माछा ब्यापारीको गीत अर्को ‘गङनम स्टाइल’ बन्दै

कोरियाली गायक साईको गङनम स्टाइलले युट्युवमा रेकर्ड ब्रेक गरेलगत्तै एक पाकिस्तानी माछा ब्यापारीको गीतले युट्युवमा तहल्का मच्चाएको छ । पाकिस्तानबाट रोजीरोटीको खोजीमा लण्डन पुगेका साहिद नजिरले माछा बेच्न गाएको गीतले अहिले युट्युवमा ९४ लाखले हेरिसकेका छन् । भिडियो डिसेम्बर १० तारिखमा अपलोड गरिएको हो । ‘कम अ लेडिज, कम लेडिज वान पाउण्ड फिस’ भन्दै पसलमा ग्राहक बोलाउने गीतको ओर्जिनल भर्सन सुन्दा हाम्रो रत्नमपार्कमा लौ आयो सस्तो सस्तो २० रुपैयाँ मोजा, सय रुपैयाँमा पाइन्छ भनेजस्तै सुनिन्छ ।
 उनले माछा सस्तो र राम्रो भएको बखान गर्दै एकपटक हेर्न महिला ग्राहकहरुलाई आग्रह गर्छन् । एकदिन यसैगरि गीत गाएर ग्राहक बोलाइरहेका बेला कोलिन मिलरले यो गीत रेकर्ड गर्छन र युट्युवमा अपलोड गर्छन् । यो गीतले चर्चा पाएसँगै उनका दिन पनि फेरिन थाल्छन् । चार सन्तान र एक श्रीमतीको भबिष्य खोज्दै लण्डनमा संर्घष गरिरहेका यी सामान्य मानिस एकाएक सेलिब्रीटी हुन्छन् । उनले यही गीत गाउँदै रियालीटी सो एक्स फ्याक्टरमा पनि अडिसन दिन्छन् । तर खासै माथि उक्लिन सक्दैनन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger