१७ फागुन, एजेन्सी । प्रेमी-प्रेमीकाले गर्ने मायालाई धेरैले रोमियो र जुलियटको होस् भन्ने चाहन्छन् । यी दुई एक-अर्कालागी नै जन्मेका थिए भने मृत्यु पनि एक अर्काका लागी नै थियो । यस्तै उदाहरण प्रस्तुत गरेका छन् म्यान्चेष्टरका एक जोडीले । चोखो र पवित्र माया पाउन नसकिने बताइरहेका बेला २४ वर्षीय भिक्टोरिया किस-डोनोभान र ३१ वर्षीय रेमोण्ड ओस्वेलले एक-अर्कालाई आफ्नो जीवन समर्पित गरेका छन् । उनीहरुले एउटै रूखमा करिब १५ दिनको फरकमा आत्महत्या गरेर आफ्नो प्रेमलाई दुनियाँ सामूउदाहरणका रुपमा प्रस्तुत गरेका छन् ।
७ वर्षको लामो प्रेमसम्बन्धलाई तोडेर नयाँ जीवन सुरू गरेकी भिक्टोरियाको सम्झनामा जीवन बिताइरहेका रेमोण्डले अन्तमा सम्झनाहरूलाई समेट्दै आत्महत्या गरेका थिए ।
उनले जीवनभर आफ्नो साथमा हुननसकेकी प्रेमीका भिक्टोरियाबिना आफ्नो जीवन अगाडि बढाउन नसक्ने भन्दै एक रूखमा झुण्डिएर आत्महत्या गरेका थिए । उनले आत्महत्या गरेपछि यो खबर थाहा पाएकी भिक्टोरियाले पनि करिब १५ दिनपछि आफू पनि रेमोण्डको मायाबिना बाच्न नसक्ने भन्दै सोही झूण्डिएर आत्महत्या गरेकी थिइन् ।
तीन सन्तानकी आमा समेत रहेकी उनी रेमोण्डले आत्महत्या गरेको थाहा पाएदेखीनै आशुँमा डुबेकी थिइन् । उनले आत्महत्याका क्रममा समेत आफू रेमोण्डको सम्झनामा बाच्न नसक्ने भन्दै सुसाइड नोटमा 'रेमोन्ड म तिमीलाई माया गर्छु' लेखेर आत्महत्या गरेकी थिइन् ।
रेमोण्ड र भिक्टोरीया सन् २००५ देखि प्रेमी-प्रेमीकाको रूपमा रहँदै आएकाथिए । उनीहरूले ७ वर्षीय प्रेमजीवनमा दुई सन्तान समेत प्रेमको उपहारका रूपमा पाएका थिए । उनीहरूबाट १ छोरा र १ छोरी थिए भने भिक्टोरियाबाट अर्का एक छोरा समेत थिए ।
|