२२ बर्षमै माविका हेडमास्टर

१६ पुस, नवलपरासी । राम्रो काम गरेर देखाउन उमेरले छेक्दैन भन्ने प्रमाणित गरेका छन् नवलपरासीका पीताम्बर पाण्डेले । नेपाल शान्ति माध्यमिक विद्यालय देउरालीका प्रधानाध्यापक पाण्डे विद्यालयमा मात्र होइन, त्यो क्षेत्रमा समेत ‘कान्छा हेडमास्टर’ का रुपमा र उनले गरेका उत्कृष्ट कामले चर्चित भएका छन् । उनी उमेरले नेपाल शान्ति माविका सबैभन्दा कान्छा शिक्षक हुन् । तर, आफूमा सही नेतृत्व गर्ने सबैभन्दा ठूलो क्षमता रहेको प्रमाणित गरिरहेका छन् उनी । पाण्डे बर्षले अहिले २६ बर्षमा टेकेका छन् ।
 उनी ०६५ मंसिरदेखि अर्थात २२ बर्षको उमेरमा नै नवलपरासी जिल्लाको नेपाल शान्ति माध्यमिक विद्यालय देउरालीका हेडमास्टर बन्न सफल भए । २६ बर्षका पाण्डे सो विद्यालयका १४ शिक्षक र २ कर्मचारीमध्ये कान्छा शिक्षक होइनन्, त्यो क्षेत्रकै कम उमेरका हेडमास्टर मानिन्छन् । उनको कार्यशैलीलाई शिक्षक, कर्मचारी सवैले मन पराएका छन् । ०६२ जेठदेखि निजी स्रोतमा शिक्षक नियुक्ति भएका पाण्डे युवा जोस जाँगरका साथ काम गर्न लागि परेको खबर नयाँ पत्रिकाले छापेको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger