१८ माघ, खोटाङ । अधिकांश नवजोडीको इच्छा हुन्छ ‘सँगै ज्यूँने अनिसँगै मर्ने’ । सँगै बाँच्ने र सँगै मर्ने वाचाकसम खाँदै दाम्पत्य जीवनमा बाँधिन्छ हरेक नवजोडी । तर जन्म र मृत्युको कुनै ठेगान हुन्न । कमैको मात्र यस्तो इच्छा पूरा हुन्छ । संयोगवश, खाल्ले-६ खोटाङका ७३ वषर्ीय हरिबहादुर र ६५ वर्षीया नरमाया खतिवडाको सँगै मर्ने वाचा पूरा भएको छ । बाह्र घन्टाको फरकमा खतिवडा दम्पतीको मृत्यु भएपछि साप्सु खोलामा एउटै चितामा राखेर दाहसंस्कार गरिएको स्थानीयवासी कृष्णकुमार थापाले बताउनुभयो । हरिबहादुरको अपराहृन २ बजे र श्रीमतीको त्यही राति २ बजे निधन भएको छिमेकीको भनाइ छ । श्रीमान्लाई एउटै चिताको दायाँ र श्रीमतीलाई बायाँतर्फ राखेर जलाइएको थियो । प्रेम विवाह गरेका खतिवडा दम्पतीका पाँच छोरा र ६ जना छोरी छन् । चार छोरा विदेशमा रहेकाले उनीहरूको दाहसंस्कारमा एक छोराको मात्र उपस्थिति थियो ।-रासस
|