फोर्ब्सँग सम्बन्ध तोडे साउदी राजकुमारले, हेपेको आरोप

पहिलोपटक नेपालका बिनोद चौधरीलाई बिश्वका अर्बपतिहरुको सूचीमा राख्ने फोर्ब्सपत्रिकाको चर्चा अहिले नेपालमा चुलिएको छ । तर लामो समयदेखि त्यही सूचीमा पर्दै आएका साउदी बिजनेस टाइकुन तथा राजकुमार अलवालिद बिन तलाल भने पत्रिकाले आफुलाई हेपेको भन्दै रिसाएका छन् । पत्रिकाले पछिल्लोपटक प्रकाशन गरेको सूचीमा आफ्नो सम्पत्तिको वैज्ञानिक तरिकाले मूल्याङकन नगरिएको, नियोजितरुपमा आफुमाथि भेदभाव गरेको, मूल्याङ्कन बिधिमा अस्थीरता देखिएको र आफ्नो छवि तथा सम्पत्तिलाई अबमूल्यन गरिएको तलालले आरोप लगाएका छन । सन् २०१३ का अर्बपतिको सूचीमा तलाल २६ औं स्थानमा छन भने उनको सम्पत्ति २० अर्ब अमेरिकी डलर रहेको बताइएको छ । उनले पत्रिकाका प्रधान सम्पादक स्टीभ फोर्ब्सलाई एक पत्र लेख्दै सूचीबाट आफ्नो नाम हटाउन आग्रह गर्दै बिगतदेखि पत्रिकासँग रहिआएको सम्बन्ध पनि तोडेको घोषणा गरेका छन ।
 उनले अबदेखि पत्रिकाका मूल्याङ्कनकर्ताहरुसँग काम नगर्ने र सहयोग नगर्ने उल्लेख गरेका छन । ‘राजकुमारको कार्यालय र उनको कम्पनी ‘किङडम होल्डिङ्स इन्भेष्टमेन्ट ग्रुपले पत्रिकासँगको लामो सम्बन्ध तोडेका छन’ उनको कम्पनीले निकालेको बिज्ञप्तिमा भनिएको छ । ‘राजकुमार अब यो प्रकृयामा सहभागी हुनुहुन्न, पत्रिकाले गलत तथ्याङ्कको प्रयोग र नियोजित रुपमा मध्यपूर्वका लगानीकर्तालाई हानी पुर्‍याउने हिसावले काम भएका कारण यस्तो अबस्था आएको हो’ बिज्ञप्तिमा भनिएको छ । उनको कम्पनीले ब्लुमबर्गको अर्वपतिहरुको सूचीकरणलाई भने निरन्तर सहयोग गर्ने र सहभागीता जारी राख्ने बताएको छ । ब्लुमबर्गको मूल्याङ्कन बिधि बढि तथ्यमा आधारित रहेको उनले बताएका छन् । फोर्ब्सले राजकुमारको सम्पत्ति २० अर्ब अमेरिकी डलर रहेको उल्लेख गरेको छ भने ब्लुमबर्गले २८ अर्ब रहेको बताएको छ । किङडम होल्डिङमा तलालको ९५ प्रतिशत सेयर छ । बिश्वका ठूला बहुराष्ट्रिय वैंक, बित्तिय संस्था, होटल र संचारमाध्यममा लगानी गरेका तलालले सन् २०११ मा सामाजिक संजाल ट्वीटरमा ३ सय मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका थिए ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger