भारतीयलाई कण्डम ठूलो भो

काठमाडौ, माघ २५ - अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइएको कण्डम भारतीय पुरुषका लागि ठूलो हुने गरेको एक अध्ययनले देखाएको छ । भारतको मेडिकल अनुसन्धान परिषद्ले गरेको अध्ययनले यस्तो निश्कर्ष निकालेको हो । अनुसन्धानमा एकहजार २ सय बढी युवाको लिंगको लम्बाई र चौडाई नापेपछि यस्तो निश्कर्ष निकालिएको हो । ६० प्रतिशत भारतीय पुरुषको लिङ्ग कण्डमभन्दा तीनदेखि ५ सेन्टीमिटर छोटो हुने गरेको अध्ययनमा देखिएको छ । अनुसन्धानमा सहभागी बिशेषज्ञ चन्देर पुनले भारतमा साना आकारका कण्डम प्रयोगमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । भारतमा साना आकारमा कण्डम बिक्रीमा राख्ने गरिएको भएपछि उपभोक्ताले लाजका कारण माग्न गाह्रो मान्ने गरेको बताइएको  छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger