यो वर्षसन् २०१२ मा विश्वमा सूचना प्रविधिको क्षेत्रमा विभिन्न नयाँ नौला घटनाक्रम भए । विभिन्न नयाँ सेवा तथा प्रविधिहरु बजारमा आए । केहीले राम्रै चर्चा पाए भने केही फ्लप भए । यहाँ हामीले यो वर्षनराम्ररी फ्लप भएका मुख्य प्रविधि तथा सेवाहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौँ, जुन यसप्रकार छन्
१. एप्पल म्याप्स : यो वर्षसबैभन्दा फ्लप भएको प्रविधिमा एप्पलको म्याप्स एप्लिकेसन नम्बर एकमा आउँछ भन्दा फरक नपर्ला । एप्पलको आइफोनले राम्रै बजार पिटेपनि म्याप एप्लसको कमजोरी तथा असफलताले एप्पल कम्पनीले ठूलो बदनामी भोग्नुपर्यो । गुगलको म्याप एप्सलाई चुनौति दिँदै एप्पलले र्सार्वजनिक गरेको नक्सा सम्बन्धि सफ्टवेयर म्याप एप्स निकै आलोचित बन्नुको कारण यो एप्सले दिने गलत सूचना तथा जानकारी नै हो । एप्ललको म्याप एप्सको कमजोरी प्रति एप्पल प्रशासनले माफी नै माग्नुपर्यो । सिइओ टिम कुकले त एप्पलको नक्सा सफ्टवेयरमा भर नपर्न र गुगल तथा नोकियाको म्याप एप्सको समेत सहयोग लिने आग्रह नै गर्नुपर्यो ।
२. आकाश टू ः सबैभन्दा सस्तो ट्याब्लेट भनेर प्रचार गरिएको यो ट्याब्लेट पनि सन् २०१२ को फ्लप सूचनाप्रविधिको उत्पादन मध्येमा पर्छ । गुगल प्ले बिनानै क्लाउड प्रणालीमा काम गर्ने यो भारतीय ट्याब्लेट उपभोक्ताले नरुचाएपछि सरकारले यो ट्याब्लेट केवल शिक्षकहरुका लागि लक्षित गरेर बनाइएको र
विद्यार्थीहरुका लागि नयाँ ट्याब्लेट तयार गरिने बतायो ।
३. फेसबुकको शेयर : पहिलोपटक र्सार्वजनिक शेयर जारी गर्ने सोसल साइट फेसबुकको शेयर मूल्यमा भएको ठूलो गिरावट यो वर्षसूचना प्रविधिको क्षेत्रमा ठूलो चर्चाको विषय बन्यो ।
४.ब्लाकबेरी १० : यो वर्षरिलिज हुने भनेर हल्ला पिटिएको ब्लाकबेरी १० लाई उपभोक्ताले उपभोग गर्नका लागि अर्को वर्षकर्ुर्नुपर्ने भयो । मात्र नयाँ ब्लाकबेरीका भावी फिचर्स र मोडेल बारेका जानकारी मात्र ग्याजेटप्रेमीले पाए । यो वर्षलाकबेरी १० र्सार्वजनिक गर्ने भनेर नगरेपछि कम्पनीको शेयर मूल्य एकाएक घटेको प्रसँग पनि यो वर्षचर्चामा रह्यो ।
५.गूगल नेक्सस क्यू ः गुगल कम्पनीले आफ्नो बहुप्रतिक्षित उत्पादन नेक्सस क्यू लाई एकाएक गुमनाम बनाएको घटना पनि यो वर्षो चर्चित घटना बन्यो । स्मार्टफोन, ट्याब्लेट तथा एन्डोइड ग्याजेटका डाटाहरु टेलिभिजनमा र्सार्न सकिने यो डिभाइज जुन महिनामा रिलिज गरियो । तर एकाएक यो डिभाइस गुगलले आफ्नो वेबसाइटबाटै हटायो र यसको बारेमा चुप रह्यो । विश्लेषकहरुले नेक्सस क्यू फ्लप हुने डरले गुगल पछि हटेको बताउँछन् ।
६. एप्पलका आइफोन, आइप्याड लगायतका ग्याजेटलाई पहिलोपटक भाइरसले आक्रमण गरेको घटना पनि एप्पलका लागि यो वर्षटाउको दुखाइ बन्यो । अहिलेसम्म आफ्ना प्रडक्टलाई भाइरस बाट बचाउन सफल भएको एप्पलको आइफोन अपरेटिङ सिस्टममा ह्याकरहरुले गरेको पछिल्लो आक्रमण बचाउन नसकेपछि भाइरस फि्र रहेको एप्पलको इतिहास समाप्त भयो ।
७.अल्ट्राबुक : यो वर्षअल्ट्राबुक पनि फ्लप प्रडक्टको रुपमा रहे र कुनै प्रभाव छाड्न सकेनन् । एक वर्षअघि रिलिज भएका यी ल्यापटप विद्यमान ल्यापटप भन्दा शक्तिशाली तथा ब्याट्री ब्याकअप उच्च भएपनि उपभोक्ताको छनोटमा पर्न सकेनन् ।
८.आइफोन ५ को अभाव : आइफोन ५ यो वर्षो हिट प्रडक्ट हो । तर एप्पल कम्पनीले यसको माग धान्न नसकेको र उपभोक्ताले आफ्नो हातमा नयाँ आइफोन प्राप्त गर्न धेरै कर्ुर्नुपरेको घटना र आइफोन ५ को कालोबजारी समेत भएकेा घटना यो वर्षचर्चामा रहे ।
|