स्वास्थ्य मानव जीवनका लागि सबै
भन्दा ठुलो सम्पती हो ।
आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर
बिग्रिएको स्वास्थ्य सुधार्न मानिस
सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर
पनि एकपटक
	
बिग्रिसकेको स्वास्थ्य पुर्ववत
अवश्थामा आउँने सम्भावना कमै रहन्छ ।
यदि दैनिक जीवनमा थोरै मात्र ध्यान
दिन सके स्वास्थ्य निकै सबल बन्न
सक्छ । यसका लागि त्यती धेरै समय
तथा खर्च पनि गरिरहनु पर्दैन ।
 हाम्रै
भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको प्रयोगबाट
पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ
। यसको राम्रो उदाहरण हो,
टमाटरको प्रयोग । टमाटर मानव
शरिरका लागि कति आवश्यक छ,
जानकार बनौं ।
हामीले सबै ताजा फलफुल
तथा सागपातलाई पौष्टिक
तत्वका रुपमा मात्र बुझ्ने गरियो भने
गलत हुन जान्छ । कतिपय फलफुल
तथा सागपातहरुले रोग निवारक
औषधीका रुपमा पनि काम गर्ने गर्छन् ।
यस्तै फलफुलको वर्गमा पर्छ, टमाटर ।
वास्तवमा, पकाएको टमाटर काँचो टमाटर
भन्दा बढि फाईदाजनक हुन्छ । तर
सम्झनु पर्ने कुरा यो हो कि टमाटरलाई
जुनसुकै तरिकाले खाए
पनि यसको विशेषता कायमै रहने गर्छ
। खाद्य विज्ञानका वैज्ञानिकहरुले
टमाटरको नियमित सेवनले सबै
किसिमका क्यान्सरहरु
तथा मुटुका रोगहरुको सम्भावना घटाउँने
तथा कतिपय अवश्थामा निदान गर्ने
तथ्य पत्ता लगाएका छन् ।
यसको नियमित प्रयोगले
छालामा चमक ल्याउँनुका साथै
प्राकृतिक चमक दिन्छ ।
वैज्ञानिकहरुले पत्ता लगाए अनुसार
ताजा राता फलफुलहरु लाइकोपिन
( lycopene ) को मुख्य स्रोतहरु हुन् ।
लाइकोपिनले
एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ
। यसको आपुर्ति कार्यमा अरु
फलफुलको भन्दा पृथक विशेषता हुन्छ
टमाटरमा ।
 अरु
राता फलफुलमा जस्तो टमाटर पाके
पछि पनि यसमा लाइकोपिनको मात्रामा कमि आउँदैन
। वैज्ञानिकहरुले बताए अनुसार
लाइकोपिनले मानव
शरिरमा संरक्षणात्मक प्रणालीमा काम
गर्छ । यसको मुख्य कार्य जलनबाट
बचाउँने तथा रगत जम्न नदिने हो ।
यसको अत्तिरिक्त टमाटरले मानव
हड्डिमा पनि बिशेष रेखदेख पुर्याउँछ
।
टमाटर तथा टमाटरजन्य पदार्थहरु
मानिसमा फलफुलबाट आपुर्ति हुने
पदार्थ प्राप्त गर्न
विकल्पका रुपमा काम गर्न सक्छ ।
जसले मानिसहरुमा सन्तुलित
खानाको आपुर्तिमा त सहयोग गर्छ नै
यसका कारण मानव स्वास्थ्य
पनि राम्रो बन्छ । टमाटर हुने
पौष्टिक तत्वहरुको बारेमा तल
तस्विरमा हेर्नुहोस्
स्रोत : whfoods
टमाटरको इतिहास
टमाटरहरु मुख्यतया इटालियन खाना र
अहिले सबैजसो ठाउँमा प्रयोग हुने भए
पनि यसको प्रयोग दक्षिण
अमेरिकाको पश्चिमी क्षेत्रको गालापागोस
टापुबाट सुरु भएको मानिन्छ ।
सर्वप्रथम साना आकारका टमाटरहरु
प्रयोगमा ल्याईएको थियो ।
 वास्तवमा टमाटर दक्षिण
अमेरिकामा भने रोपीएको थिएन ।
म्याक्सिकोबाट यसलाई
त्यहाँ पुर्याइएको थियो । यसलाई
मेक्सिकनहरु बोटबाट सिधै खाने
गर्दथे । कोलम्बसले
अमेरिका पत्ता लगाए
पछि मेक्सिको आएका स्पेनिस
यात्रीहरुले टमाटरको खानामा प्रयोग
पत्ता लगाएका हुन् । त्यस
पछि यसको प्रचलन बिस्तारै युरोप
भरि नै फैलिदै गयो ।
सुरुमा युरोपमा यसलाई बिषालु
बिरुवा मानेर यस्को प्रयोग गरिएन ।
अहिले पनि कतिपय
युरोपेली समुदायमा यसको पातमा अल्कालोइड्स
नामक बिषालु हुन्छ भनेर यसलाई
घरमा रोप्ने गर्दैनन् । तर
पछि बिस्तारै टमाटरले विश्व
भरी चर्चा,प्रयोग र व्यापकता पाउँदै
गयो । आज संसार भरि नै प्रयोग हुने
टमाटरका मुख्य उत्पादक मुलुकहरु
अमेरिका, रुस, इटाली, स्पेन, चिन र
टर्की हुन् ।
राम्रो टमाटर कसरी छान्ने र संग्रह
गर्ने ?
एकदम गाढा रङ भएको टमाटरलाई
खानका लागि उत्तम मानिन्छ ।
खानका लागि स्वादिलो मात्र नभएर
गाढा रङका टमाटरहरुमा पौष्टिकता पनि बढि पाईन्छ
। टमाटर चिल्लो तथा आकार
मिलेको र चिरिएको तथा फुस्रो हुनु
हुदैन ।
 सकेसम्म प्रारागांरिक
रुपमा उत्पादन भएको टमाटर
स्वास्थ्यका लागि फाईदाजनक हुन्छ ।
टमाटरलाई संग्रह गर्दा सामान्य
तापक्रममा सुर्यको प्रत्यक्ष किरण
नपुग्ने ठाउँमा राख्नु पर्छ । यसो गर्न
सके यसलाई लामो समय सुरक्षित
राख्न सकिन्छ ।
यदि तपाई टमाटरलाई फ्रिजमा राख्ने
गर्नु हुन्छ भने यसको प्रयोग गर्नु
भन्दा आधा घण्टा पहिले बाहिर
निकाल्नुहोस् । यसले
टमाटरको प्राकृतिक अवश्था फर्किन
मद्दत गर्छ ।
टमाटर सजिलै उपलब्ध हुने गर्छ । यसैले
टमाटरको प्रयोग बढाएर मानव
स्वास्थ्यमा सकारात्मक असर पुर्याउँन
सकिन्छ भने किन यसको नियमित
प्रयोग नगर्ने ?
|  | 
 

 
 
			 
			 
 
			 
			 

 
 
 
 
 
 
 
 
 
