आज विक्रमसंवत् २०६९ साल फागुन १६ गते बुधबार अंग्रेजी पात्रो अनुसार
ईश्वीसन् २०१३ फेबुवरी २७, नेपाल संवत् ११३३, फाल्गुन कृष्णपक्ष (सिल्लागा), द्वितीया
तिथि, उत्तरफाल्गुनी नक्षत्र, धृति योग, तैतिल र गर करण, सिंह राशीको चन्द्रमा ।
आजको सूर्योदय – ६:२४:३९ बजे र सूर्यास्त – ५:५४:४४ बजे ।
आजको सूर्योदय – ६:२४:३९ बजे र सूर्यास्त – ५:५४:४४ बजे ।
राहुकाल मध्याह्न १ बजेर
१० मिनेटदेखि मध्याह्नपछि १ बजेर ३६ मिनेटसम्म ।
मेष (चु, चे, चो,
ला, लि, लु, ले, लो, अ)
प्रतिकूल समय
चल्दैछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च अधिक हुनसक्छ सावधानी अपनाउनु
होला । रिसको कारणले असर पुर्याउला । जो सँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै
बोल्नु होला । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हिजोआज ठिकैको
समय चल्दैछ । तपाईं विरुद्ध काम गर्ने व्यक्तिहरू आफैं परास्त हुनेछन् । इष्टमित्रले
पनि तपार्इंको प्रशंसा गर्नेछन् । समयको प्रतीक्षा गर्नु होला । दिउँसो पारिवारिक समस्याले
मन खिन्न भए पनि साँझपख मन भुलाउने उपायको खोजी हुनेछ ।
मिथुन (का, कि, कु,
घ, ङ, छ, के, को, ह)
अशान्ति र अराजकताका
समाचार सुन्नु पर्ने हुनसक्छ । शरीर केही आलस्य हुनसक्छ । अहिलेसम्म गरेका कामबाट सन्तोष
मान्ने ठाउँ देखिन्छ । कामगर्न मन जानेछैन । सामान्य समस्याहरुले पिरोल्ने छ । व्यापार
व्यवसाय मध्यम रहेको छ । आमा वुवाको स्वास्थ्यमा समस्या अउने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक काममा
संलग्न हुनुपर्ला । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । धार्मिक वा
सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट
विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पछाडि कुरा
काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु
पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता
प्राप्त हुने योग छ । आज पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने अनुपम दिन
हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिनको सुरुआतमा
मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । बेलुका मनोरञ्जन र खेलवाडतिर लागिने
छ । धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आज पारिवारिक समस्याले
मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन धैर्य
र सावधान भई काममा लाग्नु असल हुन्छ । आज प्रत्येक काममा अडचन आउने र ढिलो गरी कार्यसम्पादन
हुनेछ । बोलीको विपरीत अर्थ लाग्नाले नजिकैको आफन्त टाढिने सम्भावना छ । परोपकार र
धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
असल समय छ ।
प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ । मनोकाङ्क्षा पूर्ण हुनेछ ।
समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ । आफन्तबाट भन्दा अन्यबाट
आवश्यक सहयोग मिल्नेछ । बरु सानातिना कामको झमेला आउनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय मध्यम खालको
छ । दुःखसुख, आयव्यय, लाभहानी, सफलता–असफलता, उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न
ठाउँको यात्रा पनि हुनसक्छ । फेरि पनि यात्राबाट मनले चाहे जस्तो सन्तुष्टि मिल्ने
देखिन्न । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
मकर (भो, ज, जि,
खि, खु, खे, खो, गा, गि)
आज परोपकार
र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । परेवा र चराचुरुङ्कीलाई
चारा तथा दानापानी खुवाउनाले आज मानसिक सन्तुष्टि प्राप्त हुनेछ । घरमा बस्दा रातो
लुगा लगाउनाले आज बौद्धिक र प्राज्ञिक क्षमताको बृद्धि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन त्यस्तै
त्यस्तै छ । बिछोडको पीडाले मन बेचैन होला । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ
। दिनभरि मन एकतमासको हुनेछ तर साँझपख आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट
भरमग्दुर सहयोग प्राप्त हुने छ । आत्मबल बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि, पशुपालन
र दुग्धजन्य पेशामा संलग्न व्यक्तिका लागि आजको दिन त्यत्ति अनुकूल छैन । आज सबैका
लागि प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, फकाउने र फुल्याउने काममा नै दिन बित्छ
। भोगविलासमा मन जानेछ । आज चिताएभन्दा बढी कमाउने योग छ ।
|