यस्तो भयो स्पेनको पिठो युद्ध (फोटो फिचर)

स्पेनको दक्षिण पूर्वी इबी सहरमा यो वर्ष पनि पिठो युद्ध वर्ष सम्पन्न भएको छ । हरेक वर्ष २८ डिसेम्बरमा हुने यो पिठो युद्धमा यो पटक पनि मानिसहरु सैनिक पोषाकमा सजिए र एक अर्कालाई पिठो तथा अण्डाले प्रहार गर्दै सहरभरी पटाका पड्काएर रमाइलो गरे । एल्स इन्फारिनाट्स भनिने उक्त पर्व २८ डिसेम्बरको दिनभरी सूर्य नअस्ताउन्जेल सम्म मनाइएको थियो । त्यस क्रममा पिठो युद्धमा होमिएका सहरबासीहरुले सहरलाई कब्जामा लिएको जस्तो अभिनय गर्ने चलन छ । दिनभरीकै पिठो युद्धपछि साँझपखबाट भने सडकभरी पोखिएको पिठो तथा अरु फोहोर उठाउने तथा सफा गर्ने काममा सबै सहरबासी कम्मर कसेर लाग्नेगर्छन् र एक छिनमै सहरलाइ चिरिच्याँट पार्छन् । हेरौं झण्डै हाम्रो होलीजस्तो लाग्ने स्पनेको यो पिठो युद्धका दृश्य
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger