
विश्वका ३७ देशका ३० हजार मानिसमा गरिएको अध्ययनले यी देशमध्ये भारतीयहरुको सम्भोग सबैभन्दा छोटो हुने देखिएको हो ।
सर्भेक्षण अनुसार सेक्सका बेला कण्डम प्रयोगको सन्दर्भमा भने भारतीयहरु निकै अगाडि छन् । ७१ प्रतिशत दम्पतीले सम्भोगका बेला कण्डम प्रयोग गर्ने गरेका छ । कण्डम प्रयोगको सबालमा चिनीयाहरु पहिलो स्थानमा छन् । सयमा ७७ चिनिया दम्पतीले सेक्सका बेला कण्डम प्रयोग गर्छन् । ७३ प्रतिशतका साथ हंगकंगका दम्पतीहरु दोश्रो स्थानमा छन् ।
यस्तै पाकक्रिडामा भारतीयहरु पाँचौ स्थानमा छन् । सम्भोग पहिलेको पाकक्रिडामा भारतीय दम्पतीहरुले औषतमा १९ मिनेट बिताउँछन् ।
यस्तै सबैभन्दा बढि सेक्स गर्नेमा कोलम्बियालीहरु पहिलो स्थानमा छन् । ८९ प्रतिशत कोलम्बियालीले हप्तामा कम्तीमा एक पटक सेक्स गर्छन् । बढि सेक्स गर्ने सबालमा इण्डोनेसियाली र रसियनहरु संयुक्त रुपमा दोश्रो स्थानमा छन् ।
यस्तै सम्भोगका बेला चरम आनन्द प्राप्त गर्ने सबालमा भने हंगेरीयनहरु पहिलो स्थानमा छन् । गि्रकहरु दोश्रो र स्पेनी दम्पतीहरु तेश्रो स्थानमा रहेका छन् ।
|