरक भूमिकामा । केही बर्षपछि निर्माण गर्नेगरी उनले नयाँ चलचित्रको नाम जुराएकी छन–‘काले केटो ।’ एमाओवादी अध्यक्ष प्रचण्डले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने आश्वासन दिएपनि पद नपाएपछि रेखा विरक्तिएकी हुन । ‘प्रचण्डवाटपनि आश्वासन बाहेक केही भएन, वेकार माओवादीको ट्याग लाग्यो, उनले निकटवर्तीलाइ सुनाउने गरेकी छन ।’ नेपाली सिनेमाकी सदावहार नायीका करिस्मा मानन्धर देखी, सरोज खनाल, जल शाह, रमेश उपे्रती, गौरी मल्ल समेत कुनैवेला अमेरिकामा भासिएका थिए । करिस्मा फर्कीएनि अन्यले नेपाली सिनेमा क्षेत्रमा नाम काटेर नयाँ भूमिका खोज्दैछन। कुनैपनि स्टण्टले कामगर्न छाडेपछि रेखाले एउटा र एउटै मात्र बाटो देखेकी छन, अमेरिका पलायन । सिनेमा बजारमा सुनिए अनुसार रेखाको हुनेवाला दोस्रो पोइ, अमेरिकामा छन । श्रीमतीसंग सम्बन्ध विच्छेद भएका नेपाली व्यापारिले रेखाको नाममा एएटा फ्ल्याट भाडामा लिएको चर्चा पनि सुनिश्छ । पिताको उमेरका छवि ओझासंगको सम्बन्ध टुटेपछि रेखा नयाँ पोइ पाउन भौतारिरहेकी थिइन ।

‘शिरीशको फूल’बिरुद्ध निर्माता अदालतमा


शुक्रबारबाट नेपालभर रिलिज हुने तयारीमा रहेको साहित्यकार पारिजातको उपन्यासमा आधारित चलचित्र ‘शिरिषको फूल’विरुद्ध निर्माताले अदालतको ढोका ढकढकाएका छन । चलचित्रमा लगानी लगानी गरेका जमिन फिल्मसका लगानीकर्ता सुरज मिश्र र उत्तम खत्रीले चलचित्रमा आफ्नो नाम उल्लेख नगरिएको र लगानी पनि डुब्ने अबस्था आएको भन्दै प्रर्दशन रोक्न पुनराबेदन अदालत पाटनमा रिट दायर गरेका छन । फिल्म निर्माण गर्दा आफुहरुले लगानी गरेपनि निर्देशकले पछि अर्कैसँग प्रर्दशनको सम्झौता गरेर लगानी डुबाउन खोजेको उनीहरुको आरोप छ । फिल्म प्रर्दशन रोकेर आफ्नो अधिकार सुनिश्चीत गर्न भन्दै उनीहरुले दायर गरेको रिटमा बिहीवार नै सुनुवाई हुने बताइएको छ । फिल्म बनाइरहेको पारिजात प्रतिष्ठानले फिल्म निर्माण सकिएपछि आफुसँगको सम्झौता भंग गरी कलाकार गणेश लामाको फिल्म क्रियसनलाई प्रर्दशनको जिम्मेवारी दिएको मिश्र र खत्रीले बताए । पारिजात प्रतिष्ठानसँग भएको सम्झौतामा प्रस्तुतकर्तामा जमिन फिल्मस्को तर्फबाट जगत राजथला, निर्मातामा सुरज मिश्र र सहनिर्मातामा उत्तम खत्री उल्लेख गर्ने सहमति भएको खत्रीले बताए । लगानी डुब्ने र नाम पनि नआउने अबस्था आएपछि उनीहरुले जिल्ला प्रशासन, फिल्म निर्माता संघ, चलचित्र संघमा समेत उजुरी दिएका थिए । तर तीनवटै निकायबाट समाधान निस्कन नसकेपछि बाध्य भएर अदालत जानु परेको उनीहरुले बताए ।

 कृतिमाथि अन्याय गरेको आरोप 
कृतिमाथि फिल्म बनाउन अनुमति दिएको पारिजात स्मृति केन्द्र पनि निर्माणपक्षसंग असन्तुष्ट छ । कृतिको मर्म बिग्रनेगरी मनपरी दृष्य राखिएको, कथाको अन्त्य बियोगान्त भएपनि फिल्ममा संयोगान्त बनाइएको, उपन्यासको मर्मविपरित फिल्मलाई धार्मिक प्रकृतिको र रोमान्टिक बनाउन खोजिएको भन्दै स्मृति केन्द्रले फिल्मप्रति आपत्ति जनाएको छ । जापानी निर्देशक तोसिआकी इतोको निर्देशनमा बनेको फिल्म प्रर्दशन नहुंदै थरीथरीका लफडाको सामना गर्नुपरेको छ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger