पूर्व युवराज पारसको स्वास्थ्यमा क्रमिक सुधार (विज्ञप्तिसहित)

१७ फागुन, काठमाडौं । बैंककमा उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । हृदयघात भएपछि १० दिनदेखि समितिभेज अस्पतालमा उपचाररत पारसको हातगोडो स्वस्र्फुत रहेको चलेको छ । बिहीबार साँझ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ-’उनको ब्लडप्रेसर र मुटुको धड्कन नियन्त्रणमा छ । हातगोडाको स्वस्फुर्त चाल पनि छ ।’ यद्यपी यसअघि जस्तै पारसको अवस्था स्थीर तर क्रिटिकल रहेकेा अस्पतालले जनाएको छ । भेन्टिलेशनको सपोर्टमा रहेका पारसको अझै होस भने खुल्न सकेको छैन । अवस्था अझै सुधार भएमा एमआरआई गरेर मुटुको अरु उपचार गर्ने चिकित्सकहरुको तयारी छ । बुधबार बैंकक गएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले त्यहाँ पुग्ने बित्तिकै छोरा पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । बुधबार राति र बिहीबार बिहान उहाँहरुले पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको पूर्व राजपरिवार निकट स्रोतले जनाएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger