मैनालीले मागे ६ करोड ९० लाख क्षतिपूर्ति

१५ पुस, टोक्यो । बिनाकसुर जापानमा १५ बर्षसम्म जेलमा बस्न बाध्य पारिएका नेपाली नागरिक गोविन्दप्रसाद मैनालीले जापान सरकारसमक्ष ६ करोड ९० लाख रुपैयाँ क्षतिपूर्ति मागेका छन् । जापानी दैनिक पत्रिका जापान टाइम्सका अनुसार उनले दैनिक १२ हजार ५ सय येनका दरले जेलमा बसेको अबधिको क्षतिपूर्ति माग गरेका छन् । उनले ६ करोड ८० लाख जापानी येन आर्थात ६ करोड ९० लाख रुपैयाँ क्षतिपूर्ति दावी गरेको समाचारमा उल्लेख छ । बिना कसुर थुनिएका नागरिकलाई दैनिक १ हजारदेखि १२ हजार ५ सयसम्म क्षतिपूर्ति पाउने जापानी कानुनमा ब्यबस्था रहेको छ । जसअनुसार उनले अधिकतम क्षतिपूर्ति दावी गरेको जापान टाइम्सले जनाएको छ । उनले आफुलाई दिइएको मानसिक यातना र आफ्नो बेइज्यती गरेको अभियोगमा क्षतिपूर्तिको दावी गर्दै अर्को मुद्दा दायर गर्नसक्ने समाचारमा उल्लेख छ । सन् १९९७ मा एक महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा मैनाली जेल परेका थिए । सन् २०१२ मा भएको अन्तिम सुनुवाईमा उनी निर्दोष ठहरिएपछि जापान सरकारले मैनालीसँग माफी मागेको थियो । उनी अहिले रिहा भएपछि नेपालमै परिवारसँग रहेका छन् । मैनाली परिवारले भने वकिलसँग छलफल चलिरहेको भन्दै क्षतिपूर्ति दावी गरिएको रकमबारे खुलाएन चाहेन् । उनकी पत्नी राधाले भनिन- हाम्रो कुरा चलिरहेको छ, टुंगो लागेपछि मात्र बताउने छौं ।’ बिना कसुर लामो समय बिदेशी जेलमा बस्न बिबस मैनाली यतिखेर किताव लेख्ने तयारीमा छन् । क्षतिपूर्तिको रकम पाएपछि उनले आफुजस्तै बिदेशी जेलमा बिनाकसुर बस्न बाध्य नेपालीहरुको हितमा काम गर्ने इच्छासमेत देखाएका छन् । अहिले पनि सयौंको संख्यामा मलेसिया तथा खाडी मुलुकमा नेपालीहरु बिभिन्न अभियोगमा जेलमा बस्न बाध्य छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger