नायक श्रीकृष्ण श्रेष्ठले शनिबार आफ्नो जन्मदिन मनाएका छन् । उनले आफ्नो उमेर लुकाउदै भने, ‘सिनेमा क्षेत्रमा आएको २४ बर्ष भएछ ।’ बिहान ६ बजे उठेर पशुपतीको दर्शन गर्न पुगेको बताउँदै उनले पहिलो शुभकामना आफ्नो आमाले दिएको बताए । घरमा सबैले नेवारी परम्पराअनुसार सगुन र गिफ्टहरु दिएको उनको भनाई छ । तर साथीभाई र आफन्तहसँग भने बेलुका भेटघाट गरी रमाइलो गर्ने योजना छ ।बिहान उठ्ने बित्तिकै आमाको खुट्टा ढोगेको बताउँदै उनले अझै सिनेमा बनाइरहने सुनाए । फागुन महिनाबाट आफुले नयाँ सिनेमाको निर्माण गर्न लागेको उनले बताए । गौशालाको होटल इन्द्रेणीमा रेष्टुरेन्ट चलाइरहेका श्रीकृष्णले केही सिनेमाको निर्माणपश्चात मात्र निर्देशनमा हात हाल्ने बताए । अब कहिले बिहे गर्ने भन्ने हाम्रो प्रश्नमा श्रीकृष्णले भने, ‘खै मेरो बिहे किन भएको छैन मलाई नै थाहा छैन । कहिले गर्छु भन्ने मलाई पनि थाहा छैन् ।’ उनले नायिका स्वेता खड्का र आफुबिचको सम्वन्धका बारेमा भने खुलाउन चाहेनन् । श्वेता र आफु राम्रो साथी भएको बताउँदै उनले भने, ‘हामीले विजनेश र सिनेमाको काम सँगै गरिरहेका छौ ।’ गौशालामा संचालनमा ल्याएको रेष्टुरेन्टमा पनि स्वेता र श्रीकृष्णको संयुक्त लगानी छ । फागुनमा निर्माण हुन लागेको नयाँ चलचित्रमा पनि श्रीकृष्ण र श्वेता नायक नायिकाको रुपमा देखिदैछन् ।अविवाहित नायक श्रीकृष्ण श्रेष्ठलाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।
|