Featured Post Today
print this page
Latest Post
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

मेरो गाऊको बेदना...

गाऊ छोडी शहर पसियो मनमा रहर बोकेर
यिनै रहर बनेको छ आज मृत्युको जहर l

गाउबेशी गर्दै हिड्थे शिरको टोपीले पसिना पुश्दै
तैपनि खुसि थिए भित्रिमन रोए पनि हिड्थे बाहिर हास्दै l

मेलापातमा दिदीबहिनीले गाएको आउछ अझै झाजल्को
तर आज एक्लो भए कसलाई पोखु बेदना यो मनको l

हिजो राम र सीताका परिबारले पनि गाउ छाडे रित्तीदै छ अब गाऊ
मेटाउदै छौ किन हामि आफै बाजेबराज्युका पौरखी अनि उनीहरुका नाऊ l

परिवारले भन्छन गाऊ छाडौ तर मैले कसरि छाडू पुर्खाहरुको यी माटोलाई
सम्पत्तिको सपना त्यागी बरु बनाएको छु साथि सिस्नु र आटोलाई l

छिमेकीका साथीहरु सहर गइ धन कमाएर ल्याए
तर कतिले आफ्नो अंग गुमाए अनि कति रोगि बनेर आए l

गाउमै बसी खोले र आटो खादा म कति खुसि हुन्थे
तर केहि दिन गाउबाट अलग हुदा गहबाट आसु झार्थे l

काँधमा हलो बोकी अनि गोरु धपाउदै झर्थे म बेशीको ओरालो
अनि मेरी मायालु भेट हुन्थिन जादा खेरि बाटोमा गाइ गोठालो l
By: Kedar Adhikari


Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger