पियनसँग हाकिमले घुस लिएको खुलासा

१६ पुस, दाङ । दाङको मालपोत कार्यालयका प्रमुख राजकपुर चौलागाईले आफ्नै कार्यालयका कर्मचारीहरुबाट घुस लिएको खुलासा भएको छ । करारमा नियुक्त तीनजना सहायक कर्मचारीहरुको तलबबाट जनही २०/२० हजारका दरले कार्यालय प्रमुख चौलागाइँले घुस खाएको रहस्य ९ महिनापछि खुलेको हो । चौलागाइले कार्यालय सहयोगी देवराज गैरे, मीनराज गैरे र पार्वती पौडेलबाट जनही २०/२० हजारका दरले असुल गरी ६० हजार रुपैयाँ घुस खाएको पीडित कर्मचारीहरुले बताएका छन् । २०६८ असारसम्म मासिक ७ हजारका दरले तलब पाएका उनीहरुले २०६८ साउन १ गतेदेखि २ हजार ९ सय ९९ सयका दरले बृद्धि भई ९ हजार ९ सय ९९ रुपैयाँ पुगेपछि बढेको तलबबाट उनीहरुले चौलागाइँ लाई रकम बुझाएका थिए । कार्यालय प्रमुख चौलागाइले २०६८ चैतमा कर्मचारीहरुको तलब भुक्तानी गर्दा करारका तीनजना सहायक कर्मचारीलाई छुट्टाछुट्टै समयमा कोठामा बोलाई २०६८ चैतको अन्तिमतिर रकम लिएको पीडित कर्मचारीहरुले बताएका छन् ।कर्मचारीहरुले हाकिम गुरागाइँले मागेको जति रकम नदिए जागिर जाने त्रासका कारण तीनै जनाले २०/२० हजार दिएको बताउएका छन् । कार्यालय प्रमुख राजकपुर चौलागाइँले रकम लिएको स्वीकार गर्दै बेरुजु आए राजस्वमा फिर्ता गर्नुपर्ने र अडिट भयो भने कर्मचारीलाई दिनुपर्ला भनेर रकम राखेको प्रतिक्रिया दिनुभएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger