उल्का पिण्डको त्रास

रुसको साइबेरिया क्षेत्रमा उल्का पिन्ड खसेको समाचार थाहा पाएकै छौ होला । समाचारमा आएअनुसार युराल युराल पर्वतको इलाकाको आकासमा उल्का विस्फोट भएको थियो । त्यतिबेला आकासबाट आगोको मुस्लो झरेको थियो । र विस्फोटको ठूलो आवाज सुनिएको थियो । त्यसले करिव पाच हजार भवनको सिसा टुक्रेको छ । र, १२ सय व्यक्ति घाइते भएका छन् । यो उल्कापिन्डको तौल दश टन थियो । यसको अधिकांश भाग आकाश मै डढेको थियो ।
 फागुन चार गते रुसमा भएको यो घटनाले धेरै ठूलो क्षति भने गरेन । तर त्यसको केहि समय पछि पृथ्वीमा अर्को ठूलो घटना घट्न सक्थ्यो । तर संयोगले त्यस्तो हुन पाएन । फुटवल मैदानको करिव आधा भाग जत्रो एउटा क्षुद्र ग्रह (एस्ट्रोराइड) पृथ्वीको धेरै नजिकवाट पार भएर गयो । यदि यो पृथ्वीसंग ठोकिएको भए ठूलो विनास निम्तिने थियो । अमेरिकाको नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन -नाशा)को नियर अर्थ अव्जेक्ट प्रोग्रामको तथ्यपत्र अनुसार यो क्षुद्र ग्रहको व्यास करिव ४५ मिटर थियो । यसको अनुमानित तौल करिव एक लाख ३० हजार मेटि्रक टन थियो । यसलाई खगोलविदहरुले '२०१२ डिए १४' नाम दिएका छन् । यो क्षुद्र ग्रह २८ हजार एक सय किलोमिटर प्रति घन्टा अर्थात ७.८२ किलोमिटर प्रति सेकेन्डको गतिले पृथ्वी नजिकवाट गुजि्रयो । यो पृथ्वीवाट करिव ४३ लाख किलोमिटर टाढा हुदा ताका थाहा पाइएको थियो । यसलाई सवैभन्दा पहिले स्पेनका खगोलशासत्रीहरुले सन २०१२ को फरवरी महिनामा देखेका थिए ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger