
सुमिनाले विज्ञप्तीमा भनेकी छिन्, ‘ति शब्द मानविय स्वभाववश आवेश र भावनामा आएर व्यक्त भएकाले धम्कीको रुपमा नवुझिदिनु हुन सम्बन्धीत सबैमा अनुरोध गर्दछु ।’ उनले नेपाली पत्रकारिता क्षेत्रप्रति आफ्नो सदैव उच्च सम्मान रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।
यसैबिच सुमिनाको विज्ञप्तीलाई चलचित्र पत्रकार संघले स्वागत गरेको छ । संघका महासचिव लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आगामी दिनमा कुनै पनि कलाकार र चलचित्रकर्मी तथा पत्रकार विचको सम्बन्ध सुमधुर रहने तथा चलचित्र पत्रकारिता जगतको सम्मान र मर्यादामा ख्याल राख्ने विश्वास संघले लिएको छ ।’
|