-प्रचण्ड द्वारा बाँदरमुडे घटनाका पीडितलाई रु ६० लाखको राहत भिडियो खबर

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको माडीमा भएको बाँदरमुडे घटनाका पीडितसँग क्षमायाचना गर्दै रु ६० लाखको राहत प्याकेजको घोषणा गर्नुभएको छ । घटना भएको नौ वर्षपछि पहिलोपटक माडी महोत्सव उद्घाटनका लागि त्यहाँ पुग्नुभएका अध्यक्ष दाहालले घटनालाई युद्धकालको दुर्घटना सम्झेर समृद्ध नेपाल निर्माणमा लाग्न पनि आग्रह गर्नुभयो । बाँदरमुडे घटना हुँदै गर्दा आफू रोल्पाको डाँडाबाट ओर्लदै गरेको स्मरण गर्दै दाहालले तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहितका विभिन्न दलका राजनीतिक नेतृत्वसँग पार्टीको नीति र योजनाभन्दा बाहिर गएर घटना भएको र दोषीमाथि कारबाही गर्ने वक्तव्य जारी गरेको बताउनुभयो । निकै भावुकरुपमा प्रस्तुत हुनुभएका अध्यक्ष दाहालले बाँदरमुडे घटनाका पीडितलाई राहत उपलब्ध नभएसम्म आफू माडी नजाने सङकल्पअनुरुप यहाँ आउनुअघि विभिन्न निकायसँग छलफल गरी प्याकेज तयार गरेको र सोहीअनुरुप शान्ति तथा पुनःनिर्माण मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयसँगको छलफलपछि राहत प्याकेज तयार गरेको बताउनुभयो ।

 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger