गुगलले ब्लक गर्यो टि्वटर

गुगलले लाखौँ टि्वटर अकाउण्ट ब्लक गरेको छ । माइक्रो ब्लगिङ साइट टि्वटरको तस्वीर सेयर गर्ने सेवा टि्वट पिकबाट भाइरस आक्रमणको खतरा बढेको र त्यसले प्रयोगकर्ताको कम्प्युटरमा क्षति पूराउन सक्ने भन्दै गुगलले लाखौँ टि्वटर प्रयोगकर्तालाई आफ्नो ब्राउजर साइट गुगल क्रोम मार्फत टि्वटर अकाउण्ट खोल्नमा रोक लगाएको हो । गुगलले प्रतिबन्ध लगाएसँगै गुगल सर्च इन्जिनमा टि्वट पिकका तस्वीरहरु खोज्ने तथा टि्वटर अकाउण्ट भित्र छिरेर टि्वटपिकका तस्वीर हेर्न चाहने प्रयोगकर्ताले चाहेको नतिजाको साटो गुगलबाट चेतावनीयुक्त सन्देश प्राप्त गरेका छन् । गुगलको सन्देशमा भनिएको छ, ‘ भाइरस फैलाउने टि्वटपिक डट कमले यो वेब पेजमा भाइरस छिराएको छ, यो पेजमा जानुभयो भने तपाइँको कम्प्युटरमा भाइरसले आक्रमण गर्नसक्छ ।’ तर टि्वटर प्रयोगकर्ताले भने यस्तो खतरा टरिसकेको र समस्याको समाधान भैसकेको भन्दै अन्य ब्राउजर मार्फत धमाधम टि्वट गरिरहेका छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger