ब्राजिलमा मोटो जिउ भएका महिलाहरुको फेसन सप्ताह सम्पन्न भएको छ । प्लस साइज फेसन विक नाम दिइएको उक्त फेसन सप्ताह सात वर्षदेखि हुँदै आएको छ ।
साओ पाओलोमा आयोजित फेसन सप्ताहमा निकै मोटो जिउ भएका महिलाहरु को भन्दा को कम भन्दै विभिन्न पहिरनमा क्याटवाक गरे र आफ्नो प्रतिभा र जवानी देखाए । मोटीहरुको फेसन शो मा रात्री पहिरन, बेहुली पहिरन, पौडी पहिरन लगायतका पहिरनमा सजिएका युवती तथा महिलाहरु र्याम्पमा उत्रिए ।
|