भ्यालेन्टाइनमा प्रेमिकालाई प्रेम प्रस्ताव राख्ने ७ तरिका...

भ्यालेन्टाइन डे नजिकिँदै छ । प्रेमी-प्रेमिका भएकाहरू आफ्नो प्रेमलाई थप मजबुत बनाउने तरखरमा होलान् अहिले भने प्रेमी या प्रेमीका नभएएकाहरू भ्यालेन्टाइन डे बाटै प्रेमि-प्रेमीका बनाउने या आजसम्म राख्न नसकेको प्रेम प्रस्ताव राख्ने सुरमा रहेका होलान् । तर प्रेम प्रस्ताव राख्ने तथा प्रेमका कुरा गर्नेतरिकाले प्रेमिकालाई झन् रोमाञ्चित र तपाईप्रति उनको झुकावमा परिवर्तन ल्याउँछ । तपाईलेप्रेम प्रस्ताव राख्दा गरेका हरेक कदमले तपाईलाई तपाईको प्रेमीकाबाट सहजै जुटाउने  मात्र नभइ छुटाउनपनि सक्छ तर यदी प्रेम प्रस्ताव राख्दा या प्रेम व्यक्त गर्दा केही फरक तरिकाले प्रस्तुत गर्न सके उनीहरू सहजै तपाईको प्रेम प्रस्ताव स्विकार गर्न तयार हुन्छन् । त्यस्ता केही तरिकाहरू जानौ, जसले तपाईलाई आफ्नो प्रेमीकाको अगाडि अन्यभन्दा फरक बनाउन सक्छ ।
 १. टि-सर्टमार्फत प्रेम प्रस्ताव: सबैभन्दा पहिले आफूले मन पराएको या आफ्नो प्रेमीकालाई मन पर्ने रंगको प्लेन टिशर्ट किन्ने र टि-सर्टलाई उनको नाम राखेर यसरी पेन्ट गर्ने "Sweetheart... 'I LOVE U' . name" । आफूले मन पराएको प्रेमीकालाई भेट्न जाँदा यसरी प्रिन्ट गरेको टि-सर्ट लगाएर बाहिरबाट ज्याकेट लगाउने अर्थात् उक्त पेन्ट गरेको टि-शर्ट छोप्ने गरी अर्को लुगा लगाउने । उनलाई भेटेपछी एकान्तमा लगेर टि-सर्टमा लेखेको सबै कुरा देखिने गरी बाहिर लगाएको लुगा खोल्ने र त्यहाँ हेर्न उनलाईईशारा गर्ने । यसबाट तपाईले मन पराएकी प्रेमीका तपाईप्रति आकर्षित हुनेछिन् ।

 २. यु-ट्युबबाट प्रेम प्रस्ताव: आफ्नो सपनाकी सुन्दरीलाई यु-ट्युवबाट पनि प्रेम प्रस्ताव राख्न सकिन्छ । पहिले आफ्नो प्रेमीकाको एउटा राम्रो भीडियो तयार गर्ने र यसमा आफ्नो भावनाहरूलाई समेट्ने । यसरी भिडियो अपलोड गरेपछी उनलाई एउटा मेसेज पठाएर त्यही मेसेजमा उक्त भिडियोको लिङ्क पनि दिने । यसले तपाईले चाहेको प्रेमीका तपाईप्रति आकर्षित हुन्छिन् ।

 ३. अलार्म प्रस्ताव: कुनै तरिकाले आफूले मन पराएको प्रेमीकाको फोन लिने र त्यसमा आधी रातको अलार्म सेटगर्ने र आफ्नो आवाजमा उनलाई मेसेज भरेर त्यही रिङग टोन अलार्ममा राखिदिने । रिङगटोनलाई यसरी भर्न सकिन्छ, "स्विटहार्ट, वेक अफ ! आफ्नो नाम लब्स यू ।" यसरी उनलाई सर्प्राइज दिँदा उनी अचम्मित हुनेछिन् र तपाईको यो तरिका उनलाई निकै मन पर्न सक्छ ।

 ४. रोमान्टिक अलार्म प्रस्ताव: यदी तपाईलाई रमाइलो मुडमा प्रेम प्रस्ताव राख्ने मन छ भने आफ्नो प्रेमीकाको मोबाइलमा अलार्म सेट गर्ने र आफ्नो आवाजमा मेसेज रेकर्ड गरेर त्यहि रेकर्ड गरेको मेसेजलाई रिङग टोन बनाएर राखिदिने । रिङ्गटोनलाई यसरी भर्न सकिन्छ, "स्विटहार्ट, तिमी आफ्नो ब्याग खोल, आफ्नो डायरी खोल, त्यसको बीचमा एउटा पेपेर छ त्यो पढ ।" यसरी उनलाई रोमान्टिक तरिकाले प्रेम प्रस्ताव राख्न सकिन्छ तर यसका लागी उनको ब्याग या डायरीमा आफ्ना मनका भावनाहरू लेखेर केही गरी राखिदिनु आवश्यक छ । यसबाट तपाईकी प्रेमीका अचम्मित र तपाईप्रति आकर्षित हुनेछिन् ।

५. की-प्रस्ताव: तपाईले एउटा कि(साँचो)लिएर त्यसलाईठूलो बक्सालाई राम्रो बनाएर प्याक गरेर प्रेमीकालाई बिहानै पुग्ने गरी पठाउनुस् तर साँचो प्याक गर्दा ठूलो बक्साभन्दा भित्र स-साना बक्सा समेत राखेर सानो बक्साभित्र त्यो साँचो राख्ने । यसमा साँचो मात्र पठाउने अन्य कुरा केही पनि नलेख्ने । त्यसपछी साँझतिर एउटा बुके किनेर उनलाई पठाउने जसका साथमा एउटा मेसेज पनि होस् जहाँ लेखिएको होस् की, " जुन साँचो तिमीले पाएकी छौ त्यो मेरो मुटुको साँचो हो, यसलाई म तिमीलाई सुम्पिँदै छु । 

६. टाइम बम प्रस्ताव: तपाईको आफ्नी प्रेमीकालाई भ्यालेन्टाइन डे अघिल्लो दिन या केही दिनपहिले देखि  नै  एउटा फेक आइडीबाट टाइम बम मेसेज पठाउने गर्नुस्, जसमा "तपाईको समय यति मात्र बाँकी छ" भनेर लेखिएको होस् । प्रत्येक घण्टा या दुई घण्टामा यस्तो मेसेज पठाइरहनुस् र भ्यालेन्टाइन डेको दिन १२ बजे अर्को मेसेज पठाउनुस् जसमा लेख्नुस्, "I LOVEYOU" र त्यसपछी अब तपाईको समय समाप्त मेरो समय सुरूभनेर लेख्नुस् ।

 ७. तस्विरबाट प्रस्ताव: फोटोसपको प्रयोग गरेर दुईजनाको यस्तो फोटो तयार गर्नुस् जसले तपाईहरु दुई जना एक-अर्काका पर्याय अथवा तपाईहरू एक-अर्काका लागी यो संसारमा हुनुहुन्छ भन्ने सन्देश दिओस् । र उक्त फोटोलाई एउटा मिठो मेसेज सहित पठाईदिनुस् । यहाँ तस्विर पठाउने भनेर भगवान् भनेर पनि लेख्न नछुटाउनु होला ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger