नौ रोग र तिनको घरेलु उपचार

रोगभन्ने बित्तिकै हामीलाई डरलाग्छ । उपचारका लागि अस्पताल वाक्लिनिक कुँदिहाल्छौँ । गाउँघरतिर सानो तिनो रोगब्याधमा घरायासी औषधि र जडिबुटी प्रयोग गर्ने तथा झारफुक समेत गर्ने प्रचलन छ । तर सहरबजार तिर घरायासी औषधितथा घरेलु उपचारको बारेमा धेरैलाई थाहैँ हुँदैन । थाहाभएपनि घरेलु औषधिप्राप्त हुँदैनन् । यस्तो अवस्थामा क्लिनिक कुँदेर एलोप्याथिक औषधि लिनुको विकल्पहुँदैन । यद्यपि सहर बजारमा समेत हामीले घरकोठामै केही सामान्य रोगको घरेलु विधिबाटै उपचार गर्न सक्छौँ । यसो गरियो भने उपचार खर्च जोगिने मात्रहोइनऔषधिको नकारात्मक असर बाट पनि बँचिन्छ । यहाँ हामीले केही रोग र तिनका घरेलु उपचारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ :
 १. चिसो र रुघाखोकीः
 चिसो र रुघाखोकीलागेमा मरिच र सुकेको अदुवापिँधेर धुलो बनाउनुहोस्, त्यसलाई महमामोलेर दिनको २।३ पटक खानुहोस् । यसो गर्दा रुघाखोकी सन्चो हुन्छ । साथै बेसारमा मह मिसाएर खाने गरेमापनि रुघाखोकी र चिसो भाग्छ ।

 २. वान्ताः 
वान्तावा उल्टी विभिन्नकारणले हुनसक्छ । सामान्य उल्टी रोक्नकालागिपानीमाकागतीको रस र केहीनुनहालेर खाँदाफाइदा हुन्छ । साथै कागतीको रस र चिनीमिसाएर पानीमाहालेर खाँदापनि उल्टी रोक्न मद्दत गर्छ ।

 ३. कब्जियतः
 रातमाखानाखाइसकेपछि इशागोल र दूधमिलाएर खाँदाकब्जियतमाफाइदा हुन्छ । साथै बिरे नुनको सेवनले पनिकब्जियतमा राहत पुग्छ ।

 ४. सुख्खाखोकीः 
दुइ तिनवटा ल्वांग घिउमा तताएर मुखमाहाल्नुहोस् र चपाउनुहोस् । नियमित रुपमायसो गर्दा सुख्खाखोकीकमहुँदै जान्छ । साथै मरिच र अदुवाको धूलो बराबर मात्रामातातो घिउमा मिलाएर खाँदापनि हुन्छ ।

 ५.खकार सहितको खोकीः
 अदुवा, मरिच तथातुलसीका केहीपातमिलाएर पिँध्नुहोस् अनि तातो पानी मामिलाएर खानुहोस् । धनिया, चिनी र पानी मिलाएर पकाएर बिहानपखपिउँदापनिखकार सहितको खोकीकम हुन्छ ।

 ६.अपचतथा पेटफुलिने, ग्यास भरिनेः 
५ ग्राम सुकेको अदुवाको धूलो १ लिटर पानीमाउमालेर दिनको २।३ पटक पिउनुहोस् । साथै एक चम्चामनतातो पानीमा एक चिम्टी हिंग घोलेर पिउनुहोस् । यसो गर्दा अपचहुने तथा पेट फुलिने, डकार आउने जस्ता समस्याकम हुन्छन् ।

 ७. दाँतदुखेमाः
 ल्वांगको तेल किराले खाएको दाँतको प्वालमा राख्नुहोस् । साथै दाँतदुखाइकमगर्न हिंगतथानुनमिलाएर दुखेको दाँतमा राख्नु पनिउपयुक्त हुन्छ । मरिच र ल्वांगमुखमा राखेर चपाउँदापनिदाँतको दुखाई केहीकम हुन्छ ।

 ८. कानदुखेमाः
 अदुवाको रस मनतातो गरी तताएर दुइचार थोपाकानमानियमित राख्दाकानको दुखाइकम हुन्छ । साथै लसुनको रसकादुइचार थोपाकानमादिनको ३ पटक राख्नुहोस् । यसो गर्दा पनिकानको दुखाइकम हुन्छ । 

 ९. झाडापखालाः
 सुकेको अदुवाको धुलो र चिनीपानीमामिलाएर दिनमा दुइपटक पिउनुहोस् । इशागोल र दहीमिलाएर दिनको दुइ पटक खानुहोस् । मोहीमाचियापत्तिमिलाएर खाँदापनि झाडापखाला कम हुन्छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger