आज विक्रमसंवत्
२०६९ साल फागुन १५ गते मङ्गलबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ फेबुवरी २६,
नेपाल संवत् ११३३, फाल्गुन कृष्णपक्ष (सिल्लागा), प्रतिपदा तिथि, पूर्वफाल्गुनी नक्षत्र,
सुकर्मा योग, बालब र कौलव करण, सिंह राशीको चन्द्रमा,आजको सूर्योदय – ६:२५:३५
बजे र सूर्यास्त – ५:५४:०६ बजे, राहुकाल मध्याह्न ३ बजेर ०२ मिनेटदेखि बेलुकी ४ बजेर
२८ मिनेटसम्म ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राम्रो
समयको योग छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । आज
शैक्षिक प्रगतिका लागि ठूलो फड्को मार्न सकिने दिन हो, पठनपाठनमा ध्यान
दिनु बेस हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु
सानातिना कामको झमेला आउनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज
दिक्क र झर्को लाग्दो दिन छ । अनावश्यक यात्रा हुने सम्भावना छ । गुप्त र
मानसिक रोगले सताउन सक्छ । काममा ढिलासुस्ती हुने योग छ । दिनको सुरुआतमा
मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । साँझमा मनमा थोरै
रमाइलोको अनुभूति हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक
क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आज जग्गाजमिनको कारोबार गर्दा असल
हुने सङ्केत छ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । साथीभाई
र नातागोताको सहयोग प्राप्त हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ भेटघाट
राम्रै होला । मानसम्मान मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
राम्रो
समयको योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरीद गर्दा लाभ प्राप्त
हुनेछ । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ । धार्मिक कार्यको
लागि तपार्इं स्वयं लाग्नु पर्नेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले
महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ
कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा लगानी
लगाउने बेला छ । शुभ समाचार प्राप्त हुने योग छ । मन त्यसै त्यसै फुरुङ्ग
हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरुसँग
भेटघाट र रमाइलो गरिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तपाईंको
कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट
व्यक्तिसँग वादविवाद पर्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच
आउने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने छ । परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
असल
समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । पहिले भएका
घटनाको स्मरणले मन त्यसै एकतमासको हुने दिन छ । आम्दानीमा कमी आउने छैन ।
समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष
सबैको जिम्मा लिनु पर्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यापारी
र कर्मचारीका लागि आजको दिन सन्तोषजनक रहनेछ । पशुपालक र कृषकले झमेला
व्यहोर्नुपर्छ । घरपरिवारभन्दा अन्त जाँदा मानसिक रुपमा सन्तोष प्राप्त
हुने दिन छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन ।
प्रेम सम्बन्धमा तिक्तता आउने योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक
कामबाट प्रशंसा प्राप्त हुनेछ । ठूलाबडाले सहयोग गर्नेछन् । शुभ कुराको
संकेत मिल्नेछ । यात्राको समय छ । लामो समयदेखि विरामी हुनुहुन्छ भने आज
पूर्व वा दक्षिण दिशामा रहेको कुनै देवालयमा गई दर्शन गर्नुस् र दिनभरि
झुठो नबोल्नोस् रोगबाट छिटै मुक्ति पाउनु हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रतिकूल
समय चल्दैछ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम
सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ
। आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साँझको समय अलि बढी
निराशाजनक रहने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हाँसखेल
र मनोरञ्जनपूर्ण समय छ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट
गरिएको कामबाट फाइदा हुनेछ । माया प्रेममा फसिने बेला छ, तपार्इं धेरै
उम्किन प्रयास नगर्नु बेस होला । सन्तानपक्षको राम्रो माया मिल्नेछ । समय
राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
काम
गर्दा विभिन्न समस्या आइलाग्न सक्छन् । परिणाम सोचे जस्तो नहुन सक्छ ।
सानोतिनो कामका लागि पनि निक्कै खट्नु पर्छ । आर्थिक समस्या बढ्ने दिन हो,
आज । साँझसम्ममा कुनै महत्वपूर्ण काम भएको खबर पाउने योग छ । पारिवारिक
जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
|