
बेतनी २ का अमिर उल्ला खाँ र अलि उल्ला खाँ फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरक्षिक भूपाल कुमार भण्डारीले सुनारलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बताए ।
राजदूतावास, साउदीमा कार्यरत नेपाली तथा विभिन्न सामाजिक संघसंस्थाको पहलमा गत साता स्वदेश पर्किएकी परासन ७, धनसिंहाकी ती १८ बर्षकी युवतीले घरेलु कामदारका रुपमा गैरकानुनी तरिकाले भारतको मुम्बई हुँदै त्यहाँ पुर्याइएदेखि उद्धार नहुन्जेलसम्म यौन शोषणको सिकार भएको बताएको खबर कान्तिपुर दैनिकले छापेको छ । ‘दिउँसो घर मालिकले कोठामा थुनेर बाहिरबाट चाबी लगाउँथे,’ बयानमा उनले भनेकी छन् ‘राति ती अरबी मालिक र उनका पाहुना पासविक तरिकाले जबर्जस्ती इज्जत लुट्थे ।’
|