Featured Post Today
print this page
Latest Post
Showing posts with label विश्व खबर. Show all posts
Showing posts with label विश्व खबर. Show all posts

१४ औ रानी बन्ने अवसर छाडेर २२ वर्षीय युवती फरार


६ जेठ, लण्डन । दक्षिण अमेरिकी देश स्वाजील्याण्डका राजा मस्वातीको १४ औ रानी बन्न अस्विकार गर्दै एक युवती देश नै छाडेर भागेकी छिन् । २२ वर्षिय युवती तिनत्सवालो नगोबेनले रानी बन्ने अवसर छाडेर बेलायत भागेकी छिन् । राजा मस्वातीको १४ औ रानी बन्न अस्विकार गर्दै उनी बेलायत भागेकी हुन् । मस्वातीका अहिले पनि १३ रानी दरबारमा नै छन् भने उनका २७ सन्तान भइसकेका छन् र १४ औ रानीको रूपमा नगोबेनलाई राजदरबारमा भित्राउन चाहन्थे । तर, उनले यस प्रस्तावलाई अस्विकार गरेकी थिइन् । राजाले जबरजस्ति विबाह गर्ने डरले उनी भागेर बेलायत पुगेकी हुन् । उनी अहिले बेलायतको शरणमा बेलायतमा बसिरहेकी छिन् ।

 स्वाजिल्याण्डका राजालाई हरेक वर्ष आफ्नो लागी नयाँ रानी छान्ने अधिकार छ । यहि अधिकारको प्रयोग गर्दै ४५ वर्षीय मस्वातीले नगोबेनलाई छानेका थिए । नगोबेनलाई मस्वातीले उनकै चौथो पत्नीको दरबारमा देखेका थिए । नगोबेनलाई देखेपछी राजाले उनलाई विबाह गर्ने सोच बनाएको थाहा पाएपछी उनी आत्तिएकी थिइन् । नगोबेनलाई देखेपछी राजाले उनलाई सताउन थाले अर्थात् उनलाई विभिन्न बहानामा भेट्न खोज्ने र अनेक किसिमले दु:ख दिइरहन थालेका थिए । नगोबेन त्यहाँ एक बोर्डिङ स्कुल पढाउने पनि गर्थिन् । उनलाई राजाले त्यही आएर पनि जबरजस्ति पत्नी बन्न दवाव दिने गर्न थालेका थिए । पछी उनले बोर्डिङ पनि छाडिदिइन् र उनी बेलायतको शरणमा पुगिन् ।

उत्तर कोरियाली शासक किमको अवैध सन्तान भएको खुलासा


 २ जेठ, एजेन्सी । पछिल्लो समयमा निकै चर्चामा रहेका उत्तर कोरियाली शासक किम जोङ उन दक्षिण कोरिया र अमेरिकाको विवादका कारण नभइ अवैध सन्तानका लागि चर्चामा आएका छन् । उत्तर कोरियाली शासक उनको ३ वर्षिय अवैध सन्तान रहेको बताइएको छ । उनको अवैध छोरी सन् २०१० मा जन्मिएको आशंका गरिएको छ । सन् २००९ मा रि सोल जुसँग उनले विवाह गरेको बताइएको छ । सोल जुले कोरियामा नै भएको एक कार्यक्रममा अभीनय समेत गरेको बताइएको छ र सोही वर्ष उनले उनको सन्तानलाई जन्म पनि दिएकी थिइन् । रिपोर्टहरूमा बताइए अनुसार उनको सन्तान छोरा हो या छोरी भन्ने विषयमा कुनै प्रष्ट प्रमाण हात नपरिसकेको बताइएको छ । किमले सन् २००९ मा रि सोल जुसँग विवाह गरेको र उनैबाट उक्त सन्तान जन्मिएको बताइएको छ ।

संजय दत्त साँढे ३ वर्ष सजाय काट्न भोलि जेल जाने भिडियो खबर

 बलिउडका चर्चित अभिनेता संजय दत्त साँढे तीन वर्षको सजाय काट्न भोलि जेल जाने भएका छन् । संजय दत्तका वकिलका अनुसार संजयले भोलि मुम्बईको टाडा विशेष अदालत समक्ष आत्मसमर्पण गर्ने बीबीसीले जनाएको छ । हिजो मात्र भारतको सर्वोच्च अदालतले आत्मसर्पणका लागि थप समय दिन उनले गरेको अपील खारेज गरेको थियो । यसपछि संजय दत्तले पूणेको येरवडा जेलमा आत्मसपर्णका लागि टाडा अदालतमा अपील गरेका थिए ।

 सन् १९९३ को मुम्बई बम विष्फोट सम्बन्धी मामिलामा दोषी पाइएका संजय दत्तले मंगलवार टाडा अदालतमा आफूमाथि चरमपन्थी संगठनहरुबाट ज्यानको खतरा रहेकाले विशेष अदालतमा नभइ येरवडा जेलमा आत्मसर्पण गर्न अनुमति मागेका थिए । तर, आज उनले उक्त अपील फिर्ता लिएको बताइएको छ । हेर्नुस भिडियो खबर

 

कति पिडा हुने रहेछ आफ्नो देशको सिमा मिच्दा हेर्नुस भिडियो

 दिनहु नेपाली सिमा मिचिरहेको भारतले  अहिले चीनले भारतको सिमा नै पार गरि बसेको छ ! चिनले भारतको सिमा अतिक्रमण गर्दैछ भन्ने यो खबरले भारतीय सत्ता डगमगाउन थालेको छ,अब थाहा हुन्छ आफ्नो सिमा मिचिंदा कति दुख लाग्दो रहेछ | थाहा भयो भारतलाइ ! अनि हाम्रो नेपाल सिमा सयौ ठाउमा मिच्दा हामी नेपालीलाई कस्तो भएको रहेछ ? भारतलाई हामी नेपाली को प्रश्न कि हाम्रो सिमाना मिच्न हुने उसको नहुने यस्तो पनि हुन्छ ? हेर्नुस भिडियो कसरि मिचेको छ चीनले भारतीय सिमा ....

 

आफु भन्दा हिरोइन अग्ला हुँदा साहरुखलाई टेन्सन


बलिउड नायक साहरुख खान २२ बर्षदेखि यो क्षेत्रमा एक छत्र राज गरिरहेका छन् । यसैले पनि उनले पुराना देखि नयाँ सबै नायिकासँग काम गरेका छन् । तर उनलाई सधैभरी नै एउटा तनावले भने छोड्दो रहेनछ । युवतीका पि्रय नायक खान भन्छन्, ‘अधिकांश नायिका म भन्दा अग्ला छन्, यसैले कहिलेकाही जोडी नसुहाएको जस्तो लाग्छ ।’ साहरुखले नायिका दीपिका पादुकोणको नाम ‘चेन्नाई एक्सप्रेस’ मा आफ्नो नाम भन्दा अघि राख्नुको कारण खुलाउँदै रमाइलो पारामा भने, ‘दीपिका म भन्दा अग्ली छिन्, यसैले उनको नाम पनि अघि आउँछ ।’ ‘चेन्नाई एक्सप्रेस’ को छायांकनको क्रममा केरलामा रहेका खानले भने, ‘राजनीति निक्कै राम्रो क्षेत्र हो ।’ उनले विभिन्न कारणले गर्दा आफु राजनीतिमा आउन नसकेको बताउदै भने, ‘यो क्षेत्र मा आउने जो कोही पनि आफैमा शिक्षित हुन जरुरी छ ।’ साहरुखले आफुलाई अभिनय नै सुहाउने भएकाले राजनीतिमा नआएको समेत खुलाएका छन् ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger