
तर चिनियाँ जमिन हडपेको भनेर विपक्षीदलहरुले भने चर्को विरोध जनाएका छन्। भारतको प्रमुख विप क्षीदल भारतिय जनता पार्टीका प्रवक्ता राजिपप्रताप रुढीले चीनले कब्जा गरेको जमिन भारत लिनु पर्ने बताएका छन्। उनले सैन्य आक्रमणबाट लिने हो वा वार्ताबाट हो भनेर भने खुलाएन।
भारतको विदेश मन्त्रालय भने कडा कुरा गरेर चिनलाई धेरै चिढ्याउने पक्षमा देखिएको छैन्। भारकका विदेश मन्त्री सलमान खुर्शिदले भने-'हामी चाँहदैनौ भारतको चिनसंगको सम्वन्ध खराब होस ।' उनले भारतले चीनसंग चीनले लद्दाखमा गरेको गतिविधी प्रति भने आपत्ती जनाइसकेको बताए। बढ्दो तनावका बिच भारतिय विदेशमन्त्री सलमान खुर्शिदले आउँदो मे महिनाको ९ तारिकबाट चीनको भ्रमण गर्देछन् ।
source: nepaliheadline
|