Featured Post Today
print this page
Latest Post
Showing posts with label साबधान. Show all posts
Showing posts with label साबधान. Show all posts

लोकप्रिय मान्छेको आयू छोटो

 लोकप्रियता हासिल गर्नु जिवनमा सबैभन्दा ठूलो सफलता हो । तर लोकप्रियता हासिल गर्नुका बेफाइदा पनि रहेछन् । यसको सबैभन्दा डरलाग्दो बेफाइदा भनेको लोकप्रियताले मान्छेको आयु घटाउँछ । एक अध्ययनले लोकप्रियता बढ्दै जाँदा मान्छेको आयु घट्दै जाने देखाएको छ । अझ खेलकुद तथा कला क्षेत्रका लोकप्रिय मान्छे अरु क्षेत्रका मान्छेभन्दा छिटै मर्ने गरेको समेत देखिएको छ ।
  अस्टे्रेलियामा गरिएको अध्ययन अनुसार अभिनेता, गायक, संगितकार तथा खेलाडिहरु औषतमा सबैभन्दा कम बाँच्छन् र उनीहरुको आयु औषतमा ७७ वर्षमात्र हुन्छ । यस विषयको अध्ययनको समाचार अन्तराष्ट्रिय जर्नल अफ मेडिसिन क्यू जे एममा छापिएको छ । समाचार अनुसार अभिनेता तथा गायक र खेलाडिको भन्दा लेखकको आयु केही बढि हुन्छ अर्थात् औषतमा ७९ वर्ष हुन्छ भने इतिहासविद र अर्थशास्त्री ८२ वर्षसम्म बाँच्छन् भने सबैभन्दा बढि आयु उद्योगपति र राजनीतिज्ञको हुन्छ । उनीहरु औषतमा ८३ वर्षसम्म बाँच्छन् । क्विन्सल्याण्ड विश्वविद्यालय र न्यु साउथवेल्स विश्वविद्यालयका शोधकर्ताहरुले संयुक्त रुपमा गरेको अध्ययनले कलाकार तथा खेलाडिहरुमा फोक्सोको क्यान्सरको जोखिम अरुमा भन्दा बढि हुन्छ ।

हाकिमको फेसबुके साथी बन्न चाहन्नन् कर्मचारी

 एक नयाँ अध्ययनले अधिकांस मानिस आफु कार्यरत कार्यालयको हाकिमसँग फेसबुकमा साथी बन्न नचाहने तथ्य बाहिर ल्याएको छ । अमेरिकामा गरिएको एक सर्भेक्षण अनुसार कर्मचारीहरु फेसबुकमा आफ्नो बोससँग दूरी कायम गर्न चाहन्छन् अर्थात् फेसबुकमा हाकिमको फ्रेण्ड बन्न चाहन्नन् । सर्भेक्षणले ८१ प्रतिशत मानिस आफ्नो बोससँग फेसबुके साथी बन्न नचाहने गरेको देखायो ।
  सोडा हेड र युटेल फाउण्डेसन नामक वेबसाइटले गराएको सर्भेक्षणका क्रममा सयमा ८१ जना मानिसले आफुले आफ्नो फेसबुकमा आफ्नो हाकिमलाई ‘एड’ नगर्ने बताए । सर्भेक्षण २५ देखि ३४ वर्ष उमेर समूहका ७२२ जना मानिसमा गरिएको थियो । तर हाकिमलाई एकचोटी फेसबुके साथी बनाइसकेपछि भने उनीहरु कसैले पनि फ्रेण्ड लिस्टबाट हटाउन चाहँदैनन् । 

 सर्भेक्षणले अर्को रोचक तथ्य के पनि पत्ता लगाएको छ भने अधिकांस हाकिमहरु आफु मातहतका कर्मचारीसँग फेसबुकमा साथी बन्न चाहन्छन् । सर्भेक्षणले ५५ प्रतिशत हाकिमहरु आफ्ना सहयोगी कर्मचारीसँग फेसबुके साथी बन्न चाहने र ४५ प्रतिशतले भने आफु मातहतका कर्मचारीसँग फेसबुकमा जोडिन नचाहने गरेको देखाएको छ ।

महिलालाई बलात्कारबाट बचाउने कण्डम वितरण

दक्षिण अफ्रीकामा फुटबल प्रतियोगिताका क्रममा एक जना डाक्टर भने महिलाहरुका लागि ३० हजार एन्टी रेप कण्डम फ्रीमा वितरण गरिरहेकी छन् ।महिलाहरुका लागि विशेषरुपमा तयार गरिएको यो कण्डमको नाम रेपएक्स राखिएको छ । रेपएक्समा स-साना हुक्स लागेको छ, जुन रेपको अवस्थामा रेपिस्टको अंगमा फस्नेछ । कण्डम बनाउन डाक्टर सोनेट एहलर्सका अनुसार एक पटक रेपिस्टको अंकमा फसेपटि यो कण्डम सिर्फ अस्पतालमा गएर मात्र निकाल्न सकिन्छ ।

 अस्पताल पुगेपछि रेप गर्ने व्यक्तिलाई सहजै चिन्न सकिन्छ । रेपएक्स यसअघि रेप निरोधक कण्डमभन्दा फरक छ । यसले रेपिस्टको छाला काट्दैन जसबाट एचआइभी फैलने जोखिमसमेत कम छ । डा। एलहर्सका अनुसार उनलाई यो कण्डम बनाउने प्रेरणा बलात्कार पीडित एक महिलाबाट प्राप्त भएको हो । उनका भनिन्, धन्न उनको अंगमा दाँत हुन्थ्यो र रेपिस्टलाई टोक्न सक्थिन् । एलहर्स भन्छिन्, महिलाहरुलाई बलात्कारबाट बचाउने यो कण्डम अफ्रीकामा निकै उपयोगी प्रमाणित हुनेछ। अफ्रीकामा महिलाविरुछ सेक्स अपराधको दर निकै बढी छ । दक्षिण अफ्रीकाको मेडिकल काउन्सिलद्वारा गराइएको एउटा सर्वेमा हरेक चारमध्ये एक महिलाले स्वयमलाई बलात्कार पीडित भएको बताएका थिए । रेपएक्सको निकै आलोचना पनि भइरहेको छ। महिला अधिकारका लागि संघर्ष गरिरहेको एउटा एनजीओका सदस्यका अनुसार यो कण्डमले बलात्कारबाट बचाउंदैन। उनले चेतावनी दिए, हुनसक्छ यो कण्डम बलात्कारीलाई अरु बढी हिंसक बनाउनेछ। यही केही मानिसका अनुसार केही महिला यो कण्डमको प्रयोग निर्दोष मानिसविरुद्ध पनि गर्न सक्दछन् । 
पुरा भिडियो हेर्नुस ..

महिला पुरूषसँग किन रिसाउँछन्..

दाम्पत्य जीवन सुखी राख्नका लागी महिला र पुरूषबिच समझदारी हुन जरूरी हुन्छ । दुवैलाई एक-अर्कामा विश्वास प्रेम, सहयोगको भावना हुनु आवश्यक हुन्छ । साथै एक-अर्काको भावना बुझेर अगाडि बढ्न सके कुनै पनि महिला र पुरूषको जीवन सुखमय हुन सक्छ । महिला र पुरूषको केही आनीबानीले गर्दा दम्पत्य जीवनमा असर पर्न सक्छ । पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ?ने र परिवारमा तनावको स्थिति आउने र दुईबीचको सम्बन्ध राम्रो नहुने समस्या पनि आउने गर्छ । महिलालाई पुरूषका केहि व्यवहारले निकै रिस उठाउँछ । ती व्यवहार के के हुन् त...
१. महिलाले आफूसँग रहँदा आफ्नो साथी आफूसँग मात्र भुलोस् भन्ने चाहना राख्छिन् त्यसैले सँगै रहँदा पुरूषले फोनबाट अरूलाई सन्देश पठाउने फोन गर्ने तथा अन्य अफिसका काम गर्ने गरे महिलालाई रिस उठ्छ । 

 २. महिलाले आफ्नो साथीलाई केही सोध्दा वास्ता नगर्ने वा त्यसतिर ध्यान नदिने तथा मलाई थाहा छैन भन्ने गरेमा पनि महिला रिसाउने गर्छन् । उनीहरुले पुरूषसँग केही सल्लाह लिन खोज्दा मलाई मतलब छैन जे सुकै गर भन्ने जवाफ आएमा महिलालाई थप तनाव पिडा र रिस उठ्छ । 

