लोकप्रियता हासिल गर्नु जिवनमा सबैभन्दा ठूलो सफलता हो । तर लोकप्रियता हासिल गर्नुका बेफाइदा पनि रहेछन् । यसको सबैभन्दा डरलाग्दो बेफाइदा भनेको लोकप्रियताले मान्छेको आयु घटाउँछ । एक अध्ययनले लोकप्रियता बढ्दै जाँदा मान्छेको आयु घट्दै जाने देखाएको छ । अझ खेलकुद तथा कला क्षेत्रका लोकप्रिय मान्छे अरु क्षेत्रका मान्छेभन्दा छिटै मर्ने गरेको समेत देखिएको छ ।
अस्टे्रेलियामा गरिएको अध्ययन अनुसार अभिनेता, गायक, संगितकार तथा खेलाडिहरु औषतमा सबैभन्दा कम बाँच्छन् र उनीहरुको आयु औषतमा ७७ वर्षमात्र हुन्छ । यस विषयको अध्ययनको समाचार अन्तराष्ट्रिय जर्नल अफ मेडिसिन क्यू जे एममा छापिएको छ ।
समाचार अनुसार अभिनेता तथा गायक र खेलाडिको भन्दा लेखकको आयु केही बढि हुन्छ अर्थात् औषतमा ७९ वर्ष हुन्छ भने इतिहासविद र अर्थशास्त्री ८२ वर्षसम्म बाँच्छन् भने सबैभन्दा बढि आयु उद्योगपति र राजनीतिज्ञको हुन्छ । उनीहरु औषतमा ८३ वर्षसम्म बाँच्छन् ।
क्विन्सल्याण्ड विश्वविद्यालय र न्यु साउथवेल्स विश्वविद्यालयका शोधकर्ताहरुले संयुक्त रुपमा गरेको अध्ययनले कलाकार तथा खेलाडिहरुमा फोक्सोको क्यान्सरको जोखिम अरुमा भन्दा बढि हुन्छ ।
|