बालकृष्ण ढुंगेल प्रकरणः वालुवाटारमा माओवादीको हस्तक्षेप भिडियो खबर

 काठमाडौं, चैत ४ । सर्वश्वसहित जन्मकैद सुनाइएका ओखलढुंगाका पूर्वसभासद बालकृष्ण ढुंगेललाई कारबाहीको मागगर्दै ‘अकुपाई बालुवाटार’मा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि वाईसिएलले हस्तक्षेप गरेको छ । एमाओवादीका नेता समेत रहेका ढुंगेललाई कारबाहीको मागगर्दै आज बालुवाटारमा धर्ना दिन पुगेका पीडित र अभियन्ताहरुमाथि वाईसियलका कार्यकर्ताले हस्तक्षेप गरेका हुन् । वाईसिएलका कार्यकर्ताले बालकृष्ण ढुंगेल विरुद्ध लेखिएको पोस्टर, ब्यानर र तुल समेत च्यातिदिएको जनाइएको छ । वाईसिएलले अभियन्ताहरुमाथि हस्तक्षेप गरेपछि आज केहीबेरमा अभियन्ताहरुले विरोध र्‍याली निकाल्ने तयारी गरेको जनाइएको छ । भिडियो हेर्न तल क्लिक गर्नुस्..

 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger