जन्मदिनमा रोहितलाई साहरुखको सप्राइज गिफ्ट

नायक साहरुख खान र निर्देशक रोहित सेट्टीको दोस्ती हिजोआज निक्कै नजिकिएको छ । रोहितले निर्देशन गरिरहेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’ मा साहरुख खान र दीपिका पादुकोणले अभिनय गरेका छन् ।निर्देशक रोहित सेट्टीले हालै आफ्नो जन्मदिन मनाएका छन् । रोहितको जन्मदिनमा साहरुख खानले उनलाई सप्राइज गिफ्ट दिएका छन् । साहरुखले रोहितलाई हार्डी बाइक दिएको बताइएको छ । रोहित यो बाइकको फ्यान हुन् ।

 जन्मदिनको अवसरमा चलचित्रका सम्पुर्ण सदस्यहरु सहभागी थिए । साहरुखसँग रोहितले ‘चेन्नाई एक्सप्रेस’ पछि अन्य २ सिनेमामा काम गर्ने तयारी गरेका छन् । बलिउडमा साहरुखसँग निर्देशक करण जोहर र फराहा खान निक्कै नजिक मानिन्छन् । अब यो सूचिमा रोहित सेट्टीको नाम पनि सामेल भएको छ । साहरुखले यसअघि निर्देशक फराहा खान र नायक अर्जुन रामपालको जन्मदिनमा महङ्गो गाडी उपहार दिएका थिए । यस्तै उनले नायिका पि्रयंका चोपडाको जन्मदिनमा गिटार उपहार दिएका थिए ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger