
अमेरिकाको शिकागो नजिकै रहेको लिंकन पार्कस्थित भेनस र्सर्किल नामको उक्त होटलमा यस्तो अनौठो घटना भोग्नपर्छ । यो होटल विभिन्न खालका परिकारका लागि जति चर्चित छ त्यहाँ पाइने गालीका लागि झनै चर्चित छ । हरेक हप्ताको अन्तिम दिन यस्तो गाली दिने चलन छ होटलमा । यो होटलमा निकै हसिमजाक पनि हुन्छ । ग्राहकहरु कफि शेक माग्नुको साटो महिला वेटरसँग भन्छन्, सेक योर बुब्स अर्थात् त्रि्रा स्तन हल्लाउ । ग्राहकको चाहना मुताविक वेटरे आफ्ना वक्षस्थल देखाएर हल्लाउँछन् र त्यो बापत इनाम माग्छन् । यस्तोमा २० डलर इनाम दिनु सामान्य जस्तै हुन्छ । यहाँ आउने ग्राहकहरु मालिकसँग, कर्मचारीसँग तथा आफूआफूमा झैझगडा गर्नु, गाली गलौज गर्नु सामान्य हो । यो रात्रीकालिन होटलमा रातिसम्मै गाली गरागर हुन्छ तर कुटाकुट भने कुनै हालतमा हुन पाउँदैन ।
अमेरिकामा डिक्सलास्ट नामको रिसोर्ट पनि छ । यहाँको चलन झनै अनौठो छ । त्यहाँ ग्राहक छिर्ने बित्तिकै उसको आलोचना गरिन्छ र झगडा गर्न उक्साइन्छ । यो रेष्टुरेन्टमा यतिसम्म हुन्छ की ग्राहकको कपाल भुत्लाइन्छ, कपडामा फोहोर फ्याँकिन्छ, खाइरहेको बेला टेबुलमा कागज फ्याँकिन्छ, ग्राहकलाई पक्रेर बाँधिन्छ पनि । यी सबै काम हँसिमजाकमा भएका हुन्छन् त्यसैले रिसराग नभई स्वस्थ मनोरञ्जन प्राप्त गरिन्छ । रक्सीको नशाले मात्तिएका ग्राहकले आफुलाई गरेको आमाचकारी गालीको समेत कुनै इख लिने कुरै भएन ।
|