 ३. दिनभरी काम गरेर घर फर्केपछी पुरूषहरू प्राय चुप लागेर बस्ने गर्छन् तर यो बानी महिलालाई फिटिक्कै मन पर्दैन । उनीहरू घर फर्केपछी कुरा गरून् आफूसँग बसोस् भन्ने चाहना राख्ने हुँदा त्यसो नगर्दा उनीहरुलाई रिस उठ्नु स्वभविक हो ।

 ४. कतै जानु परे या खाना खान बाहिर निस्किनु पर्ने भएमा पुरूषहरू चाडै तयार हुन्छन् तर महिलालाई तयार हुन थोरै समय बढी लाग्ने गर्छ । यस्तो अवस्थामा पुरूषहरूले महिलालाई चाडो गर भनेर बारम्बार भनिरहँदा पनि महिलालाई रिस उठ्छ । यस्ता सामान्य कुराले पनि परिवारमा तथा दाम्पत्य जीवनमा समस्या आउन सक्छ । यी सानातिना कुरालाई विचार गर्न सके दाम्पत्य जीवन सुखमय हुन सक्छ । महिलाले रिसाउने आफ्ना बानी हटाउन प्रयास गर्ने र महिलाले पनि पुरूषको यी बानीलाई सहजतापूर्वक लिन सके दुईबीच समस्या आउँदैन ।

जँड्याहाले बढि चलाउँछन् फेसबुक, गाँजाखानेले कम

 मध्यपान गर्ने तथा सधै निरासाजनक मानसिकतामा रहने मानिसहरु फेसबुकसँग संवेगात्मक रुपमा जोडिने गरेका र त्यस्ता मानिसहरुले बढि फेसबुक चलाउने एक अध्ययनले देखाएको छ । अमेरिकाको युनिभर्सिटी अफ मिसौरीस्थित पत्रकारिता संकायबाट विद्यावारिधि गरिरहेका रसेल क्लेटनले यस्तो निष्कर्ष निकालेका हुन् । उनका अनुसार गाँजाखाने मानिसहरुले भने कम फेसबुक चलाउँछन् । 

फेसबुकमा एक अर्ब प्रयोगकर्ता के कारणले झुण्डिरहेका छन् भन्ने कुराको खोजीगर्ने क्रममा रसेलले यस्तो अध्ययन गरेका हुन् । त्यसक्रममा उनले २२५ जना विद्यार्थीमा अध्ययन गरे । उनले विद्यार्थीको एक्लोपना, निरास हुने प्रवृत्ति, रक्सी खाने तथा गाँजाखाने बानीका बारेमा अध्ययन गरेका थिए । अध्ययनका क्रममा के पाइयो भने बढि रक्सी खाने र निरास रहने मान्छेहरु फेसबुकप्रति मनोवैज्ञानिक रुपमा बढि आबद्ध रहेका र फेसबुक बढि नै चलाउने गरेका पाइयो । तनाव भगाउन तथा एक्लोपन हटाउन र रमाइलो कायम गर्नका लागि अरु साथीसँग सम्बन्ध विस्तार गर्ने प्लाटर्फमका रुपमा उनीहरुले फेसबुकलाई प्रयोग गर्ने गरेको निष्कर्ष शोधकर्ताको रहेकेा छ ।

 खासगरी रक्सी सेवन सामाजिक रुपमापनि स्विकार्य भएकेा र पछिल्लो समय कलेजका विद्यार्थीबीच फेसनकै रुपमा स्थापितभएको हुँदा साथीसँगीले मदिरापान गरेका तस्वीर फेसबुकमा पोष्ट गरेमा त्यसलाई चाख मानेर हेर्ने र आफुले पनित्यस्तै गरी फेसबुकमा तस्वीर र स्टाटस पोष्ट गर्ने बानी धेरै युवायुवतीहरुमा हुन्छ । तर गाँजाखानु सामाजिक रुपमा अस्विकार्य हुने भएकाले उनीहरु फेसबुक मार्फत आफ्नो गाँजाखाने बानी सार्वजनिक गर्न सक्दैनन् ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger